भर्खरै :

कस्तो छ भोलिको बिम्स्टेक कार्यक्रम ?

काठमाण्डौ, १२ भदौ । बिम्स्टेक सम्मेलनमा सहभागी हुन नेपालका आएका सबै प्रतिनिधिमण्डल प्रमुखले बिहीबार मध्यान्ह १२ः३० बजे राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने छन् । शितलनिवासमै नेताहरूको स्वागतमा राष्ट्रपतिले दिवाभोजको आयोजना गर्ने कार्यक्रम छ ।
शिखर सम्मेलनको उद्घाटन बिहीबार अपरान्ह ३ः०० बजे ताहाचलस्थित सोल्टी क्राउन प्लाजामा हुनेछ । सम्मेलनको मुख्य हलमा बिम्स्टेक देशका राज्य तथा सरकार प्रमुख, प्रथम पुरुष वा महिला र हरेक देशका दस–दस जना प्रतिनिधिलाई मात्र बस्न दिइनेछ । अन्य सहभागीहरूको लागि अलग अलग कोठामा प्रत्यक्ष प्रसारणमार्फत सम्मेलन हेर्न बन्दोबस्त गरिनेछ ।
बिम्स्टेकको अध्यक्ष देशको सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री केपी ओलीले स्वागत गर्ने कार्यक्रम छ ।
बिहीबार नै साँझ ६ः३० देखि ९ः३० बजेसम्म होटेल हायातको गाला कक्षमा सांस्कृतिक कार्यक्रम सहितको रात्री भोज आयोजना गरिएको छ । रात्री भोजमा हरेक देशले ५–६ मिनेटसम्मको नाच देखाउने कार्यक्रम तय गरिएको छ ।
शुक्रबार मध्यान्ह १२ बजेदेखि सोल्टी होटलमा सम्मेलनका बाँकी कार्यक्रमलाई निरन्तरता दिइनेछ । सम्मेलनले काठमाडांै घोषणापत्र जारी गर्नुका साथै नेपालले अध्यक्षताको जिम्मेवारी श्रीलङ्कालाई हस्तान्तर गरिनेछ ।
त्यसबाहेक खाली समयमा विभिन्न देशका प्रतिनिधिबीच द्विपक्षीय साइडलाइन बैठक पनि हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *