तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
कोहलपुर, १७ भदौ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले माक्र्सवादी दर्शनले कामदार वर्गको शासनसत्ता स्थापना गर्न स्पष्ट मार्गदर्शन गरेको बताउनुभयो ।
शनिबार कोहलपुरमा नेपाल मजदुर किसान पार्टी बाँकेको आयोजनामा सम्पन्न माक्र्सको द्विशतवार्षिकी विषयक प्रवचन गोष्ठीमा केन्द्रीय सदस्य गोसाईले आध्यात्मवादी दर्शनले समाजलाई यथास्थितिमै जकडी राखेकोले समाज परिवर्तनको लागि भौतिकवादी दर्शनबाट सुशिक्षित हुनुपर्छ भन्नुभयो ।
अर्काे केन्द्रीय सदस्य हरिसुन्दर बासीले कम्युनिष्ट घोषणापत्रमा उल्लेख भएजस्तै नेपाली समाजमा पुँजीवादी विकृति देखापरेको चर्चा गर्दै मजदुर वर्गको हितको लागि मजदुर वर्ग नै उठ्नुपर्छ भन्नुभयो ।
वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले कम्युनिष्ट घोषणापत्र लेख्दाको पृष्ठभूमिबारे चर्चा गर्नुभयो ।
बाँके जिल्ला अध्यक्ष बखत थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रकाश शाहीले गर्नुभएको थियो ।
कार्यक्रमलगत्तै केन्द्रीय सदस्य सरोजराज गोसाइको प्रमुख आतिथ्यतामा बसेको बैठकले बखत थापाको संयोजकत्वमा १९ सदस्यीय नेमकिपा बाँके जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ ।
Leave a Reply