अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
काठमाडौं, ४ भदौ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पानी पुनर्भरणका लागि बागमतीको धापमा दह निर्माण थालेको छ । हिउँदका समयमा प्रायः प्रदूषित हुने बागमती सफा गर्नका लागि वर्षाद्को पानी जमाउने उद्देश्यले दह निर्माण गर्न थालिएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बागमतीको ९० प्रतिशत पानी खाने पानीका लागि उपयोग गरेकाले हिउँदका बेला नदीमा ढलमात्र बग्ने गरेको छ । उपत्यकाको सभ्यताको स्रोतको रुपमा रहेको उक्त नदीमा बग्ने ढल रोकी स्वच्छ पानी बगाउने उद्देश्यले दह निर्माण गर्न थालिएको हो ।
उपत्यकामा धेरै घर बनेकाले जमीनबाट बागमतीमा पानी पुनःभरण हुँदैन । ‘जापान वाटर एजेन्सी’लगायत संस्थाले वाग्मतीको अध्ययन गरी धापमा दह निर्माण गर्नसके वर्षाद्मा साढे आठ लाख घनमिटर पानी जम्मा गर्न सकिने प्रतिवेदन दिइएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सिंचाइ एकाइ प्रमुख आशिषभद्र खनाल बताउनुहन्छ ।
गोकर्णेश्वर नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धापमा वर्षाको पानी जमाउनका लागि रुख काट्ने अनुमति लिन समय लागेकाले २०७४ वैशाखदेखि मात्र काम सुरु भएको थियो ।
दह निर्माणपछि हिउँदमा ४० लिटर प्रतिसेकेण्ड पानी बागमती नदीमा बगाउन सकिने उहाँको भनाइ छ । प्रदूषित बन्दै गएको उक्त नदीमा महाशिवरात्रीलगायत अन्य महत्वपूर्ण चाडपर्वमा पानीको बहाव बढाएर सफा बनाउन तीन दिनसम्म ७०० लिटरसम्म पानी बगाउन सकिने जनाइएको छ ।
एसियाली विकास बैô्कको रु. ५१ करोड ऋण सहयोगमा २४ मिटर उचाइको दह निर्माण गरिने छ । दहको ठेक्का गोञ्जाओ÷लामा ÷रमण जेभी निर्माण कम्पनीले लिएको छ । दह निर्माणस्थलमा जाने प्रवेशमार्ग बनाइसकिएको छ भने अहिले गहिराइमा ढुङ्गा र बालुवा भर्ने काम भइरहेको छ ।
बागमतीको सहायक नागमती नदीमा पनि दह निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । नागमतीमा ९४ मिटर उचाइको दह बनाउन विस्तृत आयोजना प्रतिवेदन तयार भई वातावरणीय प्रभाव मूल्याङ्कनका लागि वन मन्त्रालयमा निवेदन पेश गरिसकिएको छ । आउँदो वैशाखसम्ममा दह निर्माण गरिने जनाइएको छ ।
Leave a Reply