नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
वाङ सी
बिहीबार संरा अमेरिका र भारतका परराष्ट्र तथा रक्षा प्रमुखहरूबीच भेट भयो । सो भेटलाई उनीहरूले दुई प्लस दुई वार्ता भनेका छन् । गएको सालको अगस्टमा संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको फोन संवादको क्रममा यस्तो बैठक गर्ने निर्णय भएको थियो । विभिन्न कारणले गएको अप्रिल र जुलाईमा त्यस्तो बैठक स्थगित भएको थियो । गएको बिहीबार मात्र यसले मूर्त रुप लिएको थियो ।
संरा अमेरिकाले हिन्द–प्रशान्त रणनीति चर्चामा ल्याएयता संरा अमेरिकाले भारतको खुब मेहमानी गरिरहेको छ । चीनबाट आउने चुनौतीको सामना गर्न नयाँ दिल्ली आफ्नो दरिलो आधार बन्ने वाशिङ्टनको आशा देखिन्छ ।
संरा अमेरिकाका पछिल्ला राष्ट्रिय सुरक्षा रणनीति प्रतिवेदन र राष्ट्रिय प्रतिरक्षा रणनीति प्रतिवेदनमा राष्ट्रपति कार्यालयले भारतलाई हिन्द–प्रशान्त क्षेत्रमा आफ्नो महत्वपूर्ण रणनीतिक र सुरक्षा सहकर्मीको रुपमा उल्लेख गरेको छ ।
चीनले बाटो र क्षेत्र पहलकदमीमार्फत चीनले आफ्नो प्रभाव विस्तार गर्न सक्ने अवस्थाबाट भारत आँतिएको छ । नयाँ दिल्लीले श्रीलङ्का र माल्दिभमा ‘मृत्यु जाल’ कूटनीति (डेथ ट्रयाप रणनीति) मार्फत पेकिङले आफ्नो हात फैलाइरहेको आरोप लगाइरहको छ । त्यसकारण क्षेत्रीय स्तरमा चीनको प्रभाव बिस्तारको प्रतिकार गर्नेमा आज भारत र संरा अमेरिकाको स्वार्थ मिलेको छ ।
तथापि भारतले केही संवेदनशील विषयमा चीनलाई छुन चाहेको छैन । विशेषतः भारतको भित्री स्वार्थसँग जोडिएका विषयमा चीनलाई उसले तान्न चाहेको छैन । जस्तै सन् २०१७ मा मालाबार जलसैनिक अभ्यासमा सामेल हुन अस्टे«लियाले गरेको आग्रहलाई भारतले अस्वीकार गरेको थियो । संरा अमेरिकाले दक्षिण चीन सागरमा संयुक्त गस्ती गर्ने प्रस्तावमा पनि भारत सामेल भएको थिएन ।
तर कुनै एउटा तेस्रो देशमा आर्थिक सहकार्य गरेर यी दुई देशले चीनको प्रभावलाई रोक्ने प्रयास गर्न सक्दछन् । संरा अमेरिकी विदेश विभागअन्तर्गत दक्षिण तथा मध्य एसियाका प्रमुख सहायक उपसचिव एलिस वेल्सले संरा अमेरिका भारत बाहिर दुवै देशले सहकार्य गरेका तेस्रो देशमा काम गर्न चाहेको बताएका छन् ।
दुई प्लस दुई बैठकमा दुई पक्षबीच सहकार्य बलियो कसरी बनाउने भन्ने विषयमा छलफल हुने आशा गरिएको छ । विशेषत श्रीलङ्का र ब·लादेशलगायत दक्षिण एसियाली देशहरूमा यस्तो सहकार्यको विषयमा छलफल हुने अपेक्षा गरिएको छ । चीनको आर्थिक प्रभावसँग सामना गर्न उनीहरूले ‘अन्तर्राष्ट्रिय स्तर’ अनुकूल प्रतिस्पर्धी परियोजना तयार गर्नसक्छन् ।
बैठकमा प्रतिरक्षा सहकार्यअन्तर्गत नयाँ दिल्ली र वाशिङ्टनले सञ्चार अनुकूलता र सुरक्षा सहमति तथा आधारभूत आदानप्रदान र सहकार्य सहमतिमा हस्ताक्षर गर्नेछन् । यी दुवै सहमतिलाई संरा अमेरिकासँगको ‘आधार’ सहमतिको रुपमा हेरिएको छ ।
यी सहमतिमा हस्ताक्षर भएपछि संरा अमेरिकाबाट निश्चित हतियार प्रणाली भारतलाई प्रदान गर्न कानुनी ढोका खुला हुनेछ । भारतले विगतमा यो सम्झौताहरूमाथि राखेको विमतिका कारण उनीहरूबीचको सैनिक व्यापार सम्बन्ध अवरोध भइरहेको अवस्था थियो ।
यो गतिरोध अन्त्य गर्न लामो समयदेखि दुई पक्षबीच कुराकानी भइरहेको थियो । दुई प्लस दुई बैठकले यो विषयमा निश्चित टुङ्गो लगाउनेछ ।
दुई प्लस दुई बैठकमा भारतले रुससँग खरिद गरेको एस–४०० मिसाइल प्रणालीको बारेमा पनि कुराकानी हुनेछ । सन् २०१७ को अगस्टमा संरा अमेरिकी राष्ट्रपति ट्रम्पले प्रतिबन्धमार्फत अमेरिकी विपक्षको प्रतिरोध गर्न बनेको ऐनमा हस्ताक्षर गरेका थिए । यो वर्ष सन् २०१८ बाट यो कानुन कार्यान्वयनमा आएको छ । उक्त अमेरिकी कानुनअनुसार रुसी प्रतिरक्षा वा गुप्तचर क्षेत्रबाट वा तर्फबाट अथवा हिस्साको रुपमा रहेका व्यक्ति वा संस्थासँग जानीजानी कुनै ‘उल्लेखनीय कारोबार’ गरेको अवस्थामा त्यस्ता व्यक्ति वा संस्थामाथि नाकाबन्दी लगाउनु पर्दछ । रुससँग भारतले खरिद गरेको मिसाइल प्रणाली निःसन्देह यो कानुनअन्तर्गत पर्दछ ।
तर संरा अमेरिकी रक्षा सचिव जेम्स म्याटिसको आग्रहमा संरा अमेरिकी सांसदहरूले भारतलाई यो कानुनबाट उन्मुक्ति दिने प्रयास गरिरहेका छन् । नयाँ दिल्लीले दुई प्लस दुई वार्तामार्फत ट्रम्प सरकारले सो कानुनबाट उन्मुक्ति दिने आशा गरेको छ । तर ट्रम्प सरकारको फेरिरहने नीतिका कारण यो कदमका कारण कुनै मूर्त फल लाग्ने नलाग्ने भन्ने कुरा निश्चित छैन ।
भारत र संरा अमेरिकाबीचको वार्ताको अर्को संवेदनशील विषय भनेको इरान हो । इरानसँग व्यापार गरेको कारण भारतमाथि संरा अमेरिकाले थोपर्न सक्ने दण्डकारी नाकाबन्दीबाट पनि नयाँ दिल्ली जोगिन चाहन्छ । इरानबाट तेल आयात गर्ने देशहरूमा भारत तेस्रो क्रममा पर्दछ । यदि भारतले इरानमाथि संरा अमेरिकी नाकाबन्दीको पालना गरे र तेहरानबाट तेल आयात गर्न छोडे त्यसले भारतको तेल आपूर्ति लागत निकै बढ्नेछ र मुद्रास्फीतिको दबाब थपिनेछ । अर्को वर्ष हुने आमनिर्वाचनको पूर्वसन्ध्यामा मोदी सरकारले पक्कै पनि यो अवस्था निम्त्याउन चाहने छैन ।
त्यसबाहेक संरा अमेरिकासँग पछि लागे इरानको चबाहा बन्दरगाह निर्माण गर्ने भारतको परियोजना पनि प्रभावित हुनसक्दछ । तर इरान आणविक सम्झौताबाट हात झिक्ने निर्णयमा संरा अमेरिका दरिलोसँग अघि बढेको अवस्थामा भारतसँग सहमति हुने सम्भावना भने निकै कम छ ।
आतङ्कवादविरुद्धको विषयमा पाकिस्तानमा संरा अमेरिकाको दबाबका लागि भारतले आग्रह गरिरहनेछ । वास्तवमा भारतकै अनुरोध मानेर संरा अमेरिकाले पाकिस्तानमा दिंदै आएका केही सुरक्षासम्बन्धी आर्थिक सहायता बन्द गरेको हो । साथै भारतकै इसारामा संरा अमेरिकाले आफ्नो सूचीमा रहेको आतङ्कवादी संगठन लस्कर–इ–ताइबासँग सम्बन्ध राखेको भन्दै तीनजना पाकिस्तानीलाई पनि आतङ्कवादीको सूचीमा थपेको छ । भारतलाई यस्ता केही कदमले भारत नियन्त्रित कास्मिर क्षेत्रमा चालु द्वन्द्वको अवस्थामा कुनै फरक नपर्ने कुरा थाहा छ । तर संरा अमेरिकाले अफगानी विषयमा आफू पाकिस्तानबाट पूर्व रुपमा स्वतन्त्र भइनसकेको कुरा बुझेको छ । त्यसकारण संरा अमेरिकाले भारतको आग्रह कुन बिन्दूसम्म मानिरहने हो, हेर्न बाँकी नै छ ।
सारमा दुई प्लस दुई वार्ताको महत्व भारत र संरा अमेरिकाबीच कति वटा विषयमा सहमति भयो भन्ने कुरामा भर पर्दैन बरु यसले द्विपक्षीय सम्बन्ध र क्षेत्रीय महत्वको विषयमा आपसी छलफल गर्ने विशिष्ट दबु हुनेछ ।
लेखक चिनियाँ समसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानअन्तर्गत दक्षिण तथा दक्षिया पूर्वी एसियाली र ओसेनिया अध्ययन प्रतिष्ठानका सहायक अनुसन्धानकर्ता हुन् ।
ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला श्रेष्ठ
Leave a Reply