भर्खरै :

कोपिलाको बधाईज्ञापन कार्यक्रम

मध्यपुर, ४ भदौ । कोपिला साकोस, नगदेशको शिक्षा उपसमितिको आयोजनामा शनिबार एसईई २०७४ मा उत्तीर्ण विद्यार्थीहरूलाई बधाईज्ञापन तथा प्रशंसापत्र वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घ, केन्द्रीय समितिका अध्यक्ष अनुराधा थापामगरले राजनीतिमा गुण्डा, तस्कर, माफिया, दलालहरूको सक्रियताले गर्दा जनताले दुःख पाएकाले विद्यार्थी सचेत हुँदै राजनीतिमा सक्रिय भए राजनीतिक विकृतिहरू सुधार हुँदै जाने विचार व्यक्त गर्नुभयो । पुँजीपति वर्गको सञ्चालक समितिको रुपमा काम गरिरहेको यो सरकारले जनताको हितमा कुनै पनि कानुन बन्न नसक्ने आंैल्याउँदै उच्च शिक्षा देश र जनताको सेवा गर्ने हिसाबले अध्ययन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
प्राध्यापक रामकृष्ण दुवालले राजनीतिक भागबण्डाको आडमा नियुक्त कार्यकर्ताहरूले प्राज्ञिक थलोलाई विकृत बनाई शिक्षाको गुणस्तरमा गम्भीर प्रहार गरेको विचार राख्नुभयो ।
ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले उच्च शिक्षामा कुनै पनि सङ्काय सजिलो वा गा¥हो नहुने भन्दै कुनै पनि विषयमा गहिरो अध्ययन गरी ज्ञानको दायरा फराकिलो बनाउनेतर्फ विद्यार्थीहरू उद्यत हुनुपर्ने सुझाव दिनुभयो ।
नेक्राविसङ्घ, मध्यपुरका अध्यक्ष अम्बर श्रेष्ठले कुनै पनि विषयमा विशेषज्ञता हासिल गरी देश र जनताको सेवा गर्ने उद्देश्य बोकी अध्ययन गर्न विद्यार्थीहरूलाई सुझाव दिनुभएको थियो  । संस्थाका अध्यक्ष चन्द्रबहादुर बाडेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा श्याम घजु, दीक्षा बाडे र रिकेश ध्वजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *