विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
–मेरिना शाक्य
सबै कम्युनिष्टहरू वामपन्थी हुन्छन् तर सबै वामपन्थीहरू कम्युनिष्ट हुँदैनन् । कुनै दलले हतियार बोक्दैमा या हतियारसहितको आन्दोलन गर्दैमा न त त्यो दल कम्युनिष्ट नै हुन्छ । आवश्यक परेमा कम्युनिष्ट पार्टीले सशस्त्र सङ्घर्ष गर्नु स्वाभाविक हो । पार्टीको नाम कम्युनिष्ट राख्नु सकारात्मक पक्ष हो तर पार्टीको नाउँ कम्युनिष्ट पार्टी राख्दैमा त्यो दल कम्युनिष्ट हुन्छ भन्ने कुरा होइन । कम्युनिष्ट दलको मापदण्ड ठूलो दल पनि होइन न त सरकारको नेतृत्व गर्नु नै हो ।
कुन दल कम्युनिष्ट पार्टी हो भन्ने कुरा जाँच्ने कसी दलको सिद्धान्त र विचार हो । कुनै दलले बहुमत जनताको प्रतिनिधित्व गर्दैन, बहुमत जनताको हितमा काम गर्दैन या पक्ष लिंदैन भने त्यो कम्युनिष्ट पार्टी हुनसक्दैन । सिद्धान्त र विचारको आधारमा जनताले दललाई चिन्नुपर्छ । सिद्धान्त र विचारलाई व्यवहारमा लागू गरिनुपर्छ । कुनै दलले माक्र्सवाद र लेनिनवादलाई पथप्रदर्शक मान्छ भने तद्नुसार राजनीति गर्नुपर्छ । केपी ओलीको नेतृत्वमा बनेको सरकारलाई कम्युनिष्टको सरकार भनिएको छ । तर न त दलको गतिविधि कम्युनिष्टको सिद्धान्त र विचारअनुसार भएको पाइन्छ न त सरकारको गतिविधि नै कम्युनिष्टको चरित्रअनुसार भएको पाइन्छ ।
कम्युनिष्टको भजन गाएर, कम्युनिष्टको खोल ओढेर जनताको मत लिएर निर्वाचनमा जित्ने तर कम्युनिष्टको सिद्धान्त र विचारकै खिल्ली उडाउने दल कसरी सच्चा कम्युनिष्ट हुन्छ ? हालै पूर्व एमाले र माओवादी केन्द्रका नेताहरूले माक्र्सवाद र लेनिनवादबारे सुसूचित पार्न माक्र्सवादी विद्यालय खोलेर कक्षा सञ्चालन गरेको जानकारी प्रकाशमा आयो । कम्युनिष्टबारे शिक्षा दिइने त्यो विद्यालयमा के माक्र्सवादी अवधारणाअनुसार वर्गसङ्घर्षबारे शिक्षा दिन्छ ? एमाले र माओवादी केन्द्र मिलेर बनेको दल नेकपालाई कम्युनिष्ट भनी चिनाउन या लोकपत्यारको लागि बुनेको यो अर्काे षड्यन्त्र त होइन ? माक्र्सवाद र लेनिनवादलाई आधार मानेर आफ्नो देश अनुकूल राजनीति गर्छ भने त्यो ठिक्कै हो । यसले कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनलाई सघाउँछ ।
Leave a Reply