नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
काठमाडौं, १२ भदौ । मङ्गलबार बिहान भारतको पुणे प्रहरीको एउटा टोलीले मुम्बई, राँची, हैदरावाद, दिल्ली, फरिदावाद र गोआका मानवअधिकारवादीहरूका घरमा अचानक बिनाचेतावनी छापा मारेको छ । प्रहरीले मुम्बईबाट भेर्नोन गोन्साल्भेस र अरुण फरिरा, नयाँ दिल्लीबाट गौतम नाभलाख, फरिदावादबाट शुभ भारध्वज र हैदरावादबाट भाराभारा राओलाई गिरफ्तार गरेको छ ।
प्रहरीले राँचीस्थित पुजारी तथा अधिकारीकर्मी सन्त स्वामीको घर, हैदरावादस्थित भाराभारा राओका छोरीहरूको निवास र अधिकारकर्मी क्रान्ति तेलुकाको घर, गोआस्थित दलित विद्वान आनन्द तेल्तुम्देको घरमा पनि छापा मारेका थिए । छापा मार्दा तेल्तुम्दे घरमा थिएनन् । प्रहरीले उनको घरको चाबी चौकीदारसँग लिएर घरभित्र छापा मारेको थियो ।
गएको जनवरी महिनाको १ तारिखमा पुणेको भिमा कोरेगाउँमा भएको अघिल्लो दिन भएको जातीय हिंसाको विरोधमा भएको सभाको विषयलाई लिएर प्रहरीले आठ महिनापछि मानव अधिकारकर्मीहरूमाथि यस्तो दमन गरेको हो ।
पाँच महिनाअघि पनि प्रहरीले ‘सहरी माओवादी’ भएको आरोपमा पाँच जना मानवअधिकारकर्मीलाई गिरफ्तार गरेको थियो ।
भारतकी चर्चित लेखक तथा बुकर पुरस्कारका विजेता अरुन्धती रायले प्रहरी ज्यादतीको विरोध गरेकी छिन् । ‘यो अवस्थाले हामीलाई सङ्कटकालको झझल्को दिएको छ । रोयले कसैले हिन्दू बहुमतवादको विरोधमा बोल्नुलाई अपराध मानिएकोमा आपत्ति जनाइन् ।
जातीय घृणा फैलाउने हत्या आतङ्क चर्काउनेहरूको घरमा छापामार्नु सट्टा आज कानुनव्यवसायी, कवि, लेखक, दलित अधिकारकर्मी र बुद्धिजीवीका घरमा प्रहरीले छापा मारिरहेको छ । यसले आजको भारत कतातिर जाँदैछ भन्ने कुरा प्रस्ट हुन्छ ।’ अरुन्धतीले भनिन् ।
‘जे भयो त्यो ज्यादै अशोभनीय भयो । यो सबै सरकारले आगामी चुनावको लागि गरिरहेको छ । हामीले यस्तो घटना हुन दिनुहुन्न । हामी सबै एकजुट हुनुको विकल्प छैन । नत्र हामीले उपयोग गरिरहेको हरेक स्वतन्त्रता गुमाउँदै जानेछौं ।’, उनले भनिन् ।
Leave a Reply