अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
कञ्चनपुर, ११ भदौ । सरकारी अङ्गले नै १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई लुकाउन खोजेको आधारहरू खुल्दैछन् ।
पहिलो दिन साउन १० गते छोरी खोज्न गएकी निर्मलाकी आमा दुर्गादेवीलाई निर्मला गृहकार्य गर्न गएकी घरका बम दिदी–बहिनी रोशनी र अनिताले घरभित्र किन पस्न दिएनन् ? निर्मला घर नआएको रात दुई बजेसम्म प्रहरी चौकीमा कुरेर अनुनय गर्दा पनि प्रहरीले खोजी इन्कार किन गरे ? रातभर पानी पर्दा दोस्रो दिन बिहान निर्मलाको साथैरहेको कापी कलम किन भिजेन ? मानसिक सन्तुलन गुमाएका दिलिप विष्टलाई २६ दिनपछि दोषी देखाउने नाटक किन गरियो ?
स्थानीय महेश उप्रेति बताउँछन् – सामान्य मान्छेले यो घटना गरेको होइन, शक्तिशाली मान्छेले योजनाबद्ध रुपमा कुनै सुरक्षित घरमा बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फालेको हो ।
शव फेला परेको नजिकै पसल सञ्चालन गरेका मोतीबहादुर नेपाल भन्छन् –‘‘बिहान ४ बजेदेखि राति ११ बजेसम्म मानिसको चहल पहल भइरहने ठाउँ उखुबारीमा राति १२ बजेदेखि ३ बजेबीच शव ल्याएर फालेको हुनुपर्छ ।
सान ११ गते खोज्न जाँदा खोलापारी उखुबारीमा उक्लिने डिलमा तीनवटा फरक फरक पाइला देखिएकोले निर्मलाको हत्यामा कम्तिमा तीनजना हुनसक्ने उनी बताउँछन् ।
निर्मला हत्याको बेला कञ्चनपुरमा रहेका एसपी डिल्लीराज विष्टलाई भदौ ९ गते निलम्बन गरियो । एसपी विष्ट र बम परिवारको निकटता रहेको हुँदा स्थानीयले बम परिवारमाथि छानबिन गर्न माग गरे तापनि एसपी विष्टले पक्राउ गरेनन् । नयाँ प्रजिअ तारानाथ अधिकारी र एसपी कुवेरसिंह कडायत कञ्चनपुर पुगेपछि स्थानीयको मागअनुसार बम परिवारलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । स्थानीयले निर्मला हत्या काण्डमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा र निलम्बित एसपी विष्टका छोरासमेत संलग्न रहेको आशड्ढा गरेका छन् । निर्मला काण्डमा स्थानीय जनता आन्दोलित भएपछि मात्र सत्तापक्ष नेकपाको सचिवालय बैठकले दोषीलाई पक्राउ गरी कडा कारवाही गर्न माग ग¥यो ।
निर्मला काण्डबारे गृहमन्त्रीले साउन ११ गतेको प्रतिनिधिसभा बैठकमा दोषी पत्ता लगाई कडा कारवाही गर्ने बताएका थिए । त्यसयता सरकारले यसबारे प्रतिनिधिसभालाई जानकारी दिएको छैन । प्रधानमन्त्री केपी ओलीले नै निर्मला काण्डबारे यथार्थ संसदलाई जानकारी गराउन सांसदहरूले माग गरेका छन् ।
Leave a Reply