काठमाडौं, ५ भदौ । पत्रपत्रिका वर्गीकरणको जिम्मा पाएको प्रेस काउन्सिलले पक्षपात गरेको गुनासो छ । काउन्सिलबाट के–के काम भयो भन्नेबारे सूचना सञ्चार तथा प्रविधि मन्त्रीले संसदमा जानकारी गराउनु आवश्यक छ । प्रकाशनमा वर्षभरि कुनै दिन नटुटेको र गत आवमा ३६६ अड्ढ प्रकाशित भएको मजदुर दैनिकलाई वर्गीकरणमा पक्षपात गरियो । मजदुर दैनिकले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार र लेख प्रकाशित गरी जनतालाई शिक्षित र सचेत गर्दै आएको छ । यसकारण काउन्सिलले मजदुर दैनिकको वर्गीकरणलाई पुनरावलोकन गर्नु आवश्यक छ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मङ्गलबार प्रतिनिधिसभाको शून्य समयमा उक्त विचार राख्नुभएको हो ।

Joj:yflksf ;+;bsf] a’waf/sf] a}7sdf pkk|wfg Pjd u[xdGqL ljdn]Gb| lglwsf] æ/fHo Joj:yf ;ldltsf] k|ltj]bg;lxtsf] dtbftf gfdfjnL ljwo]s, @)?f+;b k|]d ;’jfn . tl:a/ M /Tg >]i7, /f;;
पेट्रोलियम पदार्थको मूल्य बढाउन नहुने
आवास अधिकारको विधेयक, २०७५ को सैद्धान्तिक छलफलमा बोल्दै सांसद सुवालले आमाको गर्भदेखि जीवनको अन्तिम घडीसम्म राज्यले जिम्मा लिनुपर्ने प्रावधान आवश्यक भएको उल्लेख गर्नुुभयो ।
कतिपय देशमा विश्वविद्यालय शिक्षा उत्तीर्ण भएकाहरूलाई राज्यले रोजगारी र आवासको व्यवस्था गरिदिने बन्दोबस्त भएको उल्लेख गर्दै उहाँले रुसमा नगरपालिकाले जनतालाई घर बनाइदिने व्यवस्था भएको चर्चा गर्नुभयो ।
सांसद सुवालले कतिपय देशमा पुरानो घर भत्काएकोले मात्र नयाँ घर बनाउन पाउने प्रावधान भएको उल्लेख गर्दै व्यक्तिले बनाउन पाउने घर भवनको सीमा निश्चित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भूकम्पीय क्षति न्यूनीकरणको प्रविधिसहितको घर बनाउन राज्यले आवश्यक सहयोग गर्नुपर्ने उल्लेख गर्दै उहाँले भूकम्पपछि निर्माण भएको घर–भवन भूकम्पीय क्षति न्यूनीकरण प्रविधिसहित बनेको हो होइन सरकारले स्पष्ट गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
आवास विकाससँगसँगै खानेपानी, खुला ठाउँ, बिजुली, यातायात, मनोरञ्जन पार्क, विद्यालय, कलेज, खेलकुद, अस्पताल, बसपार्क, फोहोरमैला, उपचारपोखरी आदिको व्यवस्था हुनुपर्ने चर्चा गर्दै सांसद सुवालले नेपालको वास्तुकला प्रतिबिम्बित हुने आवासको विकास गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले नेपालका प्रमुख सहरमा सडकजाम, प्रदूषण बढेको र काठमाडौं उपत्यकालगायत कोटेश्वरजाम यथावत रहेको हुँदा देशको सन्तुलित विकास गर्न उपत्यका बाहिर २–४ लाख जनसङ्ख्या बस्ने सहर विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
Leave a Reply