अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १४ भदौ । ऐतिहासिक एवं सांस्कृतिक नगर भक्तपुरमा अव्यवस्थित रूपमा राखिएका बिजुली, टेलिफोन, केबुल र इन्टरनेट सेवाका तारहरू बिहीबारदेखि व्यवस्थित गर्न थालिएको छ ।
नगरपालिकाका जनप्रतिनिधिहरूको अगुवाइमा नेपाल टेलिकम भक्तपुर शाखाका प्रमुख, विद्युत् प्राधिकरणका कर्मचारीहरू, विभिन्न केबुल तथा इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिहरू सम्मिलित टोलीले गाइजात्रा प्रदर्शन गरिने मार्गको स्थलगत निरीक्षण गर्दै प्राविधिक टोलीलाई तार व्यवस्थापन गर्ने जिम्मेवारी दिएको हो ।
भनपा २ इटाछेंबाट स्थलगत भ्रमण गर्ने क्रममा प्रयोगविहीन भई ठाउँ–ठाउँमा काटिएका टारहरू सफा गर्ने र मूल सडक क्रस गरी राखिएका तारहरू व्यवस्थापन गरी सडकको दुवै छेउमा मिलाएर राख्ने कार्य थालेको टोलीको नेतृत्व गर्ने वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताउनुभयो ।
प्राविधिक टोलीमार्फत मुख्य चोकहरूमा तारहरू भूमिगत गर्न सकिने विषयमा अध्ययनसमेत सुरू भएको उहाँले जानकारी दिनुभयो ।
स्थलगत भ्रमण गर्दै गर्दा स्थानीय वडावासी जनताबीच छरपस्ट रूपमा राखिएका तारहरू कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने छलफल भएको थियो । छलफलको क्रममा बिजुलीका पोल तथा घरहरूमा अव्यवस्थित रूपमा राखिएका तारहरूमध्ये आधाभन्दा बढी प्रयोगविहीन रहेको र तिनै तारहरूले नगरको सुन्दरतालाई कुरूप बनाएको स्थानीयको गुनासो रह्यो ।
स्थानीय जनताको सुझावअनुसार जनप्रतिनिधिहरूको निर्देशनमा सम्बन्धित सरकारी कार्यालय तथा सेवा प्रदायकहरूले तार व्यवस्थापन गर्न थालेका थिए । बिहीबार नै टोलीको बैठक बसी यही भदौ २३ गतेसम्ममा विद्युत् प्राधिकरण र टेलिकमले गाईजात्रा प्रदर्शनी मार्गमा आ–आफ्नो तार व्यवस्थापन गर्ने प्रतिबद्धता गरेको वडा अध्यक्ष ज्याख्वले बताउनुभयो ।
त्यस्तै केबुल नेटवर्क तथा इन्टरनेट सेवा प्रदायकहरूले भदौ २८ गतेभित्र तार व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका थिए ।
यसअघि नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको उपस्थितिमा बुधबार नगरपालिका सभाकक्षमा बसेको बैठकले नगरको सौन्दर्यतामा नकारात्मक प्रभाव पर्ने गरी राखिएका तारहरू व्यवस्थित गर्ने निर्णय गरेको थियो ।
Leave a Reply