भर्खरै :

जैविक फोहरले वातावरण प्रदूषण

काठमाडौं, ३ भदौ (रासस) । काठमाडौं उपत्यकामा आयात गरिने तरकारी र मासुजन्य वस्तुबाट निस्कने अखाद्य वस्तु नै वातावरण प्रदूषणको मुख्य कारण रहेको सम्बद्ध निकायले बताएका छन् ।
वन तथा वातावरण मन्त्रालयको सहकार्यमा जनज्योति ल फर्मले आइतबार यहाँ आयोजना गरेको वातावरण अनुगमनको कानुनी पक्षसम्बन्धी क्षमता अभिवृद्धि तालिममा मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले उक्त जानकारी दिनुभएको हो ।
पछिल्लो समय काठमाडौंको वातावरणका कारण नागरिक विभिन्न रोगको शिकार बन्नुपरेको भन्दै डा. ढकालले यस विषयमा सबैले चासो बढाउनुपर्ने बताउनुभयो । काठमाडौंमा खेती गर्ने जग्गा छैन, तरकारी, मासुलगायत सम्पूर्ण खाद्य सामग्री बाहिरबाट आयात गर्नुपर्छ तीमध्ये सबैभन्दा बढी मासुजन्य वस्तु र तरकारीबाट बढी फोहर भित्रिने गरेको छ ।
“ती सामग्रीबाट निस्कने फोहरलाई उपत्यका बाहिर नै व्यवस्थापन गरी खान योग्यलाई मात्र काठमाडांै ल्याउनुपर्छ, अन्यथा कुनै एक स्थानमा मात्र सबै ठाउँको फोहर व्यवस्थापन गरेर सहर सफा हँुदैन,” ढकालले भन्नुभयो ।
वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले अझै पनि विभाग नीतिगत रूपमा स्पष्ट नभएको भन्दै काम गर्ने वातावरणका लागि पहिले नीति बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले थप्नुभयो, “उपत्यकाको फोहर व्यवस्थापन चुनौतीको रूपमा खडा भएको र त्यसको लागि खाद्य सामग्रीसँगै आउने फोहर बस्तु बाहिरी जिल्लामा नै व्यवस्थापन गरेर मात्र ल्याउनुपर्छ, नत्र समस्या थपिदै जान्छ । उपत्यकाबाट दैनिक बा¥ह सय र काठमाडौं महानगरपालिकाबाट दैनिक पाँच सय मेट्रिकटन फोहर निस्कन्छ । तीमध्ये ६० प्रतिशत कुहिने फोहर रहेको छ । विभागका करीब २५ कर्मचारीलाई आगामी शुक्रबारसम्म तालिम सञ्चालन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *