के आगजनी र निर्वाचनमा नेपाली सेना निर्णायक हो ?
- बैशाख २, २०८३
चार दिने भारत भ्रमणको लागि चीनका रक्षामन्त्री वेई फेङ्घे भारत पुगेका छन् । भारतीय र चिनियाँ सेनाबीच दोक्लाममा चलेको ७३ दिन लामो सैनिक देखादेखको एक वर्षपछि चीनका रक्षामन्त्रीको भारत भ्रमण दुई देशका सेनाबीच आपसी विश्वास पुनःनिर्माण गर्न चालिएको कदम हो ।
कूटनीतिक पहलपश्चात् दुवै देशका सेना पछाडि हट्ने सहमति भएसँगै सैनिक तनावको अन्त्य भएको थियो । द्विपक्षीय तनावका कारण दुई छिमेकी देशबीच धेरै वर्ष पछि सम्बन्ध निकै बिग्रेको थियो ।
तथापि यो समस्या शान्तिपूर्ण माध्यमबाट समाधान भयो । दुई देशबीचको सिमाना विवाद समाधानका लागि दुवै देशले स्थापित नियमअनुसार अघि बढेर आपसी सम्बन्धमा सहनशीलता प्रदर्शन गरेको छ । चीन र भारतबीच ३५ सय किलोमिटर सिमाना जोडिएको छ । त्यत्तिबेला दुवै देशका सेनाले कुनै पनि गलत बुझाई हुन नदिन रणनीतिक सञ्चार कायम नगर्दा हुन् त चीन र भारतबीचको सिमानामा शान्ति र अमनचयन कायम सम्भव थिएन । भारत र चीनबीच सीमा सन्धी भने अझै हुन बाँकी नै छ ।
बितेका ६ वर्षमा भारतको भ्रमण गर्ने वेई पहिलो चिनियाँ रक्षामन्त्री हुन् । वेईको भ्रमणबाट दुवै देशबीचको विवादित क्षेत्रमा दुवै देशको तर्फबाट कुनै पनि प्रकारका गतिविधि गर्न परे एकअर्कालाई सूचना गर्ने द्विपक्षीय संयन्त्र बन्ने अपेक्षा गरिएको छ । दुई सेनाबीच हटलाइन स्थापनाको सम्भावनाबारे पनि वेईको भ्रमणका क्रममा कुराकानी गरिने बताइएको छ ।
गएको अप्रिल महिनामा हुपेई प्रान्तको उहानमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको अनौपचारिक बैठकमा दुई पक्षीय सम्बन्ध सुधारका लागि सकारात्मक पहलकदमीको थालनी गर्ने सहमति भएको थियो । दुवै नेताबीच दोक्लाममा भएको आपसी तनावलाई बिर्सेर चीन–भारत सम्बन्धको नयाँ अध्याय सुरु गर्न सहमति भएको थियो ।
इतिहासको विरासतको रुपमा रहेको दुई देशबीचको सिमाना विवादभन्दा आज दुवै देशले बोकेको साझा हित ज्यादा बोझिलो छ । बितेका झण्डै पाँच दसकमा दुई देशबीचको सिमानामा एउटा गोली पनि नचलेको यथार्थले दुवै देश आपसी शान्तिको पक्षमा रहेको प्रतिविम्बित गरेको छ ।
चीन र भारत दुवैको जनसङ्ख्या जोड्दा २ अर्ब ६० करोड पुग्छ । त्यो भनेको विश्वको कूल जनसङ्ख्याको ४० प्रतिशत हुन आउँछ । यो पृष्ठभूमिमा दुई विकासशील देशहरूले धेरै विषयमा सँगै काम गर्न सक्दछ । विश्व व्यापार, जलवायु परिवर्तन, गरिबी निर्वारण र प्रतिआतड्ढवाद आदि क्षेत्रमा दुई देशबीच राम्रो सहकार्य बन्न सक्दछ । यी विषयमा दुई देशबीचको कुरा पनि मिलेको छ ।
त्यही भएर वेईसँग मङ्गलबार भेट्दा नरेन्द्र मोदीले चीन र भारतबीचको सम्बन्धलाई ‘विश्वमा स्थायित्वको आधार’ भन्ने शब्दावली प्रयोग गरेका छन् ।
निःसन्देह दुई छिमेकीबीच धेरै विषयमा भिन्नता छन् । तर जबसम्म उनीहरूले आपसी हित र चासोलाई पूर्ण जिम्मेवारीका साथ ग्रहण गर्दछन् र भएका भिन्नतालाई संवाद र सरसल्लाहबाट समाधान गर्ने प्रयास गर्छन् भने चीन र भारतबीचको सम्बन्ध अझ समृद्ध हुँदै जानेछ ।
चाइना डेली
नेपाली अनुवादः अनिषा अर्याल
Leave a Reply