आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
मङ्गलबार चीन र एल साल्भाडोरबीच कूटनीतिक सम्बन्ध स्थापना घोषणा भएको छ । यसअघि ताइवानले एल साल्भाडोरसँग ‘कूटनीतिक’ तोड्न लागेको समाचार पनि प्रकाशमा आएको थियो । ताइवानमा त्साई सरकारमा आएको दुई वर्षको अन्तरालमा ताइवानले आफ्नो ‘कूटनीतिक मित्र’ गुमाएको एल साल्भाडोर पाँचौं देश हो । आज ताइवानको मात्र १७ वटा देशसँग कूटनीतिक सम्बन्ध बाँकी छ ।
ताइवानको असन्तुष्ट पक्षसँग कोही पनि यो समाचारबाट आश्चर्यमा परेको छैन । सबैलाई थाहा छ, ताइवानको ‘कूटनीतिक’ सम्बन्ध विच्छेदको उभार जारी रहनेछ । एल साल्भाडोर यस मामिलामा अन्तिम देश हुनेछैन । प्रश्नमात्र अर्को देश कुन हो भन्ने हो ।
ताइवानको ‘विदेश मन्त्रालय’ले मङ्गलबार भनेअनुसार गएको सालदेखि एल साल्भाडोरले ताइवानबाट लगातार ‘ठूलो आर्थिक सहायता’ को माग गरिरहेको थियो । तर ताइवानले दिन नमानेकोले आज ‘कूटनीतिक सम्बन्ध विच्छेद’ भएको ताइवानको भनाइ हो । यसको अर्थ ताइवानले आफ्नो ‘कूटनीतिक सम्बन्ध’ पैसाको बाढी बगाएर टिकाएको भन्ने कुरा प्रस्ट बनाएको छ । त्यसकारण आज त्यो सम्बन्ध तोडिएको छ र भद्रगोल भएको छ ।
केही मानिसहरू ताइवानसँग सम्बन्ध तोडेर चिनियाँ मूलभूमिसँग सम्बन्ध जोडेका देशलाई पैचिङले आर्थिक लोभ देखाएको हुनसक्ने अनुमान गर्ने गरेका छन् । वास्तवमा यो पुरानो विचार हो । जब चिनियाँ मूलभूमि कमजोर थियो र ताइवान धनमा प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा थियो, तब स–साना देशहरूलाई अरु केही पनि कारणले नभई पैसाको लोभमा आफ्नो पक्षमा उभिने गरेको थियो ।
तथापि ताइवानको अवस्था सधैं यस्तै रहिरहेन । चिनियाँ मूलभूमिसँग सहकार्यको अर्थ अवसरको ठूलो राशीमा पहुँच हुनु हो । पैसा त्यो अवसरको विकल्प हुनसक्दैन । ताइवानको पैसा भनेको अदृश्य रुपमा विदेशबाट आएको पैसा हो । त्यो थोरै पैसाको लोभमा गर्नुभन्दा पैचिङसँग सम्बन्ध जोड्नुको अर्थ कुनै पनि सामान्य राज्यको आत्मसम्मान र आत्मविश्वासको विषय हो ।
चिनियाँ मूलभूमिको लागि ताइवानका ‘साथीहरू’को चोरी गरिरहनु आवश्यक छैन । ताइवानका कुनै पनि ‘साथी’ को ताइवानसँग भन्दा पैचिङसँग बढी व्यापार छ । चिनियाँ मूलभूमिसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नु आजको रोक्नै नसकिने प्रवाह हो । ताइवान कतिबेला एउटा पनि ‘साथी’ नहुने समय कतिबेला हुने भन्ने कुरामात्र हो ।
त्साईले सन् १९९२ को सहमति स्वीकार नगर्नुले ताइवानलाई गलत समयमा गलत बाटोतिर अघि बढाइरहेको छ । ताइवान प्रशासनले आफ्नो ‘स्वाधीन सार्वभौमिकता’ बारे के भन्छ भन्ने कुरा महत्वपूर्ण कुरा होइन । बरु उसको कुरालाई अन्तर्राष्ट्रिय क्षेत्रले मान्छ वा मान्दैन भन्ने कुरा महत्वपूर्ण हो । ताइवानको प्रजातान्त्रिक प्रगतिशील पार्टीले आफ्नो अन्तर्राष्ट्रिय स्वाभिमान जोगाउन सबै प्रयास गरिरहेको छ । तर वास्तवमा उसका साथीहरूले उसलाई एक पछि अर्को गर्दै त्याग्दै गएको छ । धेरै विदेशी वायुसेवाले ताइवानलाई देशको रुपमा मान्न छोडिसकेको छ । सन् २०१९ मा हुने एसियाली युवा खेलकुदका लागि पूर्वी एसियाली ओलम्पिक समितिले ताइचुङलाई खेल हुने स्थानबाट हटाइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनलगायत अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूले आफ्ना द्वार ताइवानका लागि बन्द गर्दैछन् ।
‘एक चीन नीति’ अस्वीकार गरेर ताइवानले ठूलो मूल्य चुकाउनुपर्नेछ । यो पैचिङको धम्की होइन । तर वास्तवमा समयको धार आज त्यसरी नै बगिरहेको छ । सन् १९९२ को सहमति अस्वीकार गर्ने ताइवानका सबै चालबाजी विफल हुनेछ । सुन्नमा आएको छ, एल साल्भाडोरसँग कूटनीतिक सम्बन्ध तोडेर ताइवान प्रशासनलाई दुःख मनाउ गर्ने समय नै प्राप्त भएको छैन । किनभने त्यो दुःख मनाउभन्दा अब फेरि अर्को कुन देशसँग कूटनीतिक सम्बन्ध तोडिने हो भन्नेमा ताइवान प्रशासन चिन्तित बनेको छ ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुदर्शना श्रेष्ठ
Leave a Reply