शिक्षा नियमावली संशोधन विद्यालय शिक्षा थप सङ्कटमा पर्ने !
- असार २९, २०८३
काठमाडौँ, १५ भदौ )ः पठन संस्कृतिको विकास गर्नुपर्नेमा वक्ताहरुले जोड दिनुभएको छ । एघारौँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उहाँहरुले नेपालमा पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभएको हो ।
कार्यक्रममा मन्त्रालयका सचिव खगराज बरालले पुस्तक पढ्ने बानीको विकास नहुँदा पुस्तकालयको महत्व बढ्न नसकेको बताउनुभयो । पढ्ने बानीको विकास गरेमा पुस्तकालयकोसमेत उपादेयता बढ्ने उहाँको भनाइ रहेको छ ।
सचिव बरालले पुस्तकालय निर्माणको लागि विदेशबाट रकम ल्याउनुपर्ने आवश्यक नभएकोले स्वदेशमा जति पनि पुस्तकालय बनाउने बजेट रहेको बताउनुभयो ।
कार्यक्रममा मन्त्रालयका पुस्तकालय समन्वय तथा अभिलेखालय शाखा प्रमुख यादवचन्द्र निरौलाले भूकम्पबाट क्षति भएका राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालयको चाँडै नै पुनःनिर्माण गरिने जानकारी गराउनुभयो ।
कार्यक्रममा मन्त्रालयले उत्कृष्ट पाठकको रुपमा डा देवेन्द्रराज कँडेल र उत्कृष्ट पुस्तकालय अभियन्ता बद्रिनाथ भण्डारीलाई सम्मान गरिएको थियो । यसैगरी ‘पठन संस्कृतिको विकासमा विद्यालय र पुस्तकालयको भूमिका’ विषयक निबन्ध प्रतियोगितमा प्रथम ऋषा श्रेष्ठ सिटी अङ्गे्रजी स्कुल कोटेश्वर, तृतीय सुविन सापकोटा नेपालय कलेज कलङ्की र स्मृति जोशी पदमकन्या विद्यालय डिल्लीबजारलाई क्रमश पाँच हजार, चार हजार र तीन हजारले पुरस्कृत गरिएको थियो ।
प्र्र्रतियोगितामा ११ स्कुलका ३० जनाको सहभागिता रहेको थियो । मन्त्रालयले यसवर्ष पुस्तकालय दिवसको नारा ‘समृद्ध पुस्तकालय, समृद्ध समाज’ नारा साथ मनाएको छ । मुलुकभरि सार्वजनिक पुस्तकालय एक हजार र विद्युतीय पुस्तकालय दुई सय रहेका छन् ।
विसं १८६९ भदौ १५ गते तत्कालीन राजा गीवार्णयुद्ध विक्रम शाहले पुस्तकालय स्थापना गर्न ‘पुस्तक चिताई तहविल’ नामको कानूनमा लालमोहर लगाएको दिनको सम्झनामा २०६५ सालदेखि सरकारले पुस्तकालय दिवस मनाउन थालेको हो । रासस
Leave a Reply