आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
ला पाज, २ सेप्टेम्बर । बोलिभियाका साम्राज्यवादविरोधी राष्ट्रपति इभो मोरालेसले संरा अमेरिका मानव जातिकै लागि सबभन्दा ठूलो खतरा भएको बताएका छन् । भेनेजुयला सरकारविरुद्ध संरा अमेरिकी सेना प्रयोग गर्नुपर्ने संरा अमेरिकी सिनेटर मार्को रुबोको भनाइप्रति प्रतिक्रिया जनाउँदै मोरालेसले संसारभर संरा अमेरिकाले गरेका हस्तक्षेप र सैनिक हमलाका उदाहरण प्रस्तुत गर्दै संरा अमेरिका संसारका जनताको लागि वास्तविक खतरा भएको बताए ।
फ्लोरिडाका रिपब्लिकन सिनेटर रुबोले ल्याटिन अमेरिकी क्षेत्र र संरा अमेरिकाको लागि समेत भेनेजुयला खतरा भएको भन्दै सैनिक हस्तक्षेपको लागि अमेरिकी राष्ट्रपतिलाई आग्रह गरेका थिए ।
मोरालेसले ट्वीटरमा ट्वीट गरे, ‘संसारको लागि भेनेजुयला सरकार होइन, संरा अमेरिकी सरकार खतरनाक छ ।’
गएको फेब्रुअरीमा रुबोले निकोलस माडुरो नेतृत्वको सरकारलाई अपदस्थ गर्न भेनेजुयला सरकारलाई अपिल गरेका थिए ।
गएको शनिबारमात्र भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले पनि संरा अमेरिकी हस्तक्षेप र झूटा प्रचारबाजीको कडा जवाफ दिएका छन् । उनले भने,‘आजको ल्याटिन अमेरिका संरा अमेरिकी आँगन होइन ।’
Leave a Reply