“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
काठमाडांै, १९ भदौ । ‘‘काठमाडौंमा सम्पन्न बिम्स्टेक शिखर सम्मेलनमा भारतको नेतत्वमा क्षेत्रीय सुरक्षा छाता बनाउने सहमति भएको समाचारमा कति सत्यता छ ? भारतीय प्रधानमन्त्रीको सुरक्षाको नाममा नेपालमा भारतीय सुरक्षाकर्मीको तैनाथ यसैको शिलशिला हो कि ? भारतले कोसी व्यारेजमुनि नहर खनेर बहाव पश्चिमतर्फ फर्काएपछि नेपालको ५ सय घर परिवार डुबेको र पीडितहरूले भारतीय प्रम मोदी बिम्स्टेकको काठमाडांै सम्मेलनमा रहेकै बेला नेपाल–भारत वार्ता हुने अपेक्षा राखेको बारे स्पष्ट गर्नुहुन्छ कि ? ’’
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले प्रधानमन्त्री केपी ओलीसँग मङ्गलबार उक्त जिज्ञासा राख्नुभएको हो ।
प्रतिनिधिसभाको नियमावली, २०७५ को नियम ५६ (१) मा प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रश्न सोध्नको लागि निर्धारण गर्नसक्ने उल्लेख छ ।
प्रधानमन्त्री ओलीले भदौ १४ र १५ गते काठमाडौंमा सम्पन्न बिम्स्टेकको चौथो शिखर सम्मेलनको घोषणापत्रबारे जानकारीसमेत दिन प्रतिनिधिसभामा सार्वजनिक महत्वको वक्तव्य दिनुभएको थियो ।
सन् १९९७ मा थाइल्याण्डमा स्थापना भएको बिम्स्टेकको पहिलो शिखर सम्मेलन सन् २००४ मा थाइल्याण्डमा, दोस्रो सन् २००८ मा भारतमा, तेस्रो सन् २०१४ मा म्यान्मारमा र चौथो सन् २०१८ मा नेपालमा भएको उल्लेख गर्दै प्रम ओलीले दुई दुई वर्षमा गर्ने भनिए पनि हुन नसकेको बताउनुभयो ।
प्रम ओलीले सार्कको शिखर सम्मेलन नभएको बेला बिम्स्टेकको शिखर सम्मेलन पनि नभए साझा उद्देश्य हासिल नहुने उल्लेख गर्दै सबै सदस्य देशलाई अनुकूल समय भदौ १४ र १५ गते बिम्स्टेक आयोजना गरेको बताउनुभयो ।
बिम्स्टेक शिखर सम्मेलनको लागि सदस्य देशसँग छलफल गरेको, डेढ महिनाको तयारीमा सम्मेलन असाधारण भएको, क्षमता देखिएको र नयाँ उत्साह प्रदान गरेको उल्लेख गर्दै प्रम ओलीले बिम्स्टेक विकास कोष स्थापना, बौद्ध सर्किट र हिमाली क्षेत्रको अर्थतन्त्रको विकास स्थापना भएको बताउनुभयो ।
प्रम ओलीले बिम्स्टेक आबद्ध देशहरूको भारतको पुणेमा भदौ २५ देखि ३१ सम्म हुने संयुक्त सैन्य अभ्यास र कोसी पीडित जनताबारे बोल्नुभएन ।
नेकाका सांसदहरू दिव्यमणि राजभण्डारी, मिनेन्द्र रिजाल, रामबहादुर बिष्ट, अमरेशकुमार सिंह, भरतकुमार शाह, राजेन्द्रकुमार केसी, दिलेन्द्रप्रसाद बडु, सञ्जयकुमार गौतम, मीना सुब्बा, नारायण खड्काले सार्कको प्रभावकारी भूमिका भएन भने बिम्स्टेकको कसरी होला, सार्क विद्युत् ग्रीड र बिम्स्टेक विद्युत् ग्रीडमा के फरक छ ? भारतीय प्रम मोदी वायुसेनासहित काठमाडौं उत्रेको हुँदा सन्तुलन कसरी हुन्छ ? सार्क सम्मेलनको ढिलाइ किन भयो ? सैन्य अभ्यासले आशङ्का उब्जाएको, मोदीको नेपाली सेनाप्रति अविश्वास किन ? भारतीय विदेश सचिव एजसयशङ्करले पाकिस्तानले सार्कलाई रोकेको हुँदा बिम्स्टेक अघि सारेको आदि प्रश्न गर्नुभयोे । प्रम ओलीले प्रश्नको जवाफमा आफू हल्लाको पछाडि नलागेको, सार्क स्थगितको पछाडि बिम्स्टेक नभएको, नेपाल पञ्चशीलमा आधारित रहेको उल्लेख गर्नुभयो ।
सैन्य अभ्यासबारे मन्त्री भएकाले प्रश्न गरेको अचम्म भएको उल्लेख गर्दै प्रम ओलीले भारत, चीन, पाकिस्तान, अमेरिकासँग पनि सैन्य अभ्यास भएको बताउनुभयो ।
प्रश्न राखेका सांसदहरूले दुईपक्षीय सैन्य अभ्यासभन्दा पनि बिम्स्टेकको नाममा क्षेत्रीय सैन्य अभ्यास पुणेका हुन गइरहेकोबारे र कोसी पीडितबारे प्रम ओलीले स्पष्ट जवाफ दिनुभएन ।
Leave a Reply