भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
पैचिङ, २१ अगस्ट । विश्वविख्यात उच्च प्राविधिक कम्पनी एप्पलले चीनको कानुन मान्दै चीनको लागि बनाएका एप स्टोरबाट २५ हजार एप हटाएको छ । ‘चीनमा जुवासम्बन्धी एपहरू गैरकानुनी हुन्, त्यसकारण चीनको लागि बनाइएको एप स्टोरबाट त्यस्ता सबै एप हटाइएको छ ।’, एपले आफ्नो वक्तव्यमा भनेको छ ।
हामीले धेरै एप त हटाइसकेका छौं । तर एप डेभलपरहरूले गैरकानुनी रुपमा जुवासम्बन्धी एपहरू हाम्रो एप स्टोरमार्फत वितरण गर्ने प्रयास गरिरहेका छन् । हामीले त्यस्ता प्रयासप्रति कडा निगरानी गरिरहेका छौं । त्यस्ता एप एप्पलको एप स्टोरमा नआओस् भन्ने हाम्रो प्रयास चालु रहनेछ ।’, वक्तव्यमा अघि भनिएको छ ।
चीनको सीसीटीभीले एप्पले २ हजारभन्दा बढी मोबाइल एप हटाएको पुष्टि गरेको छ । ती सबै एप जुवासम्बन्धी एप हुन् । ५ सय वटा एपको किवर्ड नै ‘लोटरी’ अर्थात् ‘जुवा’ थिए । एप्पलमार्फत हुने गरेका गैरकानुनी गतिविधिका कारण चिनियाँ मिडियामा एप्पल कम्पनीको चर्को आलोचना भएको थियो ।
चीनको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार एप्पलले १८ लाखभन्दा बढी एप सुविधा दिइरहेको छ । त्यसमध्येबाट २५ हजार एप हटाउनुको अर्थ कूल एपमध्येबाट १.४ प्रतिशत हटाएको हुन्छ । गएको साल पनि एप्पलले चीनको लागि बनाएको एप स्टोरबाट धेरै भर्चुयल निजी सञ्जाल (भीपीएन) हटाएको थियो । पैचिङको नयाँ कानुनअनुसार एप्पल त्यस्तो गर्न बाध्य भएको थियो । भीपीएन विदेशी साइटमा पहुँचको लागि प्रयोग गरिने सञ्जाल हो ।
Leave a Reply