भर्खरै :

कालो दिवसको भत्र्सना

भक्तपुर, ७ भदौ । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यकासाथ पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्डको विरोध तथा भत्सर्ना कार्यक्रम नेपाल क्रान्तिकारी महिला सङ्घ भजिसको आयोजना चाँगुनारायण नपा ३ झौखेलमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष न्हुछेभक्त फोंजूले प्रतिक्रियावादीभन्दा पनि प्रतिक्रियावादी सङ्घसंस्थाभीत्र गएर देश र जनताको सेवा गर्ने लेनिनवादी नीतिअनुसार नेपाल नेमकिपाले पञ्चायतभित्र छिरेर पञ्च सरकारकै जरा काट्ने काम गरेको हुँदा राज्यस्तरबाट पार्टीलाई नै सिध्याउने षड्यन्त्र गरेको स्पष्ट पार्नुभयो ।
उहाँले फेरि फेरि पनि यस्ता षड्यन्त्र हुनसक्ने सम्भावना रहेकोले कार्यकर्ताहरू सचेत हुनुपर्ने बताउनुभयो । उहाँले सङ्गठन कमजोर भए शत्रुको षड्यन्त्र झन तीब्र हुने भएकोले कार्यकताहरू सचेत भएर जनतामाझ जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिका सुलोचना छुवाजुले पञ्चायतकालमा राजनीति भनेको काँडामा हिंड्नेजस्तै हो भन्ने थाहा नपाएको बेलामा पनि भक्तपुरका महिलाहरू भक्तपुर काण्डको बखत अन्याय अत्याचारका विरुद्ध काँडामै हिंड्न पनि तयार भई पञ्च सरकारविरुद्ध जुलुस तथा ¥यालीमा सहभागी भई सङ्घर्षमा होमिएको स्मरण गर्नुहुँदै महिलाहरूपनि राजनीतिक रुपले सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका सरस्वती सिंख्वाल र नेपाल क्रान्तिकारी युवा सङ्घका कृष्णराम सुलूले पनि भक्तपुर काण्डको विरोध तथा भत्र्सना गर्नुभयो ।
शिक्षक भेला
२०४५ सालको भदौ ९ गते तात्कालीन पञ्चायती व्यवस्थाले नेमकिसंलाई समूल नष्ट गर्न रचेको भक्तपुर काण्डको भत्र्सनामा तारा माविमा शिक्षक भेला भयो ।
भेलामा बोल्दै नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले नेमकिसंले पञ्चायती व्यवस्थाको उपयोग गरी जनताको सेवा गरेको पञ्चायतका हिमायतीलाई असह्य भएकाले भक्तपुर काण्ड रची पार्टीलाई नष्ट गर्न खोजेको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य कृष्णप्रसाद धन्छा, तारा माविका प्रधानाध्यापक पुष्पलाल सुजखू, शिक्षकहरू कृष्णगोविन्द दुवाल, श्याम ख्याजूलगायतले भक्तपुर काण्डको विषयमा बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *