भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, ३ भदौ । पर्यटक प्रहरी इकाई भृकुटी मण्डपद्वारा आयोजित पर्यटक प्रहरी, स्थानीय प्रहरी तथा पर्यटनसँग सरोकारवाला निकायहरुबीच अन्तरक्रिया कार्यक्रमको उद्घाटन भनपाका प्रमुख सुनिल प्रजापतिले आइतबार एक समारोहबीच गर्नुभयो । कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुरको दिगो पर्यटन विकासको लागि यहाँको मौलिक संस्कृति र सम्पदाहरुको संरक्षण गर्न आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भक्तपुर दरवारक्षेत्रस्थित राष्ट्रिय कला सङ्ग्रहालय लाल बैठकसहितको भवन पुनः निर्माण नगरपालिकामार्फत गर्न पुरातत्व विभाग सहमत भईसकेको र मल्लकालीन शैलीमा पुनः निर्माण गर्न युनेस्कोको अनुमतिको लागि प्रकृया अगाडि बढाइएको छ ।’
उहाँले पर्यटन क्षेत्र अत्यन्त संवेदनशील रहेकोले पर्यटनसँग सम्बन्धित सबै सरोकारवाला पक्षहरुले जिम्मेवार भई कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
अन्तरक्रियामा सहभागीहरुको जिज्ञासालाई स्पस्ट पार्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरको पार्किङ्ग र सवारी व्यवस्थापनको लागि गृहकार्य भइरहेको, नगरमा पर्यटकको बसाई लम्ब्याउन पर्यटकीय वातावरण तयार पारेको र आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न चिनियाँ भाषा र स्थानीय पथ प्रदर्शकलगायतको तालिम संचालन भइरहेको बताउनुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यालय प्रमुख प्रहरी उपरिक्षक हिमालयकुमार श्रेष्ठले प्रहरीले पर्यटक र नागरिकहरुको जिउधन र पेशागत सुरक्षाको लागि सक्रियतापूर्वक कार्य गर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य सङ्घ, पर्यटन व्यवसायी, पत्रकारलगायत विभिन्न संस्थाका प्रतिनिधहरुको सहभागिता रहेको थियो ।
Leave a Reply