यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपर, २१ भदौ । ख्वप माविमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरूको बिहीबार अभिभावक भेला भयो ।
विज्ञान सड्ढायका चार वटा समूहका विद्यार्थीहरूको सो अभिभावक भेलामा विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षाले मात्र समाज परिवर्तन गर्नसक्ने भएकोले काम गरिखाने वर्गलाई कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा दिने उद्देश्य लिई भनपाले विद्यालय र कलेज सञ्चालन गरिरहेको बताउनुभयो ।
स्थानीय तहलाई बलियो बनाउनुपर्ने पक्षमा नेपाल मजदुर किसान पार्टी रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘‘सक्षम स्थानीय निकायलाई विश्वविद्यालय सञ्चालन गर्ने अवसर दिनुपर्छ । सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्ने लक्ष्यसहित भनपा अगाडि बढिरहेको छ ।’’
शिक्षालाई उदाहरणीय रूपमा प्रस्तुत गर्न भनपा लागिपरेको उल्लेख गर्दै मेयर प्रजापतिले भनपाद्वारा सञ्चालित विद्यालय÷कलेजमा विद्यार्थीहरूको लागि आवश्यक सामानहरुको बन्दोबस्तमा कञ्जुस्याइँ र कमी नहुने बताउनुभयो ।
छोराछोरीलाई देशभक्ति भावना दिनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो, ‘‘जहाँ–जुन ठाउँमा बसे पनि सभ्य नागरिकको परिचय दिनसक्ने सक्षम विद्यार्थी तयार गर्न शिक्षक तथा अभिभावकले मेहनत गर्नुपर्छ । भनपाद्वारा सञ्चालित शैक्षिक संस्थानहरूमा अनुशासनलाई जोड दिइएको छ । अनुशासनहीन काम गर्ने शिक्षक÷विद्यार्थीहरूलाई विद्यालय/कलेज प्रशासनले कारबाही गर्छ ।’’
प्रमुख प्रजापतिले भन्नुभयो, ‘‘सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने लक्ष्यका साथ भनपाका जनप्रतिनिधिहरू लागिपरेका छन् ।’’
‘‘पुर्खाले सिर्जेको संस्कृति–सम्पदा जगेर्ना गर्नु हाम्रो कर्तव्य हो । भनपाद्वारा तयार गरिएको स्थानीय पाठ्यक्रम नगरका ९२ वटा विद्यालयले लागू गरिरहेको छ । भनपाले नेपालभाषाका लिपि र चिनियाँ भाषाका कक्षाहरू सञ्चालन गरिरहेको छ । नगरपालिका आफ्नै प्रयासमा नगरको विकास गर्न चाहन्छ । नगरमा एनजीओ र आईएनजीओलाई गतिविधि गर्ने छुट छैन’’, उहाँले भन्नुभयो ।
विद्यालयका प्राचार्य प्रकाशकुमार श्रेष्ठले आफ्ना नानीहरूको पढाइको साथै स्वास्थ्यमा अभिभावकहरू सजग हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
प्रत्येक विद्यार्थीको व्यक्तिगत तहसम्म ध्यान दिई विद्यालयले कार्य गरिरहेको उहाँले बताउनुभयो ।
उपप्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले पनि बोल्नुभएको कार्यक्रममा अभिभावकहरूको जिज्ञासालाई प्राचार्य श्रेष्ठले स्पष्ट पार्नुभएको थियो ।
Leave a Reply