तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १४ भदौ । ‘‘सन् १९३३ मा जर्मनीको प्रतिक्रियावादी सरकारले आफै संसद भवनमा आगो लगाएर पहिल्यै तयार गरिएको सूचीअनुसार कम्युनिष्ट नेता र समर्थकहरुलाई झूटो आरोप लगाई पक्राउ गरेको थियो । विसं २०४५ सालमा तत्कालीन पञ्चायती सरकारले भक्तपुर काण्डको षड्यन्त्र रची नेपाल मजदुर किसान पार्टीका नेता र कार्यकर्तालाई पक्राउ गरी झूटा मुद्दा चलाएको थियो ।’’
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले चाँगुनारायण नपा वडा नं. ४ मा भक्तपुर काण्डको विरोध एवं भत्र्सना कार्यक्रममा उक्त कुरा बताउनुभएको हो ।
नेमकिपाविरुद्ध चालेको पञ्चायत सरकारको षड्यन्त्र पञ्चायतकै काल सावित भएको उल्लेख गर्दै उहाँले बहुदल र गणतन्त्र गरी तीस वर्षको अवधिमा पञ्चायती निरङ्कुशताकै तस्बिर देखिएको, भ्रष्टाचारी, कमिसनखोर, कालाबजारिया, महिला बलात्कार एवं हत्यालगायत मानव अधिकारको गम्भीर उल्लङ्घन गरेका अपराधीहरुलाई सरकारले नै संरक्षण प्रदान गरिरहेको समाचार प्रकाशित भइरहेको चर्चा गर्नुभयो ।
बिमस्टेक आबद्ध देशहरुको भारतको पुणेमा हुन गइरहेको संयुक्त सैन्य अभ्यास चीन र पाकिस्तानलाई शक्ति देखाउने भारतको रणनीतिक उद्देश्य भएको प्रकाशित समाचारहरुबारे चर्चा गर्दै सचिव सुवालले भन्नुभयो, ‘‘नेपाल–भारत खुला सीमा नियमित नभएसम्म आतङ्कवाद र सङ्गठित अपराध नियन्त्रण गर्न सकिंंदैन ।’’
सरकारमा गएका पार्टीहरुको बहुमतबाट पारित भएको नागरिकता ऐनमा तीन जना नेपालीले सरजमिनमा हस्ताक्षर गरेअनुसार जन्मको आधारमा नेपाली नागरिकता दिने प्रावधान देशलाई सिक्किम बनाउनेतर्फ उन्मुख भएको उल्लेख गर्दै सचिव सुवालले भारतकै एक प्राध्यापकका अनुसार ४० लाख भारतीयले नेपाली नागरिकता लिइसकेको बताउनुभयो ।
पार्टीको प्रकाशन अध्ययन गरी राजनीतिकरुपले सचेत हुनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले चुनावमा पैसा र सामान बाँड्ने पार्टी र उम्मेदवारहरु अत्यधिक जितेको हुँदा देश र जनताले दुःख पाइरहेको बताउनुभयो ।
कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष न्हुछेभक्त फोजूले पार्टीका अग्रजहरुले पञ्चायतको उपयोग गरी देश र जनताको सेवा गरेको चित्त नबुझेको हुँदा पञ्चायत सरकारले नेमकिपाविरुद्ध झूटा मुद्दा लगाई पार्टीलाई नष्ट गर्न खोजेको तर पञ्चायत नै समाप्त भएको बताउनुभयो ।
कार्यक्रमका सभापति श्रीभक्त भडेलले भक्तपुर काण्डबारे सार–सङ्क्षेप पर्चा तयार गरी नयाँ पुस्तालाई जानकारी दिने र प्रतिक्रियावादीहरुविरुद्ध सङ्घर्षको ऊर्जा दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा रमेश श्रेष्ठ, चक्रधरानन्द राजोपाध्यायले पनि भक्तपुर काण्डको विरोध एवं भत्र्सना गर्नुभयो ।
Leave a Reply