भर्खरै :

बाढी प्राभावित पश्चिम जापानमा भीषण आँधी

टोक्यो, ७ भदौ (एएफपी) । पश्चिम जापानमा बिहीबार भीषण आँधी आएको छ । भीषण बाढीबाट गत महिना नराम्रोसँग प्रभावित इलाकालगायत अन्य क्षेत्रमा यसपटक पनि भारी वर्षा र पहिरो जाने चेतावनी मौसम विज्ञान विभागले दिएको छ ।
ग्रीनबीच समयअनुसार बुधबार २३ः०० बजे ‘सिमारोन’ नामक यो आँधी गोटो द्वीपबाट करिब १८९ किलोमिटर दक्षिणपश्चिममा २१६ किलोमिटर प्रतिघण्टाको बेगले आएको छ । यस आँधीको कारण बिहीबार अबेर राति भूस्खलन हुने आशङ्का गरिएको छ । यो आँधी शुक्रबार बिहान देशको उत्तरी भागतिर पुग्नेछ ।
आँधीसँगै भीषण वर्षा हुने सम्भावना रहेकोले मध्य जापानका केही भागमा शुक्रबार मध्याह्नसम्म ३१ इन्च (८०० मिलिमिटर)सम्म वर्षा हुने मौसमसम्बन्धी सरकारी अधिकारीले बताएका छन् ।
भारी वर्षा हुने सम्भावना रहेका इलाकामा गत महिनाको बाढी प्रभावित इलाका समेत रहेका छन् । गत जुलाईको बाढी र पहिरोमा परेर २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *