भर्खरै :

पञ्चायतीे राज्यस्तरको षड्यन्त्र- भक्तपुर काण्डबारे कसले के भने ?

(देशका विविध क्षेत्रका व्यक्तिहरू तथा राजनैतिक पार्टीहरूद्वारा भक्तपुर काण्डपश्चात् विभिन्न माध्यमबाट व्यक्त भएका विचार र प्रतिक्रिया यहाँ् प्रस्तुत छ । यसबाट घटनालाई कसले कसरी हेरेका छन् भन्ने जानकारी हुने हाम्रो विश्वास छ –सं ।)
ऋषिकेश शाह, विद्वान
शुक्रबार (१० भाद्र २०४५) को शव–यात्राको अवसरमा प्रधानमन्त्रीसमेतले भाग लिएको जुलुसमा व्यक्ति विशेषलाई फाँ्सी दिइयोस् भन्ने नारा लागेबाट सरकारमा रहेकाहरूले आफ्नो जिम्मेवारी पन्छाई राजनैतिक प्रतिद्वन्द्वीहरूलाई ज्यान मुद्दामा फसाउने षड्यन्त्र गर्न खोजेजस्तो प्रतीत हुन्छ । भक्तपुरका लोकप्रिय नेता नारायणमान बिजुक्छें (का.रोहित) माननीय रा.प.स. गोविन्द दुवाल र न.पं.का प्र.पं.आशाकाजी बासुकलालगायत ७५–१०० जनालाई समेत पक्राउ गर्नुमा राम्रो चालबाजी देखिंदैन । उहाँ्हरू (बिजुक्छें र दुवाल) को राजनैतिक पृष्ठभूमि र काम कारबाही हेर्दा ज्यान मार्ने उद्देश्यले प्रेरित हुल हुज्जतमा कुनै किसिमको भूमिका रहने सम्भावनाप्रति मलाई कत्ति विश्वास छैन । (सा. योजना, १२ भाद्र २०४५ र सा. नेपाल भूमि, २५ असोज २०४५) ।
कमल कोइराला, अधिवक्ता
सरजमीन गर्दा सबैलाई बोल्न नदिने र कानुन व्यवसायीहरूलाई समेत सरजमीन भएको ठाउँ्मा जान नदिने कार्यले न्यायिक प्रक्रियाको नै बलात्कार भएको छ । राणशासनमा पनि सरजमीनमा बोल्नबाट जनतालाई वञ्चित गरिदैन थियो । (सा. छलफल –०४५÷६÷५) ।
गणेशमान सिंह, सर्वाेच्च नेता, नेपाली कांग्रेस
यो पञ्चायत व्यवस्था खडा भएदेखि हरेक कुरामा ढाकछोपमात्र गर्दै आएको छ । जुन घटना घट्यो त्यो सा¥है नै निन्दनीय र दुःखदायी घटना हो । ४ घण्टासम्म घटना घट्दा पनि स्थानीय प्रशासनले सुरक्षाको नाममा केही नगरेकोले यो प्रशासनकै मिलेमतोमा भएको छ । अब पञ्चायत व्यवस्थाका सञ्चालकहरूले आँ्खा खोल्नुप¥यो । बबल्स (फोको) को रुपमा आएको पानीले ज्वारभाटाको रुप नलेओस् । (सा. राष्ट्रपुकार १६ भाद्र २०४५) ।
गङ्गालाल श्रेष्ठ, महामन्त्री, नेपाल लाल कम्युनिष्ट पार्टी
…. हत्याकाण्ड पुराना र नयाँ् पञ्चहरूबीचको आपसी द्वन्द्व र तमासे प्रशासकहरू र प्रहरीको अकर्मण्यताको परिणाम हो । उनको लाशमाथि राजनीति गरेर वामपन्थीहरूलाई बद्नाम गराउने सरकारी षड्यन्त्रको निन्दा गर्छु र व्यक्तिहत्याका वास्तविक पटके अपराधीहरू एवम् लापरबाही गर्ने प्रशासक र प्रहरी दुवै थरीलाई कठोर सजाय गर्ने आग्रह गर्दछु ।
तुल्सीलाल अमात्य, महामन्त्री, ने.क.पा.
(अमात्य)
यस काण्डलाई लिएर मनपरी जसलाई पायो त्यसलाई बिनाआधार आम–गिरफ्तार गर्ने जो काम भयो त्यसको विरोध गर्दछौंँ् ।
जो हत्या हुन गयो त्यसमा सरकार जिम्मेवार छैन भनेर भन मिल्दैन । ह्योजूप्रति भक्तपुरवासी क्षुब्ध थिए भन्ने थाहा पाउँ्दापाउँ्दै हाल बहालमा रहेका रा.प.स. दुवाललाई बेवास्ता गरी ह्योजूलाई पठाउनु सरकारको पहिलो गल्ती हो । अनि हुलदङ्गा भएर ह्योजूमाथि हातपात भएपछि हेरेर बस्नु सरकारको अर्को गैरजिम्मेवारी हो, आमजनता उत्तेजनामा आएपछि अनेक गलत कार्य हुनसक्छ । तसर्थ यस उत्तेजनालाई शान्त पार्नु पहिलो कर्तव्य थियो ।
यो कुनै कर्तव्य पूरा नगरी देहान्तपछि तुरुन्तै रोहितजी र दुवालजीलाई पक्राउ गर्नु र पञ्चायती नेताहरूले “रोहितलाई फाँ्सी दे” “वामपन्थी मुर्दावाद” भने नारा दिएर जुलुस निकाल्नाले स्पष्ट देखिन्छ । पञ्च नेताहरूलाई ह्योजू मरेको भन्दा बढी सरकार वामपन्थी दवाउने निहँ्ु पाएको स्पष्ट छ । (सा.युगधारा २३ भदौ ०४५) ।
नेपाल कम्युनिष्ट पार्टी (चौ.म.)
राजनीतिक विचलन, पतन र जन–आकाङ्क्षाविपरीतका क्रियाकलापमा, संलग्न हुन थालेपछि जनतामा उनीप्रति रोष र आक्रोश बढ्नु अस्वाभाविक थिएन र यो असन्तोष हाल उनको मरणान्तक कुटपिटमा अभिव्यक्त भएको देखिन्छ । यही कारण अहिले उनको मृत्युपछि सम्पूर्ण पञ्चायती शक्ति गोलबन्द भई एउटा ‘विश्वसनीय’ मित्र गुमेकोमा जुन राष्ट्रिय स्तरको महत्वपूर्ण राजनीतिक घटना बनाउने सत्तासीनहरूको प्रयत्न देखियो त्यसले एकातिर ह्योजूको जन–विरोधी राजनीतिक परिचयलाई प्रस्ट पारेको छ भने अर्काेतिर यसले सरकारी अभिप्रायलाई पनि उदाङ्गो पारेको छ । बेलैमा ह्योजूलाई कुटपिटबाट जोगाएको भए उनको मृत्यु हुन पाउने थिएन । हामी भन्छौं यो प्रशासनको नियोजित षड्यन्त्र हो र ह्योजू काण्डमा प्रशासन पूर्णतया दोषी छ । (सा. गर्जन २१ भाद्र ०४५) ।
नेपाल कानुन व्यवसायी सम्मेलन (पारित प्रस्ताव)
ह्योजूको हत्या सम्बन्धमा मुद्दा तहकिकात अनुसन्धान सुरु नभएकै अवस्थामा र अदालतमा मुद्दा दायर भई कसैलाई पनि दोषी ठहर नगर्दैको अवस्थामा देशका प्रधानमन्त्री र रा.प. अध्यक्षलगायत सम्मिलित भएको जुलुसले ‘हत्यारा रोहितलाई फाँ्सी दे’ जस्ता नारा प्रदर्शन गरेबाट अनुसन्धानमा हस्तक्षेप र न्यायपालिकालाई प्रभावित तुल्याउने निन्दनीय प्रयास भएको महसुस गर्दै तहकिकातको दौरानमा कानुन व्यवसायीसमेतलाई त्यो स्थलमा जान नदिएर प्रहरीको घेरामा एकपक्षीय सरजमीन गराएको समेतलाई यो सम्मेलन घोर भत्र्सना गर्दछ । (न्यायदूत, वर्ष १९ अड्ढ ४ पूर्णाड्ढ ४९) ।
बालगोपाल–प्रगतिवादी लेखक
ह्योजू काण्डको निहँ्ुमा रोहित समूहमाथि श्री ५ को सरकारले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरी दमन गर्ने जुन प्रयास भइरहेको छ त्यसको विरोध स्पष्ट शब्दले गरिनुपर्छ । छिन्ताङ्ग हर्रेबर्रे, झापा, पिस्कर या साँ्खुमा झैं पञ्चायतविरोधीहरूलाई सखाप पार्ने श्री ५ को सरकारको नीतिअनुसार नै भक्तपुरको यो षड्यन्त्रकारी हत्या सरकारकै तर्फबाट गराएको कुरामा शड्ढा गर्ने ठाउँ् छैन । (सा.इनाव–०४५ असोज ५ ) ।
वीरेन्द्रभक्त श्रेष्ठ, प्राध्यापक
सरकारको राजनीतिकरण राहतले भक्तपुरमा कतै मौका खोजिरहेको राजनैतिक तत्वले अवसर त लिन पुगेन भन्ने शड्ढा गर्ने ठाउँ् प¥यो । जेहोेस्, राजधानीबाट १० कि.मि. टाढाको भक्तपुरलाई २–३ घण्टासम्म भिडतन्त्रले कब्जा ग¥यो । त्यो समयसम्म पुलिस र प्रशासनबाट कुनै प्रतिरोध भएन जङ्गलीराज चल्यो । (सा. विमर्श ३१ भदौ ०४५) ।
मनमोहन अधिकारी, महामन्त्री, ने.क.पा.
(माक्र्सवादी)
यस घटनामा श्री ५ को सरकार जुन किसिमले मूकदर्शक रह्यो त्यो रहस्यपूर्ण र पूर्णतः निन्दनीय रहेको छ । प्रधानमन्त्रीलगायत पञ्चहरूले निकालेको जुलुसमा ‘नारायणमानलाई फाँ्सी दे’ भन्ने नारा पनि रहस्यपूर्ण छ । यसबाट सरकारको भूमिका ज्यादै शड्ढास्पद देखिन्छ । सबै वामपन्थीहरूलाई बद्नाम गर्ने नियतले जुन प्रचार श्री ५ को सरकारले गरेको छ, त्यसको हामी घोर विरोध गर्दछांै र कुनै पनि वामपन्थी समूह जघन्य घटनामा संलग्न हुनै सक्दैनन् भन्ने स्पष्ट गर्न चाहन्छौं । किनभने व्यक्तिहत्या वामपन्थीहरूको नीति हुँ्दैन ।
मोहनविक्रम सिंह, महामन्त्री, ने.क.पा.
जनताद्वारा ह्योजूको विरोधको तात्कालिक कारण भूकम्प पीडित राहत कार्यहरूमा सरकारले देखाएको गलत पक्षपातपूर्ण र भ्रष्ट नीति हो भने प्रधान कारण जनताको विद्यमान व्यवस्थाको विरुद्ध दबेर बसेको असन्तोष, रोष र घृणा हो ।
भक्तपुरमा भूकम्प पीडित राहत कार्यमा अपनाइएको गलत नीतिको सन्दर्भमा देखा परेको विरोध प्रदर्शनले बताउँ्छ कि वास्तवमा मौका पर्नेबित्तिकै जनतामा गुम्सेर बसेको असन्तोषको विस्फोट हुनसक्दछ । यस सन्दर्भमा यससित सम्बन्धित अन्य केही पक्षहरूप्रति पनि ध्यान जानु आवश्यक छ । ह्योजू विद्यमान प्रतिक्रियावादी सरकारका एजेन्ट थिए । जनताद्वारा उनको विरोध वास्तवमा विद्यमान प्रतिक्रियावादी व्यवस्था र सरकारका विरुद्ध जनताको विरोध प्रदर्शन हो । तर मरिचमान सरकारले जनताको न्यायपूर्ण विरोध प्रदर्शनहरूलाई हत्याकाण्डमा बदल्ने षड्यन्त्र ग¥यो ।
नेपालको जनआन्दोलनको इतिहासमा विभिन्न सङ्घर्षहरूका दौरानमा सरकारले आफ्नो एजेण्ट
(दलाल) हरू घुसाएर आपत्तिजनक क्रियाकलाप गर्न लगाएर जनतामाथि दमन गर्ने गरेका थुप्रै तथ्यहरूको पृष्ठभूमिमा ह्योजू हत्याकाण्डको प्रवृत्तिलाई बुझ्न गा¥हो पर्दैन । त्यो अवस्थामा त्यो काण्ड सरकारको षड्यन्त्रको परिणाम भएको दिनको उज्यालोजस्तै छर्लङ्ग छ । अर्कोतिर त्यो हत्याकाण्डका लागि जिम्मेवार सरकारले विभिन्न राजनैतिक तत्वहरूलाई सिर्जना गरेको छ, जसको हाम्रो पार्टीले भत्र्सना गर्दछ ।
(सा.युगान्तर ५ असोज ०४५) ।
लखनदास बनेपाली, वामपन्थी नेता
प्रशासनले समयमै सक्रियतासाथ आफ्नो जिम्मेवारी निभाएको भए यस्तो दुःखद घटना घट्ने थिएन । कुनै पनि पक्षले यसलाई आधार बनाएर राजनीति गर्न खोज्नु ठीक छैन । (सा.युगधारा–१३ असोज ०४५) ।
संयुक्त–वक्तव्य
यस किसिमको अपराध कर्ममा वा परोक्षरुपमा संलग्न रहेका तत्वलाई चिन्नु, चिनाउनु र दण्डित गर्नु सरकारको काम हो भने यस्ता हुलहुज्जतबाट जनतालाई आवश्यक सुरक्षा गर्नु सरकारको प्रथम दायित्व पनि हो । तर यस्तो नाजुक बेलामा हतपत मौका छोपेझैं गरी पुरानो राजनैतिक रिसइवि फेर्नका निमित्त भक्तपुुरका जनप्रतिनिधि माननीय गोविन्द दुवाल तथा सुप्रसिद्ध नेता नारायणमान बिजुक्छेंलाई समेत पक्राउ गरेकोमा हामी क्षुब्ध भएका छौं ।
नेपाल मानव अधिकारको प्रतिष्ठाको निमित्त र खास गरेर भक्तपुरका किसानहरूको पीरमर्काको निराकरणको निमित्त उहाँ्हरूले गरेको योगदान सर्वविदित छ । खास गरेर कामरेड रोहित राष्ट्रियरुपमा चिनिएका व्यक्ति हुनुहुन्छ । उहाँ्हरूले कुनै गैरजिम्मेवार तथा हिंसा भड्काउने काम गर्नुभएको छ भन्ने सरकारी आरोप सर्वथा अविश्वसनीय तथा हास्यास्पद लाग्छ । आफ्नो राजनैतिक दुनो सोझ्याउनको निमित्त श्री ५ को सरकारले दूराग्रह नगरोस् ।
संयुक्त वक्तव्यमा नूतन थपलिया रामानन्दप्रसाद सिंह, खुशीलाल मण्डल, तेजसिंह मल्ल, वासुदेव यादव, द्वारकाराज उप्रेती, सुदीप पाठक, सूर्यनारायण यादव, नन्दनकुमार शर्मा, कपिल श्रेष्ठ, पीरउदीन मीर, प्रेमकृष्ण पाठक, तुल्सीलाल अमात्य, पद्म ठकुराठी, पद्मरत्न तुलाधार, प्रदीप गिरी, ऋषिकेश शाह, चुडाप्रसाद शर्मा, आनन्दप्रसाद आचार्य, पुरुषोत्तम दाहालको हस्ताक्षर थियो । (विमर्श–३१ भदौ ०४५) ।
संयुक्त वक्तव्य
एकातिर श्री ५ को सरकारले ह्योजूलाई बचाउने कुरामा प्रयास नगर्नु र अर्काेतिर न्यायालयको अधिकार नै ठाडै उल्लङघन गरी रोहितलाई हत्यारा करार गर्दै फाँ्सी देऊ भन्ने नारा लगाउनुको वास्तविक अर्थ के हो ? यदि श्री ५ को सरकारले (वामपन्थी भन्न रुचाउने भन्ने) प्रचार–प्रसार गरेबमोजिम नै वामपन्थीहरूले ह्योजूलाई त्यसरी नृशंस यातना दिई मारेका रहेछन् भने त्यो गलत नीति हो । वामपन्थीहरूको यस्तो नीति हुँ्दैन । सरकारले भक्तपुरका जनतालाई हाल जो आतड्ढित गरिरहेको छ त्यो तत्काल बन्द हुनुपर्दछ । हस्ताक्षर गर्ने वामपन्थी नेताहरू शम्भुराम श्रेष्ठ, भक्तबहादुर श्रेष्ठ, दिलबहादुर श्रेष्ठ र सिन्धुनाथ प्याकु¥याल हुनुहुन्छ ।
संयुक्त माग
राजनैतिक प्रतिशोधको नियतले गिरफ्तार गरिएका का.रोहित, रा.प.स. गोविन्द दुवाललगायतका व्यक्तिहरूको रिहाइ गरी भक्तपुरमा व्याप्त आतड्ढ बन्द गर्ने माग गर्दै प्रकाशित वक्तव्यमा भनिएको छ– ह्योजू हत्याको समयमा मूकदर्शक भएर बस्ने पञ्चायती प्रशासन तथा सरकार शवयात्रामा प्र.मं.रा.प. अध्यक्ष र ठूलाठूला पञ्चहरूले ‘रोहितलाई फाँ्सी दे’ भन्दै जुलुस निकाल्नुले हत्याकाण्ड सरकारको पूर्वयोजना थियो भन्ने प्रस्ट हुन्छ । कानुनी प्रक्रिया पूरा हुनुभन्दा अघि नै पञ्चायती व्यवस्थासँ्ग असहमत रहने राजनैतिक कार्यकर्ता गिरफ्तार गर्नु, एकपक्षीय सरजमीन गराएर ६७ जनालाई ज्यान मुद्दामा फसाउने षड्यन्त्र गर्नुले कानुनी राज्य हात्तीको देखाउने दाँ्तमात्र भएको सावित भएको छ । उक्त वक्तव्य दिनेहरूमा – भानु शर्मा, (अनेरास्ववियू दशौं के.स.का अध्यक्ष), रोमणि भट्टराई (अनेरास्ववियू के.क.का. उपाध्यक्ष), के. जी. बैदार (ने.क्रा.वि.सं.के.स.का. अध्यक्ष) प्रभुनारायण बस्नेत (अ.ने.रा.स्व.वि.यू.के.स.का अध्यक्ष) पुरुषोत्तम न्यौपाने (ने.प्र.वि.यू.के.स.का. महासचिव) र जगनाथ भण्डारी (ने.रा.वि.के.स.का सदस्य) हुनुहुन्छ । (सा.मातृभूमि–२५ असोज ०४५) ।
संयुक्त वक्तव्य
जनताद्वारा निर्वाचित वैध निकाय भक्तपुर नगर पञ्चायतलाई बेवास्ता गरी ह्योजुलाई राहत सामग्री वितरण गर्ने जिम्मा दिनु, ह्योजूप्रतिको आक्रोशको परिणामस्वरुप भएको ह्या्ेजूको विरोध र भण्डाफोर अभियान चर्को भइसक्दा पनि सुरक्षा नदिनु र उल्टो उक्त अभियानलाई उग्र पार्नु र हत्या काण्डमा बदल्न सघाउ पु¥याउनु, ऐन–कानुनविपरित अदालती कारबाही सुरु नहुँ्दै प्र.मं., रा.प.अध्यक्षलगायत सामेल भएको जुलुसले वामपन्थी शक्तिलाई दोषी घोषणा गरी मृत्युदण्डको माग गर्नु सोहीअनुसार गिरफ्तार गर्नु, अदालती कारबाही र सरजमीनमा समेत हस्तक्षेप गर्नुजस्ता घटनाले उक्त हत्याकाण्डमा वर्तमान मन्त्रिपरिषद् दोषी भएको पुष्टि भएको छ । वामपन्थीहरूलाई अनाधिकृत र पूर्वाग्रह ढङ्गले दोषी घोषित गरी सरकारले जसरी भक्तपुरमा गिरफ्तारी, दमन र धरपकड गरेको छ त्यसले सरकारी षड्यन्त्रको पोल खुल्दै गएको छ ।
(जन अधिकार सुरक्षा समितिका संयोजक, नागरिक अधिकार मञ्चका सदस्य युद्ध गौतम, प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चका महासचिवको वक्तव्य
(सा.नवरस १९ असोज ०४५) ।
–आवाज बुलेटिनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *