भर्खरै :

मुलुकी देवानी तथा फौजदारी संहिताका प्रमुख विशेषताहरू

परिचय
साविकको मुलुकी ऐनका व्यवस्थाहरूलाई परिमार्जन तथा समसामयिक बनाई मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि संवत् २०७४ साल असोज ३० गते जारी भएका थिए ।
सूचना प्रविधिको विकासलाई समेत विचार गरी न्याय प्रशासन तथा सम्पदानलाई आधुनिकीकरण तथा प्रविधिमैत्री बनाउन र सूचना र प्रविधिको विकासबाट सृजित कतिपय कसूरजन्य कार्यलाई समेत कानुनको दायरमा ल्याउने गरी आवश्यक व्यवस्था गरिएको छ ।
सोह्र वर्ष उमेर पूरा नगरेको बालबालिकालाई नाबालिग मानिएको छ । संहितामा अठार वर्ष उमेर नपुगेको बालबालिकालाई नाबालिग मानिएको छ । नेपालको कानुनको क्षेत्रमा प्रयोगमा रहेका अभ्यासको साथसाथै देवानी तथा फौजदारी कानुनको क्षेत्रमा विकसित नवीनतम मान्यताहरूलाई समेत संहिताहरूमा समावेश गरिएको छ ।
यी संहिताहरूलाई सामान्य कानुनको रुपमा व्यवस्था गरिएको छ र संहितामा व्यवस्था गरिएका कुनै विषयमा बेग्लै ऐनबाट व्यवस्था गरिएमा त्यस्तो विषयमा सोही ऐन (विशेष कानुन) लागू हुने व्यवस्था गरिएको छ ।
२. संहिताका प्रमुख विशेषताहरू
मुलुकी देवानी संहिता
हालसम्मकै ऐन
मुलुकी देवानी संहिता नेपालको हालसम्म सबैभन्दा लामो ऐन भएको र यो संहितामा ६ भाग, ७२ परिच्छेद र ७२१ वटा दफा रहेका ।
नागरिक अधिकारको उल्लङ्घनमा जिल्ला अदालतबाटै उपचार पाईने
कसैले कसैलाई पनि कुनै पनि आधारमा भेदभाव गर्न नपाइने र कसैले कसैको नागरिक अधिकार उल्लङ्घन गरी पु¥याएमा वा क्षति पु¥याउन लागेमा सम्बन्धित उच्च अदालत वा जिल्ला अदालतमा उजूर गर्न सकिने ।
असल छिमेकी पन कायम गन
प्र्रत्येक व्यक्तिले आफू रहे बसेको ठाउँको समुदाय वा छिमेकीलाई हानी नोक्सानी नहुने गरी असल छिमेकीपन कायम गर्नु पर्ने ।
व्यक्तिको रुपमा मान्यता पाउने र अधिकार प्रयोग गर्ने अधिकार हुने
प्रत्येक व्यक्तिले जनमनासाथ व्यक्तिको रुपमा मान्यता पाउने,
जन्मनासाथ नामको अधिकार र आफ्नो नाम, इज्जत र प्रतिष्ठाको रक्षा गर्ने अधिकार हुने,
अरु कसैले पनि अन्य व्यक्तिको नाम दुरुप्रयोग गर्न नपाइने ।
शरीरको परीक्षण, उपचार, अङ्ग परिवर्तन गर्न सक्ने
कुनै पनि व्यक्तिले कानुनको अधीनमा रही आफ्नो शरीरको परीक्षण, उपचार, अङ्ग परिवर्तन वा शरीरको कुनै अङ्गको कुनै अंश वा त्यसको कुनै नमुना सङ्कलन गर्न वा गराउन सक्ने ।
आफ्नो दाहसंस्कारको विधि आफै निर्धारण गर्नसक्ने
कुनै पनि व्यक्तिले जीवित छँदै आफ्नो दाहसंस्कार, काजकिरिया वा सदगतको विधि आफै निर्धारण गर्नसक्ने र त्यसरी विधि निर्धारण गरेकोमा हकवालाले पनि मर्ने व्यक्तिको इच्छा बमोजिम निजको दाह संस्कार, काजकिरिया वा गर्नुपर्ने ।
मृत्युपछि आफ्नो शव, शरीरको कुनै अङ्ग दान गर्नसक्ने
कुनै पनि व्यक्तिले लिखित रुपमा इच्छा व्यक्त गरी आफ्नो मृत्युपछि आफ्नो शव, शरीरको कुनै अङ्ग वा त्यसको कुनै अंश खास कामको लागि प्रयोग गर्न वा गराउन कसैलाई दान दिन सक्ने ।
बसोबासको ठेगाना निर्धारणको लागि स्पष्ट व्यवस्था
व्यक्तिको बसोबासको ठेगानाको निर्धारण देहायबमोजिम हुने ः
– कुनै व्यक्तिले बसोबासको लागि कुनै ठेगाना दिएकोमा सोही ठेगााना,
– बसोबासको लागि ठेगाना दिएकोे रहेनछ भने नेपालभित्र निजले स्थायी रुपमा बसोबास गरेको ठाउँ ,
– नेपालभित्र स्थायी बसोबास पनि नभएमा वा बसोबास पत्ता नलागेमा त्यस्तो व्यक्ति तत्काल बसोबास गर्दै आएको ठाउँ,
– तत्काल बसोबास गर्दै आएका ठाउँ पनि पत्ता नलागेमा निजले कुनै व्यापार, व्यवसाय, रोजगार वा कारोबार गरेको रहेछ भने त्यस्तो व्यापार, व्यवसाय, रोजगार वा कारोबार गरेको ठाउँ ।
झूटा उजुरी दिएमा क्षतिपूर्ति तिर्नुपर्ने
कसैले कसैलाई दुःख दिने वा हानि, नोक्सानी पु¥याउने नियतले नागरिक अधिकार उल्लङ्घन गरेको भनी झूटा उजुरी दिएको ठहरेमा त्यसरी झूटा उजुरी दिने व्यक्तिले प्रत्यर्थीलाई अदालतमा लागेको खर्च, अदालती दस्तुर र कानुन व्यवसायीको खर्चसमेत जोडेर अदालतले तोकेको क्षतिपूर्ति दिनुपर्ने ।
कानुनी व्यक्तिसम्बन्धी विस्तृत व्यवस्था
– सक्षम सार्वजनिक अधिकारीसमक्ष दर्ता भएपछि मात्र कानुनी व्यक्ति संस्थापन हुने र दर्ता भएपछि त्यस्तो व्यक्तिले सङ्गठित व्यक्तित्व प्राप्त गर्ने,
– नेपाल राज्य, नेपाल सरकारलगायतका निकाय वा संस्थाले स्वतः कानुनी व्यक्तिको हैसियत प्राप्त गर्ने,
– कानुन व्यक्तिको तर्फबाट कामकारबाही गर्दा कसैलाई हानि नोक्सानी भएमा त्यसको जिम्मेवारी कानुन व्यक्तिको हुने र क्षतिपूर्ति तिर्नु पर्ने,
दामासाहीमा परेको बाह्र वर्षपछि दामासाहीको अवस्थाको अन्त्य हुने
– दामासाहीमा पर्न लागेको व्यक्ति आफँैले दामासाही गर्न अदालतमा निवेदन दिनसक्ने,
– नियमित आम्दानी भएको वा भविष्यमा आम्दानी हुने निश्चितता भएको व्यक्तिले आफ्नो आम्दानीबाट निश्चित अवधिमा ऋण वा अन्य दायित्व भुक्तानी वा फछ्र्यौट गर्नसक्ने भएमा दामासाही प्रारम्भ नगरिने,
– एकपटक दामासाहीमा परेको व्यक्ति १२ वर्ष अवधि भुक्तान भए पछि निज दामासाहीमा परेको अवस्थाभन्दा अघिको अवस्थामा पुनर्बहाली हुने ।
– दर्ता विवाह (कोर्ट म्यारिज) दर्ता गरेर विवाह गर्दा जिल्ला अदालतबाट गराउनु पर्ने
– विवाह दर्ता गराउनुपर्ने
विवाह भएको मानिने अवस्थाः
कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रुपमा स्वीकार गरेमा,
पुरुषसँगको शारीरिक सम्पर्कबाट गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा,
अदालतमा दर्ता गरी विवाह गरेकोमा,
विवाह र विवाह  पछिको थर
– विवाहिता महिलाले विवाहपछि बाबु वा आमाले प्रयोग गरेको थर वा निजको पतिको थर वा दुवै थर प्रयोग गर्नसक्ने,
– विवाहिता महिलाको थरको सम्बन्धमा कुनै प्रश्न उठेमा अन्यथा प्रमाणित भएकोमा बाहेक निजले आफ्नो पतिको थर प्रयोग गरेको मानिने,
– पतिको थर प्रयोग गरेकी महिलाको सम्बन्ध विच्छेद भएमा निजले चाहेमा निजको बाबु वा आमाले प्रयोग गरेको थर प्रयोग गर्नसक्ने ।
वैवाहिक सम्बन्धको अन्त्य र पुन ः विवाह
– आपसी सहमतिमा घर व्यवहार चलाउनुपर्ने
पति पत्नीले एक अर्कालाई आफ्नो इज्जत र क्षमताअनुसार खान लगाउन तथा स्वास्थ्योपचारको व्यवस्था गर्नु गराउनुपर्ने,
एकासगोलका पति पत्नीले आफ्नो सम्पत्ति, आम्दानी तथा हैसियतअनुरुप आपसी सहमतिको आधारमा घर व्यवहार चलाउनुपर्ने,
पति र पत्नीले आफ्नो नाममा रहेको सम्पत्ति बिक्री वा अन्य तवरले हस्तान्तरण गर्दा कानुनमा अन्यथा व्यवस्था भएकोमा बाहेक एक अर्काको मञ्जुरी लिनुपर्ने,
सम्बन्ध विच्छेद गर्न लाग्ने अवधि
सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले अदालतमा निवेदन दिनुपर्ने,
पति र पत्नीले मेलमिलाप गर्न मञ्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले सम्बन्ध विच्छेद गराई दिने ।
विवाहित पतिबाट जन्मिएको अनुमान गरिने
अन्यथा प्रमाणित भएकोमा बाहेक विवाह भएको मितिबाट एक सय असी दिन पछि र पतिको मृत्यु भएको वा वैवाहिक सम्बन्ध अन्त्य भएको मितिबाट दुई सय बहत्तर दिनभित्र जन्मिएको शिशु विवाहित पतिबाट जन्मिएको अनुमान गरिने,
पति पत्नीबीच अन्यथा सहमति भएको थाहा पाएर वा थाहा पाउनुपर्ने मनासिब कारण भई कुनै पुरुषले त्यस्तो महिलासँग विवाह गरेकोमा बाहेक विवाह भएको एक सय असी दिन अगाडि नै पत्नीबाट जन्मिएको शिशुको पितृत्वलाई पतिले र त्यस्तो शिशुको जन्म हुनु अगाडि नै पतिको मृत्यु भइसकेको रहेछ भने निजको हकवालाले इन्कार गर्नसक्ने ।
पितृत्व वा मातृत्वको दोषी
पितृत्व वा मातृत्वको ठेगान नभएको शिशु आफ्नो छोरा वा छोरी हो भनी दाबी गर्नु पर्दा त्यस्तो शिशु जन्मिएको वा पहिचान भएको मितिले दुई वर्षभित्र गरिसक्नुपर्ने,
पितृत्वको ठेगान नभई जमिन्एको शिशुको पितृत्व दाबी गर्नु पर्दा त्यस्तो शिशु जन्मिएको मितिले दुई वर्षभित्र गरिसक्नुपर्ने ।
कृत्रिम गर्भाधान प्रणालीद्वारा जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको मानिने
पति पत्नीको मञ्जुरीले अन्य कुनै व्यक्तिको वीर्यबाट कृत्रिम गर्भाधान प्रणालीद्वारा जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको मानिने र सोहीबमोजिम निजको पितृत्व निर्धारण हुने ।
नाम र थरको अधिकार
– प्रत्येक व्यक्ति जन्मेपछि आ–आफ्नो धर्म, संस्कृति, चलन र परम्पराअनुसार निजको आमा वा बाबुले राखेको नाम पाउने,
– कसैको आमा वा बाबु तत्काल उपलब्ध नभएमा वा उपलब्ध हुन सक्ने सम्भावना नरहेमा निजले आफूलाई हेरचाह गर्ने संरक्षक वा माथवरले राखेबमोजिमको नाम पाउने,
– कुनै व्यक्तिले चाहेमा आफ्नो बाबु वा आमा वा दुवैको थर प्रयोग गर्नसक्ने,
– बाबु वा आमा दुवैको ठेगान नलागेको व्यक्तिले निजलाई हेरचाह गर्ने संरक्षकद्वारा दिइएको थर आफ्नो नाम पछाडि प्रयोग गर्न पाउने ।
आमा बाबुको आज्ञा, आदेशको पालना गर्नुपर्ने
नाबालक छोराछोरी, आमा, बाबुको सुपरिवेक्षण, निगरानी, नियन्त्रण, संरक्षण वा अख्तियारी अन्तर्गत रहने र त्यस्ता नाबालकले आमा बाबुले कानुनसम्मत दिएको आज्ञा, आदेश वा निर्देशनको पालना गर्नुपर्ने ।
अधिकार दायित्व कायमै रहने
पति पत्नीबीचको वैवाहिक सम्बन्ध अन्त्य भए तापनि निजहरूबाट जन्मिएका छोराछोरीको बाबु, आमामाथिको कानुन अधिकार र निजप्रतिको बाबु, आमाको दायित्व कायमै रहने ।
– आदर तथा सम्मान गर्नुपर्ने
– छोराछोरीले आफ्ना आमा बाबुलाई आदर तथा सम्मानका साथ व्यवहार गर्नुपर्ने,
– छोराछोरीले आमा बाबुलाई एकासगोलमा बसेको वा भिन्न भइसकेको जेसुकै भए तापनि आफ्नो आर्थिक तथा सामाजिक हैसियतअनुसार आवश्यक हेरचाह, स्याहार सम्भार, औषधोपचार वा रेखदेख गर्नुपर्ने ।
– छोराछोरीउपरको कर्तव्य र जिम्मेवारी आमा बाबुको बराबरी हुने
– आमा बाबुले आफ्ना छोराछोरीउपर प्रयोग गर्नसक्ने अख्तियारी, पूरा गर्नुपर्ने जिम्मेवारी तथा पालना गर्नुपर्ने कर्तव्य निजहरू दुवैको सहमतिले संयुक्त रुपमा गर्नुपर्ने ।
– आफ्नो छोराछोरीको पालनपोषण, शिक्षा तथा दीक्षा, खेलकुद, स्वास्थ्योपचार, मनोरञ्जन, सुविधा वा घरेलु कामकाजमा छोरा वा छोरीको आधारमा वा छोरा छोरा वा छोरी छोरीबीच कुनै किसिमले भेदभाव गर्न नपाइने ।
– विशेष सहुलियत र संरक्षण प्रदान गर्ने
आमा बाबुले शारीरिक वा मानसिक रुपले अशक्त वा अपाङ्गता भएमा छोराछोरीलाई विशेष सहुलियत र संरक्षण प्रदान गर्नुपर्ने ।
– छोरा वा छोरी हुने व्यक्तिले समेत धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने
अदालतले आदेश गरेमा छोरा वा छोरी हुने व्यक्तिलाई पनि धर्मपुत्र वा धर्मपुत्री राख्न दिन सकिने ।
– जिल्ला अदालतबाट प्रमाणीकरण गराएरमात्र धर्मपुत्री राख्न सकिने
धर्मपुत्र वा धर्मपुत्रीसम्बन्धी लिखतलाई जिल्ला अदालतबाट प्रमाणीकरण गराएर मात्र धर्मपुत्र धर्मपुत्री राख्न सकिने ।
– सबै अंशियार अंशका समान हकदार
सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनको लागि पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार मानिने, प्रत्येक अंशियार अंशको समान हकदार हुने ।
– गर्भको शिशुलाई अंश छुट्याउनुपर्ने
अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र निजले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाई समेत समान अंशियार मानी निजको अंश भाग छुट्याएरमात्र अंशबण्डा गर्नुपर्ने ।
– अंश पाउन झूटा नालिस गरेमा क्षतिपूर्ति तिर्नपर्ने
अंश नपाउनेले नालिस गरेको ठहेरमा अदालतले बिगो खुल्न आएमा बिगो र बिगो खुल्न नआएमा निजको हैसियत विचार गरी नालिस गर्ने व्यक्तिबाट मनासिब क्षतिपूर्तिको रकम प्रतिवादीलाई भराई दिनुपर्ने ।
– स्याहार गर्नेले अपुताली पाउने
– कुनै व्यक्तिलाई निजको नजिकको हकवालाले स्याहार सम्भार नगरी टाढाको हकवालाले स्याहार सम्भार गरेको रहेछ भने निजको अपुताली त्यसरी स्याहारसम्भार गर्ने हकवालाले पाउने,
– सगोलको हकवालाले स्याहार सम्भार नगरी कुनै व्यक्ति आफ्नो अंश लिई भिन्न बसेको हकवालासँग बस्न गएको अवस्थामा मृत्यु भएमा निजको अपुताली त्यस्ता भिन्न भएका हकवालाले पाउने,
– मृतकको स्याहार सम्भार हकवालाले नगरी अन्य व्यक्तिले गरेको भए त्यस्तो अपुताली त्यगरी स्याहार सम्भार गर्ने व्यक्तिले पाउने ।
– प्रतिकूल भोगाधिकारहेको मानिने
सरकारी, सार्वजनिक, सामुदायिक वा गुठीको जग्गा र करार वा अन्य कानुनद्वारा छुट्टै व्यवस्था भएकोमा बाहेक कुनै व्यक्तिले अर्को व्यक्तिको चल सम्पत्तिको हकमा तीन वर्ष र जमीनको हकमा तीस वर्षभन्दा बढी समयदेखि त्यस्तो सम्पत्ति वा जमीन आफ्नै सम्पत्ति वा जमिनसरह भोग गरेमा त्यस्ता सम्पत्ति वा जमिनमा निजको प्रतिकूल भोगाधिकार रहेको मानिने ।
– अरुको सम्पत्ति बिर्गान वा असर पार्न नपाईने
– अन्य व्यक्तिको बाटो वा निकास बन्द गरी, आफ्नो जग्गाको साँधमा कुनै काम वा निर्माण गरी वा अन्य कुनै पनि तवरले कसैको सम्पत्ति बिगार्न नपाइने र कानुनबमोजिम बाहेक मञ्जुरी नलिई अरुको घर कम्पाउण्डमा प्रवेश गर्न नहुने,
– आफ्नो जग्गामा इनार वा कुवा खन्दा सँधियारको जग्गाबाट कम्तीमा एक मिटर दुरी कायम हुने गरी जग्गा छोड्नुपर्ने र रुख वा विरुवा लगाउँदा अन्य व्यक्तिको घर, जग्गा वा कुनै सम्पत्तिलाई असर पर्ने गरी लगाउन नहुने ।
–बाँकी भोलिको अङ्कमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *