“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
काठमाडौ, १९ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विकास निर्माणको काम गुणस्तरीय बनाउन आर्थिक कानुनमा समयानुकूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।
महालेखा परीक्षकको कार्यालयको आयोजनामा मङ्गलबार सम्पन्न उपत्यकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखहरूबीचको अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत विकास निर्माणका कार्य गर्दा गुणस्तरीय, अपनत्व र स्थानीय जनताले रोजगारीसमेत पाउने हुँदा भनपाले उपभोक्ता समितिमार्फत काम गर्नेमा जोड दिंदै आएको छ बताउनुभयो ।
सामान खरिदमा भ्याट र आय कर अनिवार्य गर्दा उपभोक्ता समितिबाट कार्य गराउन अत्यन्तै गा¥हो भएको बताउँदै उहाँले यस्ता विषयहरूमा महालेखाले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘आर्थिक ऐनअनुसार ठेक्कापट्टामा सबभन्दा कम मूल्य कबुल गर्नेलाई दिनुपर्ने प्रावधान छ । काम पाउनकै लागि ठेकेदारहरूले लगत इस्टमेटभन्दा आधामा काम गर्ने टेण्डर हाल्छन् । उसलाई नाफा चाहिन्छ । आधाभन्दा कम मूल्य कबुल गरी नाफा लिने ठेकेदारले कतिको गुणस्तरीय काम गर्छ ?’’
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु श्रेष्ठले सम्पदाहरूको पुनःनिर्माण कुनै पनि हालतमा ठेक्कामा दिन नहुने बताउनुभयो । महानगरपालिकाले विद्युतीय गाडी सञ्चालनको तयारी गरिरहेको जानकारी दिंदै उहाँले टेण्डरमा सोलारबत्ती राखेको पूर्णतः असफल भएको बताउनुभयो । महालेखा परीक्षक टङ्कमणि शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले ३ नं प्रदेशमा ११ प्रतिशत बेरुजु रहेको, वर्षभरिका कामको मूल्याङ्कन गर्दा सानातिना त्रुटीहरू भए छलफल गरी मिलाउन सकिने बताउँदै आर्थिक क्रियाकलापमा जति बढी व्यक्तिहरू सहभागी हुन्छन् त्यत्ति नै बढी जोखिम हुन्छ भन्नुभयो ।
उहाँले सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारहरूबीच समन्वयको आवश्यकता औंल्याउँदै आव २०७४÷७५ मा ५२ खर्ब रुपैयाँको लेखापरीक्षण महालेखाले सम्पन्न गरेको जानकारी दिनुभयो ।
काठमाडांै उपत्यकाका विभिन्न नगरपालिकाका लेखा अधिकृतहरूले आव २०७४÷७५ मा सम्पन्न योजनाहरू, मुख्य–मुख्य खरिद निर्माणको स्थिति, कर्मचारी सङ्गठन संरचना, राजस्व स्रोत बाँडफाँट, बेरुजुको स्थितिलगायतका विषयहरूमा कार्यपत्रहरू प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply