भर्खरै :

पाकिस्तानी क्रिकेट प्रमुखद्वारा राजीनामा

कराची, ९ भदौ (एएफपी) । पाकिस्तानका क्रिकेट प्रमुख नजाम सेथीले राजीनामा दिनुभएको छ । पूर्व क्रिकेटरसमेत रहनुभएका इमरान खान नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि क्रिकेट प्रमुख सेथीले राजीनामा दिनुभएको हो ।
पूर्वप्रधानमन्त्री नवाज शरीफको पक्षमा सन् २०१३ मा भएको निर्वाचनमा धाँधली गर्न सहयोग गरेको आरोप खानले सेथीलाई लगाउनुभएको छ ।
सेथीलाई शरिफले पाकिस्तान क्रिकेट वोर्ड (पीसीबी)मा नियुक्त गर्नु भएको हो । अध्यक्षका रूपमा उहाँको कार्यकाल सन् २०२० मा सकिने भएपनि उहाँले अहिले नै राजीनामा दिनुभएको बताइएको छ ।
“सहज तरिकाले काम गर्ने वातावरण नभएको र आफ्नो जिम्मेवारी पूरा गर्न गा¥हो हुने देखिएकाले मैले क्रिकेट वोर्डबाट राजीनामा दिने निर्णय गरेको हुँ,” सेथीले ट्वीटरमार्फत सार्वजनिक गर्नुभएको राजीनामा पत्रमा उल्लेख छ ।
“क्रिकेट बोर्डले आगामी दिनमा क्रिकेट टिमलाई अझ शसक्त बनाउँदै राम्रो प्रस्तुतिका लागि वातावरण वनाइदिने छ भन्ने मैले विश्वास लिएको छु,” उहाँले लेख्नुभएको छ ।
प्रधानमन्त्री खानले सेथीको ठाउँमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का पुर्वअध्यक्ष हसन मानीलाई नियुक्त गरिसक्नुभएको छ । उहाँलाई नियुक्त गरेपछि खानले ट्वीटरमा लेख्नुभएको छ, “मानीले आफ्नो काममा मूल्यवान् अनुभव र व्यापक परिवर्तन गराउनुहुनेछ ।” पदत्याग गर्नु भएका सेथी पाकिस्तानको राष्ट्रिय साप्ताहिक द फ्राईडे टाइम्सका सम्पादकसमेत हुनुहुन्छ । त्यस पत्रिकामा खानको व्यङग्यात्मक नियमित स्तम्भ पनि छापिने गथ्र्याे ।
सन् २०१६ मा सेथीकै नेतृत्वमा पाकिस्तान सुपर लिग आयोजना गरिएको थियो । त्यसलाई पाकिस्तानमा २० वर्षमाथिको क्रिकेट खेलको विकासमा ठूलो योगदान पु¥याएको प्रतियोगिताका रूपमा लिइन्छ । टि ट्वान्टी टिममा पाकिस्तान अहिले पनि विश्वकै अग्रस्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *