रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
उनीहरूको विछोड झण्डै ७० वर्ष पुरानो हो । सन् १९५०–५३ को कोरिया युद्धपछि कोरिया दुई भागमा विभक्त भयो र उनीहरू बिछोडिए । ७० वर्षपछि आफ्नो प्रियजनलाई स्पर्श गर्न पाउँदा कस्तो अनुभूति होला ! यो भावना अवर्णनीय हुन्छ । शब्दमा वर्णन गर्न गा¥हो हुन्छ । शब्द नहुँदा आँसु, अनुहारमा पोतिने दुःख र हर्ष मिसिएको बेजोड भाव नै त्यस्तो क्षणको चित्रण गर्ने सबभन्दा व्यवहारिक तरिका हो । आफ्नो आफन्तजनसँग पुनर्मिलनको सपना देख्दा देख्दै धेरै मानिसको त निधन भइसकेको छ ।
सोमबार प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको दक्षिणपूर्वमा अवस्थित माउन्ट कुमकाङमा दुई कोरियाका जनताबीच भएको पुनर्मिलन कार्यक्रम त्यस्तै अवर्णनीय भावले भरिएको थियो ।
८० वा त्यो भन्दा बढी उमेरका ८९ जना दक्षिण कोरियाली ज्येष्ठ नागरिक प्रजग कोरियाको अत्यन्त मनोरम पहाडी रिसोर्टमा प्रजग कोरियामा रहेका आफ्ना आफन्तजन भेट्न बिहानै पुगेका थिए । कोरिया युद्धयता कहिल्यै नदेखेका ज्येष्ठ नागरिकले आफ्ना आफन्तजन भेट्दाको दृश्य निकै भावुक र हृदयविदारक थियो ।
९९ वर्षकी हान शिन–जा प्रजग कोरियामा बस्दै आएका आफ्ना दुई जना छोरीलाई देख्दा केही बोल्न सकिनन् । उनी छोरीहरूलाई हेरेर लगातार रोई मात्र रहिन् । उनीसँग त्यो क्षणमा बोल्ने कुनै शब्द नै थिएन । उनी आफ्ना छोरीसँग गाला जोडेर लगातार आँसु झारिरहिन् ।
हानले आफ्ना छोरीहरूलाई पटक–पटक भन्दैथिइन्, ‘मलाई माफ गर ।’ हान युद्धको सुरुआतसँग आफ्ना दुई छोरीलाई तिनका काकीको जिम्मा लगाएर उत्तरबाट भागेकी थिइन् । त्यत्तिबेला हानलाई दुई कोरियाबीचको विभाजन यति लामो समयसम्मको लागि हुने कुनै हेक्का थिएन ।
यो पटक दुई कोरियाका जनताबीचको पुनर्मिलन तीन चरणमा गरिएको छ । पहिलो चरण गएको बुधबार भएको थियो । दोस्रो चरण सोमबार भयो भने अर्को तेस्रो चरण आगामी शुक्रबार हुनेछ ।
दक्षिण कोरियाबाट आफ्ना प्रियजन भेट्न उत्तर पुगेका अधिकांश सहभागीहरू ज्येष्ठ नागरिक थिए । उनी शारीरिक रुपमा निकै कमजोर थिए । त्यसकारण उनीहरूसँगै एक एक जना सहयोगी थिए । कोही भने ह्वीलचेयरको सहारामा आएका थिए । उनीहरूमध्ये कोहीलाई सुन्नको समस्या थियो । त्यसकारण उनीहरूबीचको वातचित निकै ढिला मात्र भएको थियो ।
१०१ वर्षका बायक सुङ–ग्यु दक्षिण कोरियाली टोलीको सबभन्दा बढी उमेरका सहभागी थिए । प्रजग कोरियामा बस्दै आएका आफ्ना बुहारी र नातिनीलाई भेट्दा उनको मुहारमा मीठो देखियो । बायकलाई देखेर बुहारी र नातिनी धुरुधुरु रोए ।
बायकलाई बोल्न निकै असजिलो थियो । उनलाई बुहारीले प्रजग कोरियामा निधन भइसकेका उनका जेठो छोरोको फोटो देखाइन् । बायकसँगै उनको सहयोगीको रुपमा उनका माइलो छोरो आएका थिए । उनले कुराकानीमा मद्दत गरेका थिए ।
९१ वर्षका मुन ह्युन–सूकले प्रजग कोरियामा बस्दै आउका आफ्ना दुई जना बहिनीलाई भेट्दा निकै भावविह्वल भइन् । ‘तिमी त कति ठूली भइसकिछौ ।’, एक जना बहिनीलाई उनले भनिन् । उनीहरू कसरी बाँचे भनेर सुनाउँदा तीनै जनाका आँखा आँसुले भरिएका थिए ।
मुन सबैभन्दा जेठी छोरी हुन् । त्यसकारण उनले आफ्ना अरु बहिनीहरूको अवस्थाबारे पनि चासो राखिन् । मुनको सन् १९४७ मा कोरियाको दक्षिणतिर विवाह भएको थियो । उनको विवाह हुँदा सबैभन्दा कान्छी बहिनी भर्खर ८ वर्षकी भएकी थिइन् । अरु बहिनीहरू त जन्मेका पनि थिएनन् । उनीहरू जम्मा ७ दिदीबहिनी हुन् ।
सातमध्ये अर्को एक जना बहिनी पनि प्रजग कोरियामा छिन् । तर खराब स्वास्थ्यका कारण उनी त्यो पुनर्मिलनमा सहभागी बन्न सकिनन् ।
उनीहरू जम्मा ११ घण्टासँगै बिताएका थिए । उनीहरूबीच सामूहिक र अलग अलग भेटघाट गराइएको थियो ।
सन् २००० मा भएको पहिलो अन्तरकोरिया शिखर सम्मेलन यता हालसम्म २० चरणमा यस्ता पुनर्मिलन कार्यक्रम भइसकेका छन् । तर २० चरणमा भर्खर २०० विछोडिएका परिवारले मात्र आफ्ना आफन्तजनसँग भेट्न पाएका छन् । पुनर्मिलनको लागि दक्षिण कोरियामा आवेदन दिने आधाभन्दा बढी निवेदकहरू ८० वर्षभन्दा माथिका छन् ।
Leave a Reply