भर्खरै :

नेक्राकिसंघको सम्मेलन सम्पन्न, काफ्ले अध्यक्ष

राजबिराज, २९ माघ ।
नेपाल क्रान्तिकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मेलन डिल्लीप्रसाद काफ्लेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरी शनिबार सम्पन्न भयो ।
निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्ष गोविन्द दुवाल, सचिव विकल प्रजापति र कोषाध्यक्ष हरेराम सुवाल हुनुभएको छ ।
बन्द बैठकमा नेक्राकिसंघ केन्द्रीय समितिको प्रतिवेदन पारित गर्नुका साथै राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रस्ताव पारित गरेको छ । बन्द बैठकमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापति, केन्द्रीय सदस्य दिनेश साहलगायतले प्रशिक्षण दिनुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष डिल्लीप्रसाद काफ्ले नेमकिपाका केन्द्रीय सदस्य तथा संसद सदस्य हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *