ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, २० माघ । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ केन्द्रीय समितिले शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुरमार्फत शिक्षामन्त्रीलाई १२ बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा शिक्षा प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै समाज विकासको लागि शिक्षाले आधारको काम गर्ने हुँदा शिक्षा राज्यको दायित्व भएको उल्लेख गरिएको छ ।
देशमा आधारभूत शिक्षा निःशुल्क र अनिवार्य भएको र पूर्व प्रावि तह पनि अब विद्यालयको अभिन्न अङ्ग भएको अवस्थामा पूर्व प्रावि तहमा कार्यरत जनशक्तिलाई सहयोगी कार्यकर्ता मात्र भनी शिक्षकको दर्जा पनि नदिइएको भन्ने गुनासो पनि उक्त ज्ञापन पत्रमा गरिएको छ ।
ज्ञापनपत्रमा निम्नानुसारका बुँदाहरू उल्लेख गरिएका छन् –
१. पूर्व प्रावि तह (बाल विकास दरबन्दी) मा काम गर्ने शिक्षकहरूको तलब निजामती सेवाका बहिदारसरह गरियोस् ।
२. पूर्व प्रावि तहमा काम गर्ने शिक्षकहरूको शैक्षिक योग्यता एसईई पूरा भएको गरियोस् ।
३. हाल कार्यरत एसईई अनुत्तीर्ण बाल विकास ‘सहयोगी कार्यकर्ता’ शिक्षकलाई ३ वर्षको मौका दिई एसईई पूरा गर्न अवसर दिइयोस् ।
४. ईसीडीमा कार्यरत शिक्षकहरूलाई विद्यालय समयमा
(बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म) विद्यालयमा नै बसी काम गर्न दिइयोस् ।
५. कार्यरत ईसीडीका शिक्षकहरूलाई प्रत्येक वर्ष पुनः ताजगी तालिम दिइयोस् ।
६. विद्यार्थी सङ्ख्याअनुसार प्रत्येक १५ जना विद्यार्थी बराबर एक शिक्षकको व्यवस्था गरियोस् ।
७. प्रत्येक पूर्व प्रावि तहको लागि कार्यालय सहयोगीस्तरको तलब भत्ता पाउने गरी आयाको व्यवस्था गरियोस् ।
८. बाल मनोविज्ञानअनुसारको शैक्षिक सामग्रीहरूको बन्दोबस्त गरियोस् ।
९. स्थानीय सरकार (मनपा, उमनपा, नपा र गाउँपालिका) र प्रदेश सरकारसमेतलाई शिक्षामा बजेट व्यवस्था गर्न सङ्घीय शिक्षा ऐन र नियमावली तुरून्तै जारी गरियोस् ।
१०. पूर्व प्रावि तहका विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था गरियोस् ।
११. पूर्व प्रावि तहका शिक्षालाई विद्यालय पोशाक भत्ता र महँगी भत्ताका साथै पेशागत सुनिश्चितता प्रदान गरियोस् ।
१२. यस सङ्घद्वारा तत्कालीन माननीय शिक्षामन्त्री धनीराम पौडेललाई बुझाइएको ज्ञापनप्रति पुनः ध्यान दिइयोस् ।
ज्ञापन पत्रमा नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापति र नेक्राशिसङ्घ ईसीडी एकाइका संयोजक सीतालक्ष्मी छुस्याकीले दस्तखत गर्नुभएको छ ।
ज्ञापनपत्र बुझ्दै शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख हरिप्रसाद दाहालले ज्ञापनपत्र उल्लिखित बुँदाहरू जाजय भएको भन्दै छिट्टै ज्ञापनपत्र शिक्षामन्त्रीसम्म पु¥याउने वचन दिनुभएको थियो ।
उक्त ज्ञापनपत्र बोधार्थको रूपमा भक्तपुर नगरपालिकाका नगर प्रमुख प्रजापतिलाई बुझाइएको छ ।
Leave a Reply