तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
शक्तिखोर, १६ भदौ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ समर्थित विद्यार्थीहरूको भेला कालिका नपा वडा नं. ९ मा शनिबार सम्पन्न भयो ।
भक्तपुर काण्ड (भदौ ९) को कालो दिनको विरोधमा भएको उक्त भेलामा नेमकिपा चितवनका अध्यक्ष हरिप्रसाद दुवालले पार्टी प्रकाशन नियमित अध्ययन गरी छलफल गर्नुपर्ने र समाजमा भएका अन्याय, अत्याचार र भ्रष्टाचारको विरूद्धमा सङ्घर्ष गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेमकिपाको विचार र सिद्धान्तदेखि तर्सिइ पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले पञ्चायतले भक्तपुर काण्ड रचेको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘‘नेकपा, राप्रपा, नेपाली काङ्ग्रेसले पनि षड्यन्त्र गरी कार्यकर्ताहरूलाई फसाउने सम्भावना रहेकोले सजग भई विद्यार्थीहरू अगाडि बढ्नुपर्छ ।’’
नेक्रायुसङ्घ चितवनका अध्यक्ष ज्ञानेन्द्र चेपाङले चासो र उत्सुकताले नै सिकाइको अवसर मिल्ने भएकोले विद्यार्थीहरूले देशको समसामयिक विषयमा पनि अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेक्राविसङ्घ चितवनका अध्यक्ष प्रकाश गुरूङले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको व्यक्तित्व विकास हुने र अध्ययन सँगसँगै सङ्गठित भएर देश र समाजको लागि काम गर्नुपर्ने बताउनुभयो ।
Leave a Reply