मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
भक्तपुर, २० भदौ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नवीन आधारभूत विद्यालयको ३७ औं वार्षिकोत्सवको उद्घाटन गर्दै सरकारी स्कूलको शैक्षिक स्तर नउठिकन देशको समग्र शैक्षिक स्तर नउठ्ने विचार व्यक्त गर्नुभएको छ ।
सांसद सुवालले देशमा अझैै पनि ८० प्रतिशत विद्यार्थी सरकारी विद्यालयमै अध्ययनरत रहेको चर्चा गर्दै बहुसङ्ख्यक विद्यार्थी पढ्ने सरकारी स्कूल नसुध्रेसम्म देशको शैक्षिक क्षेत्र सुध्रिंदैन भन्नुभयो ।
शिक्षालाई उत्पादन श्रमसँग नजोडिएसम्म शिक्षित जनशक्तिमा श्रमप्रतिको सम्मानको भाव विकास नहुने विचार राख्दै उहाँले समाजवादी देशमा शासक राजा रजौटाका लागि नभई बालबालिकाको लागि दरबारको बन्दोबस्त गरिएको उदाहरण दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षकहरूले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी शिक्षालाई व्यवहारमा जोड्नुपर्नेमा जोड दिनुभयो ।
स्थानीय पाठ्यक्रम लागू गरेर नयाँ पुस्तालाई स्थानीय चाड–पर्व, सम्पदा संस्कृतिलगायतका विषयमा जानकारी दिने प्रयास भएकोमा शिक्षकहरूबाट उचित सहयोग पाइरहेको जानकारी दिंदै उहाँले नगरमा ‘एक विद्यालय एक सम्पदा’ को नीति लागू गरी हरेक विद्यालयले एउटा न एउटा सम्पदा सफाइको जिम्मा लिइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घका ज्ञानसागर प्रजापति, आदर्श आजाद माविका प्राचार्य श्रीकृष्ण किसी, स्रोतव्यक्ति कृष्णप्रसाद कर्माचार्य, पूर्व प्रअ विश्वराम कवांलगायत लक्ष्मीभक्त कवां, बलराम गोसाई, सूर्यबहादुर फोंजूले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
विव्यस अध्यक्ष नाति तुइतुईको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रअ तुल्सीराम ग्वाछाले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने स्वागत शिक्षक कृष्णराम न्हिसुतू र धन्यवाद ज्ञापन शोभा कवांले गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका सेवा निवृत्त शिक्षक र उत्कृष्ट अभिभावकहरूलाई सम्मान, वार्षिक परीक्षामा प्रथम, द्वितीय, तृतीय हुने र अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।
Leave a Reply