तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
दैलेख, १२ भदौ । नेपाल मजदुर किसान पार्टी दैलेखको ते¥हौं जिल्ला सम्मेलन आगामी असोज १९ र २० गते हुने भएको छ ।
भदौ १२ गते दैलेखको नारायण बजारमा सम्पन्न नेमकिपा दैलेखको जिल्ला भेलाले सो सम्मेलनको घोषणा गरेको हो ।
भेलाले जग्यबहादुर शाहीको संयोजकत्वमा नेमकिपा दैलेखको ते¥हौं जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य बजिरसिंह विकले प्रतिक्रियावादीहरूको बन्दुकको अगाडि नझुकी सङ्घर्ष गरिरहेको स्मरण गर्दै कामदार वर्गको शासन ल्याउन डटेर सङ्घर्ष गरिरहेको बताउनुभयो ।
नेमकिपालाई नष्ट गर्न राज्यस्तरबाट रचिएको षड्यन्त्रको भत्र्सना गर्दै उहाँले व्यापक जनतालाई सचेत र सङ्गठित पार्न पार्टी निर्देशनअनुसार अथक रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा केन्द्रीय सदस्य सरोजराज गोसाईले पार्टीलाई सुद्धृढ बनाउन आलोचना आत्मालोचना हुनुपर्ने स्पष्ट पार्दै पार्टीको सिद्धान्त लागू गर्न हरेक कार्यकर्ताहरू नीति र निर्देशनप्रति जिम्मेवारीबोध भएर अगाडि बढ्नुपर्छ भन्नुभयो ।
भेलामा केन्द्रीय सदस्य नर्मा गुरुङ, हरिसुन्दर बासी, वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले शुभकामना दिनुभयो ।
Leave a Reply