भर्खरै :

हत्याको अनुसन्धानका लागि म्याद थप

भीमदत्तनगर, १४ भदौ । निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र बबिता बमलाई बिहीबार एक साताको म्याद थप गरिएको छ ।
जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि एक साताको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो ।
कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गत हत्या भएको थियो । घटनाको सोधपुछका लागि नियन्त्रणमा लिइएका रोशनी बम हत्या गरिका निर्मलाका स्कूले साथी हुन् । उनकै घरबाट फर्किने क्रममा गत साउन १० गते निर्मलाको हत्या गरी उखुबारीमा शव फालिएको थियो ।
यसअघि सोही घटनाको अनुसन्धानका लागि भनी सोमबार जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरिएको थियो ।
म्याद थप गरिएस“गै उनीहरूको बयान लिने र अन्य अनुसन्धानको कामका लागि थप समय मिलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घटनामा यसअघि संलग्न भनिएका भीमदत्तनगरपालिका–१९ बागफा“टाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई स्वास्थ्य जा“चका लागि काठमाडौं पठाएको छ ।
यसैबीच एक सातादेखि कञ्चनपुरको भीमदत्तनगरपालिकामा लगाइ“दै आएको कफ्र्यू बिहीबारदेखि पूर्णरुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले भीमदत्त नगरपालिकाको जनजीवन सामान्य बन्दै गएपछि कफ्र्यू हटाउने निर्णय गरेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *