भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
काठमाडौं, ११ भदौ । क्रान्तिकारी महिला योगमायाको जीवनवृत्तमा आधारित उपन्यास योगमाया यो वर्षको मदन पुरस्कारबाट पुरस्कृत भएको छ । मदन पुरस्कार गुठीले आख्यानकार नीलम कार्की निहारिकाको औपन्यासिक कृति ‘योगमाया’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
योगमाया राणाकालमा समाज सुधारको पक्षमा लड्ने क्रान्तिकारी महिला हुन् । उनले तात्कालीन राणाशासकसमक्ष राखेको समाज सुधारका प्रस्ताव राणा प्रधानमन्त्रीले अस्वीकार गरे पनि अरुण नदीमा आफ्ना अनुयायीहरूसँगै जलसमाधि लिएका थिए । निहारिकाले लामो समय तिनै क्रान्तिकारी महिलाबारे अध्ययन गरी उनको जीवनीमा आधारित उपन्यास योगमाया तयार गरेकी हुन् । निहारिकाको यसअघि मौन जीवन (उपन्यास), नियतिको खेल (उपन्यास), तिमी, म र उनी (उपन्यास), हवन (कथासङ्ग्रह), ब्रेन फिभर (लामो कविता), निलम कार्की निहारिकाका कविता (कवितासङ्ग्रह), कागजमा दस्तखत (कथासङ्ग्रह), चिरहरण (उपन्यास) प्रकाशित छन् ।
त्यस्तै मदन पुरस्कार गुठीले यो वर्षको ‘जगदम्बाश्री’ पुरस्कार बाल साहित्यकार तथा अनुवादक शान्तदास मानन्धरलाई प्रदान गर्ने निर्णय गरेको छ । विशेषतः बालसाहित्यका अग्रणी मानिने मानन्धरले चिनियाँ साहित्यकार लु शुनका धेरै कृतिहरूको अनुवाद गर्नुभएको छ ।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले बाल साहित्यको विकास, विस्तार तथा प्रवद्र्धनमा पाँच दशकदेखि समर्पित मानन्धरलाई यस वर्ष २०७४ सालको जगदम्बाश्री अर्पण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
मदन पुरस्कारको लागि २०७४ सालमा प्रकाशित २५३ पुस्तकमध्ये उत्कृष्ट आठमा वसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञशको ‘भुइँया’, नयनराज पाण्डेको ‘यार’, राज माङ्लाकको ‘लुम्बिनी गाउँ’ र मोहन वैद्यको ‘हिमाली दर्शन’ परेका थिए ।
विसं २०१२ मा स्थापित मदन पुरस्कार पहिलोपटक २०१३ सालमा गद्य विधातर्फ सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’ सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिर विद्युत् उत्पादक’ पुस्तकलाई अर्पण गरिएको थियो ।
जगदम्बाश्री पुरस्कार विसं २०४५ मा स्थापना गरिएको हो ।
Leave a Reply