यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ८ भदौ । सापारु पर्वको समयमा भक्तपुर नगर सफा र व्यवस्थित बनाउने सन्देशसहित शुक्रबार नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा नगरव्यापी सरसफाइ कार्यक्रम भयो । भक्तपुरको लायकुबाट सुरु भएको सरसफाइ कार्यक्रम दुई वटा रुट बनाई सम्पन्न गरिएको थियो । लाय्कु, इताछँे, तखापुखु, वंशगोपाल, नासमना, तालाक्व, तःमारी, क्वाछें, गोल्मढी हुँदै दत्तात्रयको रुटको नेतृत्व नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सांसद प्रेम सुवालले गर्नुभएको थियो भने लाय्कु, त्रिपुरासुन्दरी, चोछे, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौ, गछें, सूर्यमढी हुँदै दत्तात्रयको रुटको नेतृत्व नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले गर्नुभएको थियो ।
सरसफाइ कार्यक्रमको आरम्भ गर्दै सांसद प्रेम सुवालले भक्तपुर नपाले पर्यटकसँग उठाएको पैसाबाट नगरको सरसफाइ, सम्पदा संरक्षण र जनताको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गरेको समाजमा सकारात्मक परिवर्तन भइरहेको धारणा राख्नुभयो ।
समयमै सम्पदा संरक्षणको काम भएकोले २०७२ सालको भूकम्पमा ङातापोललगायतका विश्व सम्पदा जोगिएको भन्दै उहाँले स्वस्थ नागरिक नै सभ्य समाजको आधार हुनसक्ने बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले हरेक महिनाको १ र १५ गते नियमित रुपमा सरसफाइ कार्यक्रम गरिरहेको चर्चा गर्दै चाडपर्वको समयमा सरसफाईमा अझ विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । पुर्खाले बनाएको कला र संस्कृति संरक्षणले सभ्यताको पनि जगेर्ना हुने उहाँको भनाइ थियो ।
सरसफाइ कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवाल, भनपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, मुक्तिसुन्दर जधारीले पनि बोल्नुभएको थियो ।
सरसफाइ कार्यक्रममा पार्टी कार्यकर्ता, समर्थक, विभिन्न क्लव, कलेज र विद्यालयको सहभागिता थियो ।
Leave a Reply