क्युवाको पुनः कब्जा
- जेष्ठ २९, २०८३
नारायणमान बिजुक्छें(रोहित)
‘पराधिनता’ शब्द साम्राज्यवादी देशहरूले उपनिवेश देशहरूलाई कज्याइ राख्दाको अवस्था हो । त्यसबेला ‘स्वाधिन’ शब्द सुनियो । कसैको अधिनमा नहोस् भन्ने उद्देश्यले त्यस शब्द प्रयोगमा आयो । राज्यका चार तत्वमध्ये एक तत्व ‘सार्वभौमिकता’ पनि हो । स्वतन्त्र राज्य हुनको लागि भूगोल, जनसंख्या, सरकारमात्र नभई सार्वभौमिकता वा सार्वभौमसत्ता पनि आवश्यक हुन्छ । भित्री वा बाहिरी कुनै पनि शक्तिको अगाडि झुक्नु नपर्ने शक्ति नै सार्वभौमिकता हो । सार्वभौमिकता सर्वोच्च हुन्छ, देखिने हुन्छ र अविभाज्य वा अखण्ड हुन्छ ।
राष्ट्र, राष्ट्रियता र राज्यलाई पर्यायवाची शब्दको रुपमा बुझ्नु खोटपूर्ण छ । केही नेताहरूसमेत सार्वभौमिकता भन्नुपर्ने ठाउँमा ‘राष्ट्रियता’ शब्द प्रयोग गर्ने गर्छन् जो खोटपूर्ण छन् ।
जार, पिटर दि ग्रेटले सोभियत संघ स्थापना हुनुभन्दा पहिलेका राज्यहरूलाई तरवारको भरमा कज्याए । १५ वटा राज्यहरू रुसमा गाभेपछि तिनीहरू ‘राष्ट्र’ मा गनिए । जारले ती राष्ट्रहरूमाथि सा¥है पक्षपात र अत्याचार गरेको हुँदा बोल्शेविकहरूले जारको रुसलाई ‘राष्ट्रहरूको कारागार’ भन्थे ।
पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि मल्ल राज्यहरू ‘राष्ट्र’ मा फेरिए । नेवारहरूको आफ्नै जात, भाषा, धर्म, कला–संस्कृति, रीतिरिवाज र जीवनशैली बाँकी रह्यो । २०१५–१६ सालको एक नेवारको राहदानी (पासपोर्ट) मा – ‘राष्ट्रियता’मा ‘नेवार’ लेखिएको थियो भने ‘नागरिकता’ मा ‘नेपाली’ लेखिएको थियो ।
के भारत एउटा राष्ट्र हो ? भन्ने विषयमा पहिले नागरिकशास्त्रकै एक विषय थियो । भारत एउटा राज्य हो तर एउटा राष्ट्र होइन । भारतमा अनेक जात–जाति, भाषा–भाषी, कला–संस्कृति, साहित्य, धर्म र रीरिरिवाज मान्ने बासिन्दा विभिन्न प्रान्त वा प्रदेशमा छन् । ती राष्ट्रहरू हुन् । तिनीहरूको आ–आफ्नै परम्परा र जीवनशैली छन् । तिनीहरूको आ–आफ्नोपन नै सरल भाषामा ‘राष्ट्रियता’ हो । नेपालको सीमा वा एक इञ्च भू–भाग समेत विदेशले मिच्यो भने केही नेपाली नेताहरू नेपाली ‘राष्ट्रियता’ माथि आक्रमण भन्ने शब्द प्रयोग गर्छन् । नेपालको भूमिमाथि गरेको थिचोमिचो नेपालको सार्वभौमिकता माथिको हस्तक्षेप हो । त्यस्तै नेपालको सरकारलाई गरिने हरेक ‘निर्देशन’ (डिक्टेट) र धम्की नेपालको सार्वभौम सत्तामाथिको हस्तक्षेप हो ।
‘मेरो भाषा, जात–जाति, धर्म, रीतिरिवाज, साहित्य, कला–संस्कृति, जीवनशैली’ मात्र ‘राम्रो वा धेरै राम्रो’ अरुको भाषा, धर्म, जात–जाति, रीतिरिवाज, कला–संस्कृति, साहित्य र जीवनशैली ‘नराम्रो’ भन्ने भावनाले व्यक्ति, समूह र राष्ट्रलाई ‘अन्ध राष्ट्रवाद’ र ‘संकीर्ण राष्ट्रवाद’ को भासमा पु¥याउँछ ।
नरेन्द्र मोदी भारतका प्रधानमन्त्री छन् । उनी भन्छन् – हिन्दुस्तानका हरेक नागरिक हिन्दु हुन् । तर भारत संसारको सबभन्दा ठूलो मुसलमान देश मध्ये एक हो । भारत सिख, बौद्ध, जैन आदि अरु पनि धेरै धर्म र सम्प्रदाय मान्ने मानिसहरूको देश हो । भाजपाका बुद्धिजीवीहरू अफ्रिकाको पूर्व, हिन्द एसिया –इन्डोनेसिया, अष्ट्रेलिया र मलेसियाको पश्चिम तथा दक्षिण ध्रुवको उत्तरको देश हिन्द महासागर–हिन्दुस्तानको सागर हो भन्ने दावा गर्छन् ।
मुसोलिनिले ‘रोमको गौरव’ लाई फिर्ता ल्याउने र क्याथोलिक धर्म सबभन्दा राम्रो धर्मको भावनाले क्याथोलिक धर्म मान्ने देशहरूमाथि हैकम लाड्ने सिद्धान्तले इटालीलाई इथियोपियासम्म कब्जा गर्न लगायो ।
हिटलरले जर्मन रगत ‘आर्य रगत’ हो र ‘पवित्र रगत’ ले संसारमाथि शासन गर्ने नैतिक अधिकार राख्छ भन्ने भावनाको कारण छिमेकी देशहरू, पश्चिमी युरोप र सोभियत संघ सम्म आक्रमण गर्न पुग्यो । अन्ध राष्ट्रवाद, संकीर्ण राष्ट्रवाद हुँदै मुसोलिनी र हिटलर ठूलो राष्ट्र अहंकारवादको तहमा पुगे । संरा अमेरिका, बेलायत र फ्रान्सले इटाली र जर्मनीको राष्ट्रवादलाई पूर्वी युरोपमै सीमित गर्ने उद्देश्यले आर्थिक सहयोग र लगानी गर्दै कार्टेल र सिन्डिकेट हुँदै एकाधिकार पूँजीमा विकास गर्न दियो । एकाधिकार पूँजीले स्वाभाविक रुपले नयाँ–नयाँ बजार र कच्चा मालको स्रोतको निम्ति नयाँ–नयाँ देशलाई आफ्नो अधिनस्थ बनाउन आक्रमणहरू गर्छ ।
यसरी दोस्रो विश्वयुद्ध भयो, ठूलो जनधनको क्षति भयो । समयमै संरा अमेरिका र पश्चिमी युरोपले हिटलर र मुसोलिनिलाई खुसामद गरी नपुल्पुल्याएको भए, संसारले त्यति धेरै जनधनको क्षति व्यहोर्नुपर्ने थिएन ।
नेपालको छिमेकी विशाल र शक्तिशाली देश भारतमा आज कट्टर हिन्दु धर्मका पक्षपाती भारतीय जनता पार्टी सत्तामा पुगेको छ । नरेन्द्र मोदी भारतका प्रधानमन्त्री छन् । उनी भन्छन् – हिन्दुस्तानका हरेक नागरिक हिन्दु हुन् । तर भारत संसारको सबभन्दा ठूलो मुसलमान देश मध्ये एक हो । भारत सिख, बौद्ध, जैन आदि अरु पनि धेरै धर्म र सम्प्रदाय मान्ने मानिसहरूको देश हो । भाजपाका बुद्धिजीवीहरू अफ्रिकाको पूर्व, हिन्द एसिया –इन्डोनेसिया, अष्ट्रेलिया र मलेसियाको पश्चिम तथा दक्षिण ध्रुवको उत्तरको देश हिन्द महासागर–हिन्दुस्तानको सागर हो भन्ने दावा गर्छन् ।
दक्षिण एसियाली संगठन सार्कका अन्य देश पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलड्ढा, भुटान, मालदिभ्स सबै मिलाएर पनि भूमि, जनसंख्या, अर्थतन्त्र र सैन्य शक्तिमा भारत अगाडि छ । नेपालको ८० प्रतिशत व्यापार भारतसँग छ । सियोदेखि साइकल र मोटरदेखि हवाईजहाजसम्म भारतबाट आउँछ । पेट्रोलियम पदार्थ, ग्यास, मट्टीतेल र डिजेल सबै नेपालमा भारतबाट आउँछ । नेपाल आयल निगमले भारतसँग मात्रै पेट्रोलियम पदार्थ लिने एक गुप्त सम्झौता गरेको थियो । नेपालका महत्वपूर्ण पदाधिकारीहरूमध्ये २२ हजार व्यक्तिले दोहोरो तलब पाउने तथ्याड्ढ बाहिर आएको थियो । अर्थात् नेपालका २२ हजार सरकारका पदाधिकारीहरूले भारतबाट पनि रकम प्राप्त गर्छन् ?
भारतको स्वतन्त्रतापछिको निर्वाचनमा पहिलोको जनसंघ र आजको भाजपाको संसदमा तीनवटा मात्र स्थान थियो । भारतीय कम्युनिष्ट पार्टी दोस्रो स्थानमा थियो । भारतका कर्पोरेटहरू भन्छन् –‘मोदी चुनावमा विजय हुनुमा कर्पोरेटहरूको भूमिका छ ।’ हाम्रो भाषामा उद्योग वाणिज्य संघहरूले मोदीलाई विजयी गराएको हो । तिनीहरूलाई बजार चाहिएको थियो । भारतीय एकाधिकार पूँजीले बजार कब्जा गर्नुपर्ने भएकोले त्यस्तो दर्शन भएको राजनीतिक पार्टीलाई छानेर भारतको उद्योग वाणिज्य संघले मोदीलाई चुनावमा अघि सारेको हो । उनीहरूलाई अरु देशमाथि हमला गर्ने एक घोडा चाहिएको थियो । भाजपाको सरकारले अरु देशमाथि प्रभाव पार्छ, बजारलाई व्यापक बनाउँछ, उसको विजय यात्राको विरोध गर्नेलाई हमला गर्छ । मुसोलिनी र हिटलरले पनि त्यही गरेका थिए ।
भारतसँग बेलायती साम्राज्यवादको ‘लिगेसी’ छ । बेलायती साम्राज्यवादले दक्षिण एसियामा जस्तो किसिमको प्रभाव पारेको थियो, त्यो अब भारतले गर्ने हो भन्ने दृष्टिकोण छ । बेलायतले नेपालमाथि आक्रमण ग¥यो, सुगौली सन्धिमार्फत् नेपाललाई अर्धउपनिवेश बनायो । सिक्किम र भुटान पनि उसको प्रभावमा गयो । साथै तिब्बतमाथि उसले हमला गर्यो । नेपालको इतिहासमा तिब्बतसँगको युद्धलाई नेपाल–भोट युद्ध भनिन्छ । तर भोट युद्ध भनिए पनि वास्तवमा अंग्रेजहरूले तिब्बतलाई कब्जा गर्ने युद्ध थियो । त्यसको निम्ति दुई तीनवटा काम अंग्रेजहरूले नेपालीहरूलाई गराए । तिब्बत हमला गर्नुभन्दा पहिले त्यहाँ गुप्तीको काम सबै नेपालीले गराएका थिए । लडाइँको निम्ति त्यहाँ प्रयोग हुने रसद–पानी र सबै सामानहरू नेपालीहरूले पु¥याएका थिए । खच्चड, याक, घोडा र खानेकुरा सबै नेपालीले व्यवस्था गरेका थिए । तिब्बत, भुटान र सिक्किमलाई चीनको गर्भनर र दलाई लामाबीच अन्तरविरोध ल्याउने काम ग¥यो । त्यहाँको एकतालाई छिन्नभिन्न पारेपछि हमला सुरु ग¥यो । त्यसरी अंग्रेजहरूले तिब्बत कब्जा गरे । दक्षिण एसियामा अंग्रेजहरूको प्रभाव भारतीय स्वतन्त्रतापछि बेलायतले भारतको काँधमा सुम्प्यो ।
भारतको आशय हो – सार्क देशहरू एउटै सुरक्षा छातामा होस् । यसको अर्थ हो – पाकिस्तान, श्रीलड्ढा, मालदिभ्स, नेपाल, भुटान र बंगलादेश भारतको तखटमा राख्ने नीति हो । एकचोटि एमाओवादीहरूले ‘कम्पोसा’ भन्ने नाममा दक्षिण एसियाका सबै कम्युनिष्टहरू एक गर्ने नीति ल्याए । वामपन्थीको नाममा दक्षिण एसिया एउटै सुरक्षा छातामा ल्याउने उद्देश्य थियो । यो एक दुर्भाग्य थियो ।
पश्चिमी देशहरूको विचारमा पश्चिमी देशहरूले दुईटा महायुद्धहरू व्यहोरे । पहिलो र दोस्रो विश्वयुद्ध व्यहोरे । अब पश्चिमाहरू तेस्रो विश्वयुद्ध व्यहोर्न सक्दैन, त्यसैले सम्भावित विश्वयुद्ध एसियातिर पन्छाउन चाहन्छन् ।
भारतको आशय हो – सार्क देशहरू एउटै सुरक्षा छातामा होस् । यसको अर्थ हो – पाकिस्तान, श्रीलड्ढा, मालदिभ्स, नेपाल, भुटान र बंगलादेश भारतको तखटमा राख्ने नीति हो । एकचोटि एमाओवादीहरूले ‘कम्पोसा’ भन्ने नाममा दक्षिण एसियाका सबै कम्युनिष्टहरू एक गर्ने नीति ल्याए । वामपन्थीको नाममा दक्षिण एसिया एउटै सुरक्षा छातामा ल्याउने उद्देश्य थियो । यो एक दुर्भाग्य थियो ।
बंगलादेशका जनता पनि भारतबाट पीडित छन् । श्रीलड्ढा एउटा टापु देश हो । श्रीलंकाको कोलोम्बो ऐतिहासिककालदेखि संसारका ठूल्ठूला जहाजहरू आउने बन्दरगाह हो । तर पनि श्रीलड्ढाले एकतिहाई तेल भारतसँग नै किन्न बाध्य छ । जब कि भारतलाई चाहिने आफूसँग पनि ४० प्रतिशतमात्र तेल छ । भारतलाई चाहिने ६० प्रतिशत तेल बाहिरबाटै आउँछ । भारतले एकतिहाई तेल आफूसँग किन्नुपर्छ भनी श्रीलड्ढालाई बाध्य पार्नु बलमिचाइँ हो ।
स्वेज क्यानलकै कारण अंग्रेजहरूले भू–मध्ये सागरलाई आफ्नो कब्जामा राखे । इतिहासमा भूमध्य सागर हुन्थ्यो, उसको हातमा हिन्दुस्तान हुन्थ्यो । त्यसकारण स्वेज क्यानल अंग्रेजको हातमा थियो । अहिले जसको हातमा पेट्रोल छ, संसार आज उसको हातमा हुन्छ । हाम्रो देशमा नाकाबन्दी गर्नु भनेको हामीसँग पेट्रोल नभएर हो । संरा अमेरिकाले इराक कब्जा गर्नुको मुख्य कारण पनि पेट्रोल नै हो । इराकलाई केन्द्रविन्दु बनाएर एक गोलाकार चित्र संसारका ६७ प्रतिशत तेल त्यही क्षेत्रबाट आउँछ वा मध्यपूर्वबाट आउँछ । यसकारण त्यो क्षेत्र कब्जा गरेर संसारलाई कब्जा गर्ने संरा अमेरिकी साम्राज्यवादको उद्देश्य हो । त्यसरी नै भारतले दक्षिण एसियाका सबै देशहरूका बजारहरू कब्जा गर्न खोज्दैछ । भुटानको परराष्ट्र र रक्षा मामिला भारतकै हातमा छ । भारतले तिब्बतमाथि आफ्नो लिगेसी मान्दै दलाई लामालाई शरणार्थीको रुपमा भारतमा राख्दै आएको छ ।
बंगलादेशसँग पनि भारतको सीमा विवाद छ, बंगलादेश र भारतको बीचमा पानीको किचलो छ । अर्थात् भारत बंगलादेशलाई आवश्यक पानी छोड्दैन । नेपाल र बंगलादेशको व्यापारमा भारतले निर्वाध अधिकार दिएको छैन । नेपालले बंगलादेशको ग्यास भारतको भन्दा सस्तोमा प्राप्त गर्नेछ, तर भारतले २–४ किलोमिटर पाइपलाइन नेपाल र बंगलादेशको बीचमा राख्न दिएको छैन ।
भारत हाम्रो छिमेकी हो । तर ऊ छिमेकी देशहरू स्वतन्त्र रुपले अगाडि बढेको हेर्न चाहँदैन । सन् १९६२ तिरै नेपालको तराई एउटा अलग राष्ट्र हो र तराईलाई भारतमा गाँभ्ने योजना बनाएको रअका भूपू प्रमुख आर.के. यादवले मिसन रअ पुस्तकमा प्रस्ट भाषामा भनेकै छन् ।
दक्षिण एसियाको गम्भीर अध्ययन गर्दा मुसोलिनी, हिटलर र मोदी एउटै लाममा देखिंदैछन् ।
(मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभागले २०७२ चैत ५ गते ‘नेपाल–भारत सम्बन्ध’ विषयक अतिथि प्रवद्र्धन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले दिनुभएको सम्पादित मन्तव्यको सार–संक्षेपःसम्पादक)
Leave a Reply