पार्टी कार्यकर्ताहरू देश र जनताको निःस्वार्थ सेवामा समर्पित हुनु जरुरी
- असार २८, २०८३
भक्तपुर, २८ असार । आदर्श आजाद माध्यमिक विद्यालय भक्तपुर नपा – ५ बाट कक्षा १२ को परीक्षामा सफल भएका विद्यार्थीलाई आइतबार बधाईज्ञापन, मार्गनिर्देशन एवम् बिदाइ कार्यक्रम गरियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले भन्नुभयो, “प्रत्येक मानिस सफल हुने एउटा आधार अनुशासन हो । विद्यालय शिक्षा पार गरिसकेपछि विश्वविद्यालय शिक्षाको लागि औपचारिक प्रमाणपत्र मात्र भएर पुग्दैन† व्यवहारिक ज्ञान, सीप र क्षमता हुनुपर्छ । एआईले ज्ञान दिन्छ तर बुद्धि दिँदैन । यो मानव निर्मित हो, यसमा मानवता हुँदैन । ज्ञानलाई सही ढङ्गले प्रयोग गर्न पाठ्यपुस्तकमात्र होइन, साहित्य, लेख रचना, दर्शन पढ्नुपर्छ । समुदायमा अनुकूलन हुन सिक्नुपर्दछ ।”
आदर्श आजाद कलेजका प्राचार्य श्रीकृष्ण किसीले स्वदेशमा नै उच्च शिक्षा अध्ययन गर्नुपर्दछ र देशभित्र नभएका विषयमात्र विदेशमा गई अध्ययन गरी सिकेका कुराहरू आफ्नै देशमा प्रयोग गर्नुपर्छ भन्नुभयो ।
आदर्श आजाद माविका पूर्वप्रधानाध्यापक चक्रबहादुर चाकतुले हरेक व्यक्तिले देशको रक्षा गर्न, विकास गर्न र जनताको सेवा गर्न देशभक्त भई काम गर्नुपर्छ भन्नुभयो ।
आदर्श आजाद कलेज एवम् माविका शिक्षक प्रेमजन थापा श्रेष्ठले शिक्षाशास्त्र सङ्कायको महत्वबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा कक्षा ११÷१२ का इन्चार्ज शिवराज बोहजु र शिक्षक पुण्यश्वरी सुलुले पनि बधाई मन्तव्य तथा मार्गनिर्देश गर्नुभयो । विद्यार्थी प्रतिनिधि प्रतिमासिंह ठकुरीले मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक सुभद्रा दुवालको सभापतित्वमा भएको थियो ।
Leave a Reply