भर्खरै :

उच्च शिक्षाको लक्ष्य देश र जनताको सेवा

भक्तपुर, ६ भदौ । ख्वप कलेजमा अध्ययनरत बीए (२०७२ साल भर्ना समूह) र बीएस्सी (२०७१ साल भर्ना समूह) का विद्यार्थीहरुको बिदाइ कार्यक्रम तथा ‘उच्च शिक्षामा पहुँच र दृष्टिकोण’ विषयमा छलफल कार्यक्रम बुधबार ख्वप कलेजमा सम्पन्न भयो ।
कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपाद्वारा सञ्चालित कलेजaसेवामुखी भएको चर्चा गर्दै सर्वसाधारण जनतालाई शिक्षा र स्वास्थ्यको सुविधा दिलाउन नगरपालिकाले शिक्षा र स्वास्थ्यमा लगानी गरिरहेको बताउनुभयो ।
आ–आफ्नो क्षेत्रमा हरेक विषयको महत्व हुने उल्लेख गर्दैै उहाँले भन्नुभयो, ‘‘जुनसुकै विषयमा उच्च शिक्षा हासिल गरे पनि देश र समाजको सेवा गर्ने लक्ष्य लिई अध्ययनलाई अगाडि बढाउनुपर्छ ।’’
प्रमुख प्रजापतिले भन्नुभयो, ‘‘राजनीतिले नै सबै क्षेत्रलाई निर्देशित गर्ने हुनाले राजनीतिक नेतृत्व सही नभएसम्म देश विकास हुनेछैन । व्यापारिक मानसिकताका बहुमत व्यक्तिहरु संसद सदस्य भएकाले नै देशमा भ्रष्टाचार र अराजकता बढेको हो ।’’
असल गुरु बन्ने हो भने असल शिष्य बन्नु आवश्यक रहेको चर्चा गर्दै उहाँले आजको लापरबाहीले भविष्यमा खराब परिणाम भोग्नुपर्ने हुँदा विद्यार्थीहरुले अनुशासित भई अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रमका सभापति एवं कलेजका प्राचार्य रुपक जोशीले विद्यार्थीहरुको सहयोगविना कलेज सफल नहुने बताउँदै कलेज स्थापनाका उद्देश्यहरुबारे जानकारी गराउनुभयो । कार्यक्रममा बीए तथा एमए अङ्ग्रेजी इञ्चार्ज कमिनिका न्याइच्याई, विज्ञान इञ्चार्ज मीरा प्रजापति, शिक्षक सुन्दर श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *