भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
काठमाडौं, ११ साउन । देशमा अस्वाभाविक रुपमा महिला हिंसाको सङ्ख्या बढेको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सोमबार राजधानीमा सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार गत साउनमा मात्रै १८० महिलामाथि हिंसाका घटना भएका छन् । त्यसमध्ये ४३ बलात्कार र ६ जनामाथि बलात्कारको प्रयास भएको पाइएको छ ।
साउनमा अन्य प्रकृतिका हिंसा प्रभावितमध्ये सबैभन्दा बढी ३८ प्रतिशत श्रीमान्बाट हिंसा भएको पाइएको छ । त्यस्तै ३४ प्रतिशत छिमेकी र १२ प्रतिशत परिवारका सदस्यबाट हिंसा भएको प्रतिवेदनमा उल्लेख छ ।
हिंसा प्रभावितमध्ये सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका ३० प्रतिशत, २६ देखि ३५ उमेर समूहका २९ प्रतिशत र १६ वर्षभन्दा कम उमेरका २३ प्रतिशत महिला तथा बालिका रहेका छन् ।
प्रभावितमैत्री न्याय प्रणाली नहुनु, कानुनको प्रभावकारी कार्यान्वयन तथा पीडकलाई कडा कारबाही नहुनुले बलात्कार र बलात्कारपछिको हत्याका घटनाहरू शृङ्खलाबद्ध रूपमा बढिरहेको आरेकका कार्यक्रम निर्देशक अभिराम रायको भनाइ छ ।
गत आर्थिक वर्षमा बलात्कारका २८८ घटनामा १४ जनाको बलात्कारपछि हत्या भएको तथ्याड्ढ ओरेकले अभिलेखीकरण गरेको छ । पछिल्लो समयमा अबोध बालिका बलात्कृत र बलात्कारपछि हत्या गर्ने शृङ्खला बढ्दो छ । सडकदेखि सदनसम्म पीडकलाई जन्मकैददेखि फाँसीसम्मको सजाय हुनुपर्ने आवाज पनि उठिरहेका छन् ।
यसैबीच पोखरामा बेपत्ता भएकी एक किशोरी सोमबार फेवातालमा मृत अवस्थामा फेला परेकी छिन् ।
पोखराको पुम्दी भुम्दीस्थित शान्ति स्तूप नजिक कोदी बस्ने १८ वर्षीया सुस्मीता लामिछाने मृत अवस्थामा फेला परेकी हुन् । ड्यामसाइडस्थित फेवातालको किनारमा उनको झोला र मोबाइल भेटिएपछि प्रहरीको उद्धार टोलीले फेवातालमा खोजबिन गर्दा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र गुरूङले जानकारी दिनुभयो ।
शव परीक्षणको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा पठाइएको छ ।
देशभरि बढ्दो महिला हिंसाका घट्नाकै सिलसिलामा महोत्तरी औरहीबाट आइतबार अपहरणमा परेकी आठमहिने बालिका मृत अवस्थामा भेटिएकी छिन् ।
पसलबाट हराएको २० घण्टापछि सोमबार दिउँसो खुला चौरमा उनी मृत अवस्थामा भेटिएको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
मृत अवस्थामा भेटिएकी बालिका औरही–१ स्थित सिद्धान्त फैन्सी स्टोर्सका सञ्चालक सन्तोष चौधरीका छोरी सोनाली चौधरी रहेको प्रहरीले जनाएको छ । उनलाई अपरिचित व्यक्तिले खेलाउन लैजान्छु भन्दै अपहरण गरेको थियो ।
Leave a Reply