प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
भक्तपुर, १७ भदौ । ‘‘पुँजीवादी व्यवस्थामा राजा–महाराजा र सरकारमा गएका नेताहरु दरवारमा बस्छन् तर समाजवादमा केटाकेटीहरु दरवारमा सिक्छन्, खेल्छन् । प्रजग कोरियामा केटाकेटीको दरवार धेरै छन् । पार्टी अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले लेख्नुभएको ‘कोरिया भ्रमण’ पुस्तकमा यसबारे उल्लेख छ । भक्तपुर नगरपालिकाले आजभन्दा १९ वर्षअघि शिशु स्याहार केन्द्र सञ्चालन गरेर आमाहरुको श्रमशक्ति वृद्धि गर्ने लक्ष्य राखेको हो ।’’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र, कमलविनायकमा आइतबार आयोजित एक कार्यक्रममा उक्त विचार राख्नुभएको हो ।
देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु नै धर्म भएको चर्चा गर्दै उहाँले आर्थिक समानताविना शान्ति सम्भव नहुने बताउनुभयो ।
कुनै अदृश्य शक्तिप्रति विश्वास अज्ञानता भएको उल्लेख गर्दै सांसद सुवालले विद्यालय र कलेजले नै ज्ञान दिने स्पष्ट गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, ‘‘भारतीय प्राध्यापक एसडी मुनीको पुस्तिका ‘माओइष्ट इनसर्जेन्सी इन नेपाल’मा माओवादी सशस्त्र द्वन्द्वलाई भारतले सहयोग गरेको तथा प्रचण्ड र बाबुरामले सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया र सरकारसम्म भारतको हात रहेको उल्लेख भएको छ ।’’
जन्मको आधारमा नेपाली नागरिकता दिने कानुनी प्रावधान खारेज गर्नुपर्ने, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क र स्वदेशमा रोजगारीको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै सांसद सुवालले मिसावट र गुणस्तरहीन खाद्यान्न बिक्री रोक्नुपर्ने, निजी मेडिकल कलेज बन्द गरी राज्यअन्तर्गत सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भारतको दरभङ्गाको जिवाजी विश्वविद्यालयका प्राध्यापक मुकेशकुमार सिंहले ४० लाख भारतीयले नेपाली नागरिकता लिएको उल्लेख गरेको र यसरी नै भारतीयले नेपाली नागरिकता पाए नेपालको स्थिति सिक्किमजस्तै हुने खतरा भएको बताउनुभयो ।
निर्वाचनमा पैसा र सामान बाँड्ने, भोज खुवाउने पार्टीहरुको सरकार बन्ने स्थितिले देश र जनताको हित नहुने उल्लेख गर्दै सांसद सुवालले पञ्चायतकालमा मान्छे मारेर आए २४ घण्टामा छोडाउने पञ्चहरुको शासन शैलीजस्तै गुण्डाराज पुनरावृत्ति भइरहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीले २०१९–२० सालदेखि देश र जनताको इमानदारीपूर्वक सेवा गर्दै आएको, मोहियानी हक र भर्पाई आन्दोलन चलाएको, भ्रष्टाचारविरोधी आन्दोलन सुरु गरेकोलाई पञ्चायती सरकारले पूर्वाग्रही भएर नेमकिपाविरुद्ध झूटा मुद्दा लगाएको उल्लेख गर्दै सांसद सुवालले बलात्कारपछि हत्या गर्ने अपराधीहरुलाई मृत्युदण्डको सजाय दिने कानुनी प्रावधान आवश्यक भएको बताउनुभयो ।
सांसद सुवालले सडक चौडा र निर्माणको नाममा पुराना बस्ती र सम्पदा नष्ट गर्न नहुने उल्लेख गर्नुभयो ।
Leave a Reply