यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ८ भदौ । नजिकिंदै गरेको गाईजात्रा (सापारु) पर्वमा घिन्ताङघिसी र ताहासाँ परिक्रमा गरिने रुटमा सरसफाइसँगै अव्यवस्थित रुपमा राखिएका तारहरू व्यवस्थापन गर्ने कार्य भएको छ । जात्रालाई भव्य र सभ्य बनाउने तथा अव्यवस्थित तारको कारण हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्ने ध्येयले नगरपालिका, स्थानीय जनता र विद्यालय, कलेज, टीम, क्लव र सहकारी संस्थाको तर्फबाट शुक्रबार गाईजात्रा रुटमा सरसफाइ गरिएको थियो भने जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, विद्युत् प्राधिकरण र दूरसञ्चार कार्यालयको तर्फबाट तारहरू व्यवस्थापन गर्ने कार्य भएको थियो ।
यसअघि साउन २३ गते प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा सरोकारवाला सरकारी कार्यालय तथा केबुल एवं इन्टरनेट प्रदायकहरूको संयुक्त बैठकले गाईजात्रा प्रदर्शन हुने मार्गमा राखिएका निर्माण सामग्री, भग्नावशेष एवं अनियन्त्रित रुपमा राखिएका बिजुली, टेलिफोन, केबुल र इन्टरनेटका तारहरू व्यवस्थित गर्ने निर्णय गरिएको थियो । सोहीबमोजिम प्रजिअको नेतृत्वमा सरोकारवालाहरूको टोलीले साउन २५ गते बिहान गाईजात्रा प्रदर्शनी मार्गमा निरीक्षण गरेको थियो ।
साउन २५ गते जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा एक प्राविधिक कार्यदल गठन गरी अव्यवस्थित रुपमा राखिएका तारहरू सम्बन्धित कार्यालयले भदौ ३ गतेभित्र व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । सोहीअनुसार केही ठाउँमा सम्बन्धित कार्यालयकै पहलमा आ–आप्mनो तार व्यवस्थित गर्ने प्रयास भएको बुझियो । तथापि केही महत्वपूर्ण स्थानहरूमा तारहरूको अव्यवस्था कायमै रहेको कार्यदलको स्थलगत प्रतिवेदन प्राप्त भएपछि शुक्रबार ती स्थानहरूमा प्रहरी प्रशासनको सक्रियतामा तारहरू व्यवस्थापन गर्ने कार्य भएको थियो ।
गाईजात्रा प्रदर्शन गर्ने मार्गमा अवरोध पुगेका स्थानमा मात्र तारहरू काटिएको प्रहरी स्रोतले बताएको छ । काटिएका तारहरू सम्बन्धित कार्यालय तथा सेवा प्रदायकले यथासम्भव व्यवस्थित रुपमा मिलाउने र तत्काल सेवा प्रदान गर्ने तयारी भइरहेको बताइएको छ ।
Leave a Reply