भर्खरै :

चिकित्सकले फिर्ता गरे आफ्नो लाइसेन्स

काठमाडौ, १७ भदौ । नेपाल चिकित्सक सङ्घले मुलुकी अपराध संहिता संशोधन गर्न माग गर्दै विरोधस्वरुप ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ ।
भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन ०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन ०७४ मा डाक्टरले लापरबाहीपूर्वक उपचार गर्दा जन्मकैदको व्यवस्था राखिएको विरोधमा डाक्टरहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् । चिकित्सकहरूले साङ्केतिक विरोधस्वरुप सबै स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प पनि पारेका छन् ।
सङ्घले माइतीघर मण्डलामा गरेको विरोध प्रर्दशनपछि आइतबार दिउँसो करिब एक बजे बासबारीस्थित नेपाल मेडिकल काउन्सिल पुगेर कार्यवाहक अध्यक्ष डा. नारायणविव्रmम थापालाई लाइसेन्स बुझाएको हो ।
लाइसेन्स बुझाउनेमा संघमा आवद्ध १६ वटा शाखाकै चिकित्सकहरू रहेको महासचिव डा. लोचन कार्कीले बताउनुभयो । ‘आज लाइसेन्स बुझाउनेमा सङ्घको १६ वटा शाखामा कार्यरत देशभरीकै करिब छ हजार चिकित्सकहरू रहेका छन् । काठमाडौं बाहिर रहेका चिकित्सकहरूबाट लाइसेन्स आउने व्रmम जारी छ’ उहाँले भन्नुभयो ।
लाइसेन्स बुझाएपछि काउन्सिलले नै यसबारे प्रक्रिया अगाडि बढाउने बताउँदै उहाँले यसबारे अहिले नै केही भन्न नसकिने प्रतिव्रिmया दिनुभयो । ‘हामीले लाइसेन्स बुझाएका छौ । अगाडिको प्रक्रिया उहाँहरूले नै गर्नुहुन्छ’ महासचिव कार्कीले भन्नुभयो ।
‘चिकित्सकहरूले काउन्सिल समक्ष लाइसेन्स बुझाउनु भएको छ र, हामीले बुझेका पनि छौं । तर त्यसबारे के गर्ने भन्ने छलफल भइसकेको छैन’, काउन्सिलका रजिष्टार डा. दिलिप शर्माले भन्नुभयो । विभिन्न समितिहरू बसेर छलफल गरिसकेपछि मात्र यस विषयबारे टु·ो लाग्ने भएकोले चिकित्सकहरूले भने आफ्नो कामलाई यथावत् नै राख्न सक्ने शर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *