भर्खरै :

भक्तपुर औद्योगिक क्षेत्र हिलाम्य

भक्तपुर जिल्लाकै एकमात्र औद्योगिक क्षेत्रको चोक र मूल बाटो वर्षासँगै हिलो र खाल्डा–खुल्डी हिलाम्य भइरहेको महिनौं भयो । स्थानीय जनता हिंडडुल गर्न अप्ठेरो भएको छ, बालबच्चा र ज्येष्ठ नागरिक र असक्तलाई अझ गा¥हो भइरहेको छ । हरेक वर्ष नवदुर्गा नाच हुने र जनै पूर्णिमाको दिन हजारौं स्थानीयको मेला लाग्ने यो ऐतिहासिक बाटो मेलाको दिन नजिकिंदै गर्दा पनि हिलाम्य नै छ । सडक कार्यालयले एक वर्ष अगाडि ह्यूम पाइप राखी बाटो पीच गर्ने तयारी गरेको थियो तर पीच गर्ने काम हालसम्म भएन । यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै गत असार ७ गतेको मजदुर दैनिकमा ‘भक्तपुर औद्योगिक क्षेत्रको चोक भैंसी आहालमा परिणत’ शीर्षकमा पाठक–पत्रसमेत प्रकाशित भयो । स्थानीय जनताले भक्तपुर औद्योगिक क्षेत्रका कार्यालय प्रमुखको पनि ध्यानाकर्षण गराएका थिए । त्यसबेला कार्यालय प्रमुख बलराम बोगटीले छिट्टै हिलो बाटो सफा गर्ने वाचा गरेका थिए ।
यो सडकमा हजारौं सङ्ख्यामा भित्री सहरका जनता, विद्यार्थी, बटुवा दैनिक ओहोरदोहर गर्छन् । स्थानीय जनताको मागअनुसार औद्योगिक व्यवस्थापन कार्यालयले तत्काललाई औद्योगिक क्षेत्रभित्रको हिलाम्य बाटो व्यवस्थापन, ध्वनी प्रदूषण, धुवाँ, धुलो, फोहर व्यवस्थापन गर्नु आवश्यक छ । जनताको आग्रहलाई कमजोर ठान्नु व्यवस्थापन कार्यालयको गल्ती हुनेछ । मानव बस्तीको बीचमा परिसकेको, नगरपालिकालाई अठासी लाख करस भुक्तानी नगर्ने उद्योगहरू रहेको यो औद्योगिक क्षेत्र सरकारको दुई वर्ष अगाडिको बजेट वक्तव्यअनुसार स्थानान्तरण गर्न र हस्तकलामा आधारित पर्यटकीय औद्योगिक क्षेत्रको रुपमा विकास गर्न आग्रह गर्दछौं । अन्यथा हामी बटुवाहरू र स्थानीयवासीहरू सडकमा उत्रनुपर्ने अवस्था सृजना हुनेछ । यसतर्पm जिल्ला प्रशासन कार्यालय भक्तपुर र अन्य सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं ।
–स्थानीय जनता

Leave a Reply

Your email address will not be published. Required fields are marked *