भर्खरै :

कम्बोडियामा सर्वोच्च परिषद् बनाउन सहमति

नोमपेन्ह, ७ भदौ (एपी) । कम्बोडियाली राजनीतिक पार्टीका नेताहरू र कम्बोडिया सरकारबीच सल्लाह एवं सिफारिस सर्वोच्च परिषद् स्थापना गर्न सहमत भएका छन् ।
कम्बोडियाली प्रधानमन्त्री हुन सेनले बिहीबार यस्तो सहमति भएको जानकारी दिंदै परिषदले राष्ट्रिय सरोकारका मुद्दामा सरकार र राजनीतिक पार्टीबीच परामर्श मञ्चको रुपमा कार्य गर्नेछ ।
परिषद् स्थापनाका लागि गत म·लबार भएको छलफलको क्रममा जुलाई २९ मा सम्पन्न आमनिर्वाचनमा सहभागी २० वटा पार्टीमध्ये १६ वटा पार्टीको सहभागिता रहेको प्रधानमन्त्री हुन सेनले बताउनुभयो ।
“राजनीतिक पार्टीका नेताले यस कदमको पूर्णसमर्थन गरेका छन्,” ६७ वर्षीय प्रधानमन्त्री हुन सेनले दक्षिणी कानदाल प्रान्तको तयारी पोशाक कारखानामा कार्यरत १७ हजार ५०० मजदूरलाई सम्बोधन गर्दै यस्तो जानकारी दिनुभएको हो ।
गत जुलाई २९ मा भएको आमनिर्वाचनमा २० वटा राजनीतिक दलले सहभागिता जनाएका थिए । प्रधानमन्त्री हुन सेनको पार्टी सिपीपीले संसदका सबै १२५ स्थान जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *