भर्खरै :

लघु जलविद्युत् पहिरोले बगायो

सल्यान, ४ भदौ । सल्यान जिल्लाको बागचौर नगरपालिका–१२ ओखरेनीमा रहेको लघु जलविद्युत् गृह पहिरोले बगाउँदा गाउँमा अन्धकार छाएको छ । आइतबार बेलुकी गएको पहिरोले विद्युत् गृह बगाउँदा विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको हो ।
दश किलोवाट क्षमता रहेको लघु जलविद्युत् गृह पहिरोले पुरिंदा लाखौंको क्षति भएको विजय लघु जलविद्युत् आयोजनाका सचिव वीरबहादुर वलीले जानकारी दिनुभयो ।
विसं २०६८ मा निर्माण गरिएको लघु जलविद्युत्ले २५० घर, विद्यालय तथा बजारमा विद्युत् सेवा पु¥याउँदै आएको थियो । पहिरोले विद्युत् गृह बगाएपछि गाउँमा अन्धकार भएको बागचौर नगरपालिका–१२ का वडाध्यक्ष दीपक वलीले भन्नुभयो, “क्षतिको विवरण सङ्कलन गरिरहेका छौं अहिले हेर्दा १० लाखभन्दा बढीको क्षति भएको अनुमान छ ।”
विद्युत् अवरुद्ध भएपछि विद्यालयमा हुने कम्प्युटर कक्षा पनि प्रभावित भएको छ । विद्युत् गृह मर्मत गर्न केही समय लाग्ने वडाध्यक्ष वलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *