यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ८ भदौ । नेपाल वार एशोसिएशनको ४५ औं कार्यकारिणी परिषद्को बैठक तथा वार्षिक साधारणसभा भक्तपुरमा सुरु भएको छ ।
साधारण सभा उद्घाटन समारोहका प्रमुख अतिथि कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले कानुन व्यवसायीहरू राज्यका सबै पक्षलाई जिम्मेबार बनाउन लाग्नुपर्ने बताउनुभयो । स्वतन्त्र न्यायपालिका सबैको र सधैंको चाहना भएकाले न्यायपालिका सबैको र सधैंको चाहना भएकाले न्यायपालिकालाई व्यावहारिक रुपमै स्वतन्त्र बनाउन बारको एशोसिएसनको बन्द सत्रमा छलफल हुनुपर्ने उहाँले बताउनुभयो । राजनैतिक रुपमा विभाजित नहुने भन्ने कानुन व्यवसायीहरूको प्रतिबद्धता सभाभित्र मात्र नभएर सभा बाहिर पनि कायम हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति नेपाल वार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीले न्यायालयमा भएका विकृति विसङ्गतिविरुद्ध लड्न प्रधानन्यायाधीशलाई बारले सहयोग गर्ने बताउनुभयो । अदालतको निर्णयमा सरकार बाधक बनेको खण्डमा न्यायालय स्वतन्त्र हुन नसक्ने बताउनुभयो । साथै न्यायालयलाई संसदीय हस्तक्षेपबाट मुक्त राख्नुपर्ने विचार पनि व्यक्त गर्नुभयो ।
वरिष्ठ अधिवक्ता तथा पूर्वसभामुख दमननाथ ढुङ्गानाले संसदीय सुनुवाई नामक हात्तीले प्रधानन्यायाधीशलाई छेक्न नसक्ने बताउनुभयो । लिखित संविधान भएको ठाउँमा संसदीय सर्वोच्चता नभई संवैधानिक सर्वोच्चता हुने उहाँले बताउनुभयो । दलीय अनुकूलताका आधारमा प्रधानन्यायाधीश नियुक्ति विरोध गर्ने अवस्था भएको हुँदा अनुकूलताका आधारमा नभई पद्दतीका आधारमा नियुक्ति हुनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल वार एशोसिएसनका पूर्वपदाधिकारीहरूले सभाको सफलताको कामना गर्नुहुँदै आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । सभाको बन्द शत्र भाद्र ९ गतेसम्म सञ्चालन हुनेछ ।
Leave a Reply