ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
–अजित
काठमाडांै, १४ भदौ । बिहीबारबाट सुरु भएको चौथो बिम्स्टेक शिखर सम्मेलनमा बोल्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेक देशबीचको सैनिक अभ्यासको स्वागत गरे । उनले आगामी भदौ २५–३१ सम्म भारतको पुणेमा हुने बिम्स्टेक स्तरीय संयुक्त सैनिक अभ्यासलाई सड्ढेत गर्दै स्थल सेनाका प्रमुखबीचको बैठक फलदायी हुनेमा आशा व्यक्त गरे ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को निर्धारित सम्मेलनसमेत हुन नसकेको सन्दर्भमा भएको बिम्स्टेक सम्मेलनमा भारतका प्रधानमन्त्रीको यो भनाइ अर्थपूर्ण छ । पाकिस्तानको उपस्थिति र चीनको पर्यवेक्षणका कारण भारतले बहुदेशीय मञ्च सार्कलाई रुचाइरहेको छैन । पाकिस्तानमा हुने तय भएको सार्क सम्मेलन नहुनुको मूल कारण पनि भारतको त्यही अनिच्छा नै हो । सार्कको संयन्त्रलाई सक्रिय बनाउँदा दक्षिण एसिया र वरपरका देशमा आफ्नो नियन्त्रण क्रमशः कमजोर हुँदै जानेमा भारत सशड्ढित छ । सार्कभित्र रहेर काम गर्दा भारतले सधैं पाकिस्तानलाई तगारोको रुपमा लिंदै आएको थियो भने पछिल्लो समयमा सार्कमा चीन पर्यवेक्षक देशको रुपमा समाहित भए पनि भारतको लागि अर्को ठूलो समस्या आइलागेको थियो । ऐतिहासिक रुपमा निकै महत्वपूर्ण भूमिका भएको सार्क अहिले भारतको शासक वर्गको न्यून महत्वको विषय बनेको छ ।
आर्थिक तथा प्राविधिक सहकार्यको लागि बङ्गाल खाडीका देशहरूको प्रयास (बिम्स्टेक) को प्राथमिक मुद्दा भनेको सदस्य देशहरूबीच आर्थिक र प्राविधिक क्षेत्रमा सहकार्य गर्नु हो । बिम्स्टेक निश्चय पनि सैनिक सङ्गठन होइन । तर आज बिम्स्टेक देशहरूबीचको सैनिक अभ्यासको परम्पराको थालनीले बिम्स्टेक आर्थिक र प्राविधिक सहकार्यमा मात्र सीमित सङ्गठन होइन भन्ने सन्देश दिन खोजिएको छ ।
भारतले लामो समयदेखि दक्षिण एसियाली देशलाई एउटै सैनिक सुरक्षा छातामुनि ल्याउने प्रस्ताव राख्दै आएको थियो । सार्कमा पनि भारतले यस्तो प्रस्ताव ल्याएको थियो । तर विशेषतः पाकिस्तान र पछिल्लो समय चीन यसको मूल अवरोध बनेको थियो । त्यही भएर आज भारतले सार्कलाई छायामा पारेर अर्को बहुदेशीय सङ्गठन बिम्स्टेकमार्फत यो लक्ष्य पूरा गर्न खोजिरहेको छ ।
विशेषतः नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेयता सैनिक शक्ति बन्ने आफ्नो चाहनालाई भारतले खुलेरै प्रस्तुत गर्दै आएको छ । सैनिक शक्ति बन्ने आफ्नो महत्वाकाङ्क्षा पूरा गर्न भारतले विश्व शक्तिको रुपमा संरा अमेरिका र क्षेत्रीय शक्तिको रुपमा जापानसँगै सैनिक सम्बन्ध बलियो बनाएको छ । भारतले संरा अमेरिकी सेनालाई भारतका जलसैनिक व्यारेक र भारतीय भूमि प्रयोग गर्न दिने सम्झौता गरिसकेको छ भने जापानसँग मिलेर भारतले पूर्वी सागरमा संयुक्त अभ्यास गर्दै आएको छ । यसरी भरतको सैनिक शक्ति विस्तार गर्ने चाहनामा संरा अमेरिका र जापानले सहयोग गर्दै आएका छन् । भारतीय प्रधानमन्त्रीलाई ती शक्ति राष्ट्रहरूले यसको निम्ति उक्साइरहेका छन् । यसरी भारतलाई सैनिक शक्तिको रुपमा उकास्नुको पछाडि संरा अमेरिका र जापानको स्वार्थ भनेको चीनलाई घेर्नु र पाकिस्तानलाई कमजोर बनाउनु हो ।
चीन र पाकिस्तानबीचको पछिल्लो पटक प्रगाढ बन्दै गरेको सम्बन्धका कारण भारत निकै आत्तिएको छ । संरा अमेरिकालाई यो निकटता मन परेको छैन । त्यसकारण पाकिस्तान र चीनलाई छोडेर भारतले दक्षिण एसिया र वरपरका क्षेत्रमा आफ्नो सैनिक प्रभाव विस्तार गर्न खोजिरहेको छ । सार्कमार्फत आफ्नो यो अभिप्राय कार्यान्वयन हुन असम्भव भएपछि आज सार्कलाई लात मारेर बिम्स्टेकलाई अघि सारिएको छ ।
बिम्स्टेक देशहरूबीच पुणेमा हुने सैनिक अभ्यास पूर्वी र दक्षिणी चिनियाँ सागरमा भारतले अरु देशसँग मिलेर गर्ने गरेको मालाबार सैनिक अभ्यासकै सिलसिला हो ।
भारतको फासीवादी शासक वर्गको सैनिक शक्ति बन्ने चाहनाको अभिव्यक्ति आज बिम्स्टेकमार्फत पूरा गरिन खोजिएको छ । बिम्स्टेकलाई सैनिक सङ्गठनको रुपमा नभई प्राविधिक र आर्थिक सहकार्यको दबुको रुपमा परिचालन अघि बढाउनुमै नेपाल, श्रीलड्ढा, बङ्गलादेश, म्यानमारजस्ता अल्पविकसित देशको निम्ति फलदायी हुनेछ । भारतले खेल्न खोजेको चेसमा नेपालजस्ता देश गोटी बन्न हुन्न । बिम्स्टेकलाई क्षेत्रीय द्वन्द्वको माध्यम बनाउनु हुन्न । बिम्स्टेक आर्थिक सहकार्यको लक्ष्यमार्फत क्षेत्रीय सहकार्यको बलियो कडी बन्नुपर्दछ । बिम्स्टेक देशबीच संयुक्त अभ्यासले यसको मूलभावनामाथि कुठाराघात गर्नेछ र कुनै एक देशको शासक वर्गको आत्मघाती महत्वाकाङ्क्षाको शिकार बनाइनु हुन्न ।
सार्कजस्तो इतिहास बोकेको बहुदेशीय सङ्गठनलाई कुनै एउटा देशको सड्ढीकर्णताको कैदी बनाइनु हुन्न । सार्कलाई अझ चुस्त र सक्रिय बनाउन नेपाल अध्यक्ष देशको हैसियतमा पहल हुन जरुरी छ ।
Leave a Reply