नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
काठमाडौं, ४ भदौ । नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले संसदको विशेष समयमा सिक्टा आयोजनाको नहर खन्दा निस्केको माटो, ढुङ्गा, गिटीलगायत निर्माण सामग्री ठेकेदारले अन्यत्र लगेको र निर्माण सामग्रीको परीक्षण ठेकेदारकै प्रयोगशालामा गरिएकोले नहर कमजोर भएको र किसानको खेतमा पानी नपुग्दै नहर क्षतविक्षत भएको उल्लेख गर्दै यसबारे यथार्थ विवरण सिंचाइ मन्त्रीले संसदलाई जानकारी गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल वायु सेवा निगमले दुई वटा वाइड बडी हवाईजहाज खरिदमा रू. ६ अर्बसम्म चलखेल भएको समाचार प्रकाशित भएको उल्लेख गर्दै सांसद सुवालले यसबारे केही दिनअघि मन्त्रीले सूक्ष्म अध्ययन भइरहेको संसदलाई जानकारी गराएको तर मन्त्रीको सूक्ष्म अध्ययन कहिले सकिने हो ? प्रधानमन्त्रीबाटै सत्य तथ्य जानकारी गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सांसद सुवालले सरकारले प्रगतिशील कर प्रणाली लागू गर्न नसकेको, यसबारे अर्थमन्त्री र सांसदहरूबीच अन्तरक्रिया कार्यक्रम राख्नुपर्ने आवश्यकता औंल्याउँदै भन्सार र राजश्व छली बढिरहेको, बिलविजक नष्ट पारी प्रमाण लुकाएको समाचार प्रकाशित भएको, सडकजामलाई बेवास्ता गरी भन्सार उठाउनकै लागि गत वर्ष ४ लाख ३७ हजार सवारी साधन आयात गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले ठालुहरूले फेवातालको ६५ मिटर मापदण्ड अतिक्रमण गरी होटल र अन्य पूर्वाधार निर्माण गरेकोतर्फ भूमि व्यवस्था मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

जनस्वास्थ्य विधेयक, २०७५ मा विरोधको सूचना प्रस्तुत गर्दै सांसद सुवालले राज्यले निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने, आवश्यक औषधि नेपालमै उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले चिकित्सा शिक्षालाई चुनौति दिने गरी आम सञ्चारमा प्रसारित योग गुरू र बाबाको नाममा अन्धविश्वासजन्य कार्यक्रम र विज्ञापन अविलम्ब रोक्नुपर्ने, धुलो, धुवाँ, रसायन प्रदूषणबाट जनस्वास्थ्यमा भइरहेको हानी रोक्न विद्युतीय सवारी सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
आवासको अधिकारसम्बन्धी विधेयक, २०७५ मा विरोधको सूचना प्रस्तुत गर्दै सांसद सुवालले राज्यले आवासको व्यवस्था गरिदिनुपर्ने, मानव सभ्यताको विकासको श्रृङ्खला पुराना बस्ती र सम्पदा विनाश गर्न नहुने, पुनर्वासको निहुँमा सार्वजनिक वनजङ्गल र पर्ती जग्गा म्हास्न नहुने, एकै ठाउँमा करोडौं जनसङ्ख्या केन्द्रित गर्दा देशको सन्तुलित विकास नहुने, खानेपानी, फोहरमैला र अपराध बढ्ने उल्लेख गर्नुभयो ।
विमस्टेक महासन्धिको दफावार छलफलमा बोल्दै सांसद सुवालले अन्तर्राष्ट्रिय आतड्ढवाद, सङ्गठित अपराध र लागूपदार्थ नियन्त्रण गर्न नेपाल–भारत खुला सीमा नियमित गर्नुपर्ने, सबै देशका जनतालाई साम्राज्यवादको दलाल नहुने गरी देशभक्तिको भावनाबाट दीक्षित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । व्यक्तिगत सम्पत्तिका लोभीहरूले जस्तोसुकै अपराध गर्ने उल्लेख गर्दै सांसद सुवालले विमस्टेकमा सार्कको पाकिस्तान नहुनुको कारण खोतल्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले भारतीय प्रधानमन्त्री जनकपुर भ्रमणको बेला नेपालको झण्डा नमिलेको राखिएकोबारे कारबाही नगरी बिमस्टेकको लागि नेपाली झण्डा भारतमा बनाउन दिइएकोमा विरोध गर्नुभयो ।
बिमस्टेक महासन्धि निर्णयार्थ प्रस्तुत हुँदा नेपाल–भारत खुलासीमा नियमित गर्नुपर्ने अडान राख्दै उहाँले विपक्षमा मत दिनुभयो ।
Leave a Reply