नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
किम जोङ्ग उन
कोरियाली श्रमिक पार्टीका सदस्यहरू र हाम्रा अन्य जनताले पार्टीको ७० औं स्थापना दिवसलाई पवित्र तथा क्रान्तिकारी बिदाको रुपमा मनाइरहेका छन् ।
महान कमरेड किम इल सुङ्गले स्थापना गर्नुभएको यो कोरियाली श्रमिक पार्टी कमरेड किम इल सुङ्ग र किम जोङ्ग इलको पार्टी हो । उहाँहरूको उत्कृष्ट र परिपक्व नेतृत्वमा यो अपराजित क्रान्तिकारी पार्टीको रुपमा विकास भएको छ र यसले क्रान्ति र निर्माणलाई विजयको मार्गमा अगाडि बढाएको छ ।
कोरियाली श्रमिक पार्टीको ध्येय भनेको जुछे क्रान्तिको ध्येय अर्थात् आम जनतालाई स्वतन्त्रताको प्रत्याभूति दिलाृउने पवित्र ऐतिहासिक ध्येय हो ।
कोरियाली श्रमिक पार्टीको ७० वर्षको इतिहास, गौरवशाली विजयको इतिहास हो । यसले कमरेड किम इल सुङ्ग र किम जोङ्ग इलको पार्टीको ध्येयको न्यायिकता र अपराजयतालाई स्पष्ट पार्दछ ।
आफ्नो स्थापनादेखिको लामो अवधिमा, जुछे क्रान्तिको ध्येय पूरा गर्ने, ऐतिहासिक सङ्घर्षको दौरानमा, यो जुछे क्रान्तिकारी पार्टीको रुपमा विकसित भएको छ, कमरेड किम इल सुङ्ग र किम जोङ्ग इलको पार्टीको रुपमा विकसित भएको छ । यसले हाम्रा जनतालाई सबै प्रकारका विजयहरूमा मार्ग निर्देशन गर्ने सङ्गठनको रुपमा चमत्कारिक भूमिका निभाएको छ ।
क्रान्ति र निर्माणमा सफलता भन्ने कुरा, क्रान्तिको आम दस्ताको रुपमा रहेको पार्टी कसरी बन्छ र त्यसको नेतृत्वदायी भूमिकाको विकास कसरी हुन्छ भन्ने कुरामा भरपर्दछ ।
यस्तो जुछे प्रकारको पार्टीको निर्माण गर्नुहुने कमरेड किम इल सुङ्ग र किम जोङ्ग इलको विचार र उहाँहरूको विवेकपूर्ण नेतृत्वलाई धन्यवाद । यो पार्टी जुछे प्रकारको क्रान्तिकारी पार्टी अर्थात् नेतृत्वको पार्टीको रुपमा निर्माण र विकास भएको छ । यसैमा महान नेताको विचार, नेतृत्वको एकमना चरित्र र विरासतको सुनिश्चित प्रत्याभूति हुन्छ ।
आफ्नो विचार र ध्येयलाई कार्यान्वयन गर्ने नेतृत्वको पार्टी नै वास्तवमा, क्रान्तिकारी पार्टी हो र आफ्नो विचार र नेतृत्वको एकल चरित्र र विरासत सुनिश्चित गर्नु यसको मुख्य लक्ष्य रहेको छ ।
समग्र पार्टी पङ्क्तिलाई नेतृत्वको क्रान्तिकारी विचारमा ढाल्नु, नेतृत्व केन्द्रित एकता र सामञ्जस्य हासिल गर्ने र नेताको एकल नेतृत्व मातहत एक भएर समग्र पार्टी अगाडि बढ्दछ ।
महान् कमरेड किम इल सुङ्ग र किम जोङ्ग इलको क्रान्तिकारी विचारबाट मार्ग निर्देशित कोरियाली श्रमिक पार्टीले किम इल सुङ्ग र किम जोङ्ग इलविचारको आवश्यकताअनुसार आफ्नो पार्टी निर्माण र कार्यक्रमलाई अगाडि बढाएको छ । यसरी यो पार्टी आफ्नो एकमात्र केन्द्रको रुपमा आफ्नो नेतृत्वको साथमा, वैचारिक रुपमा सुद्ध र साङ्गठनिक रुपमा एकताबद्ध शक्तिशाली सङ्गठनको रुपमा रहेको छ ।
कोरियाली क्रान्तिको साहसिक तथा जटिल विशेषता रहेको अवस्थामा, स्थापनाको दिनदेखि यस पार्टीको झन झन गम्भीर कार्यभारको रुपमा यसले नेतृत्वको वरिपरि एकता कायम गरेको छ । यसले इतिहासमा क्रान्तिकारीहरूबीचको एकतामा ठूलो हानी पु¥याएका गुटबन्दी र विविध प्रकारका अवसरवादी वैचारिक प्रवृत्तिहरूलाई पराजित गरेर आफ्नो एकता हासिल गरेको छ । नेतृत्वको वरिपरि क्रान्तिकारीहरूबीच एकमना एकता हासिल गर्ने सङ्र्घषलाई घनिभूत पारेको छ ।
यसले यस्तो एउटा व्यवस्थाको स्थापना ग¥यो, जसअनुसार यसको निर्माण र कार्यक्रमहरूमा देखापरेका समस्याहरू नेतृत्व र क्रान्तिकारी माहौलले एकत्वपूर्ण निष्कर्षका साथ समाधान हुन्थ्यो, त्यसलाई नेतृत्वले अगाडि बढाएका कार्यदिशा र नीतिहरूमा कत्ति पनि विचलन आउन नदिई मातहतका सङ्गठनहरू र सदस्यहरूले कार्यान्वयन गर्ने गर्दथे ।
महान् कमरेड किम जोङ्ग इलले समग्र कोरियाली श्रमिक पार्टीलाई किम इल सुङ्गको विचारअनुसारको कार्यदिशामा अगाडि बढाउनुभयो र पार्टीको एकल वैचारिक व्यवस्था स्थापना गर्ने कार्यलाई घनिभूत पार्ने कुरामा सुनिश्चितता दिलाउनुभयो । नेतृत्व र नेतृत्वको विचारको एकमना विशेषतालाई सुनिश्चित गर्ने कार्यमा ठूलो फड्को मार्ने समयको निर्माण गर्नुभयो । नारा र यथार्थ दुवैमा कोरियाली श्रमिक पार्टीलाई नेतृत्वको पार्टीको रुपमा विकास गर्न र कमरेड किम इल सुङ्गको पार्टीको रुपमा विकास गर्न कमरेड किम जोङ्ग इलले निकै मेहनत गर्नुभयो ।
नेतृत्वको विचार र परम्परालाई कायम राख्ने समस्यालाई पार्टीले यसरी समाधान गरेको छ जसअनुसार, नेतृत्व र नेतृत्वको विचारको एकमना विशेषताको परम्परा पुस्ता–दर–पुस्ता कायम रहँदै जानेछ ।
नेतृत्व र नेतृत्वको विरासतलाई कायम राख्नु आफैमा एउटा गम्भीर विषय हो, यसैमा पार्टी र क्रान्तिको भाग्य र भविष्य निर्भर रहन्छ । त्यस्तैगरी यो क्रान्तिकारी पार्टी निर्माण गर्ने आधारभूत विषय पनि हो ।
कुनै पार्टीले आफ्नो सही नेतृत्वअन्तर्गत सफलतापूर्वक क्रान्तिलाई अगाडि बढाएको भए तापनि, सच्चाइका साथ नेतृत्व र उसको विचारको विरासतलाई कायम राख्न नसक्दा, पार्टी नै विसर्जनतिर गएको र क्रान्ति नै निराशामा पुगेको तीतो पाठ इतिहासले हामीलाई सिकाएको छ ।
सुदूर भविष्यप्रति महान् दूर दृष्टि राखेर कमरेड किम इल सुङ्ग र किम जोङ्ग इलले नेतृत्वको साङ्गठनिक र वैचारिक आधार स्थापना गर्नुभयो र क्रान्तिको ध्येयलाई कायम राख्ने नेतृत्व प्रणाली स्थापना गर्नुभयो । यसरी नेतृत्व र नेतृत्वको विचारलाई गौरवमय तरिकाले पुस्ता–दर–पुस्ता कायम राख्ने कुराको सुनिश्चितता दिलाउनुभयो ।
पुस्तांै पुस्ता उत्कृष्ट नेतृत्व पाउनुले नेतृत्व र उहाँहरूको विचारको एकमना विशेषता र परम्पराको सुनिश्चितता–कोरियाली श्रमिक पार्टीको सैन्य सामथ्र्य र अपराजयताको लागि प्रमुख कुरा हुन गएको छ ।
पुस्तौ पुस्ता नेतृत्व र नेतृत्वको एकमना विशेषतालाई ठोस रुपमा कायम गरेको कारण, समाजवादी देशहरूका सत्तारुढ पार्टीमा आएको वैचारिक स्खलन र निराशाले ल्याएको अन्योलताको बीचमा पनि यस पार्टीले आफूलाई कमरेड किम जोङ्ग इलको पार्टीको आफ्नो क्रान्तिकारी विशेषतालाई अटल रुपमा कायम राख्न सफल भयो । क्रान्ति र निर्माणको लागि प्रभावशाली नेतृत्व प्रदान गर्न सफल भयो । यसरी ठूला सामाजिक परिवर्तनहरूलाई सम्भव बनायो ।
कोरियाली श्रमिक पार्टी जनताको सेवा गर्ने अजेय पार्टी बनेको छ र जनतासँग समग्र रुपमा एकाकार भएको छ ।
आम जनताको स्वतन्त्रताको ध्येयको कार्यान्वयनलाई आफ्नो साझा लक्ष्य बनाउने कार्यमा नेतृत्व, पार्टी र समुदायका जनता लागिपरेका छन् । जसरी नेता र पार्टीको नेतृत्वबाट अलग भएको अवस्थामा आम जनताले आफ्नो लक्ष्य हासिल गर्नसक्दैनन्, त्यस्तैगरी आम जनताबाट अलग हुँदा, पार्टी पनि शक्तिशाली राजनैतिक पार्टी बन्न सक्दैन र राजनैतिक मार्गनिर्देशकको रुपमा भूमिका निभाउन सक्दैन ।
कमरेड किम इल सुङ्गले यो पार्टी आफ्ना आधारभूत अङ्गको रुपमा रहेका मजदुर, किसान र बुद्धिजीवीहरूको पार्टी बन्नुपर्दछ भन्ने कुराको सुनिश्चितता दिलाउनुभयो ।
सोहीअनुसार आम जनताको माग र हितको रक्षा गर्ने र कार्यान्वयन गर्ने कार्यक्रम उन्मुख भयो र आम जनताबीच गहिरो जरा गाडी उनीहरूसँग समग्र एकत्व कायम राख्न सफल भयो ।
त्यस्तैगरी कमरेड किम जोङ्ग इलले आम जनताको भाग्य र भविष्यलाई आफ्नो जिम्मेवारीमा लिई हेरविचार पु¥याउने सच्चा मातृ पार्टीको रुपमा कोरियाली श्रमिक पार्टीलाई विकास गर्ने कुराको सुनिश्चिता दिलाउनुभयो र उनीहरूप्रतिको प्रेम र विश्वासमा आधारित विस्तृत कल्याणकारी र समग्र राजनीतिको व्यवस्थापन गर्नुभयो । यसरी उहाँले आम जनतासँग अभिन्न नाता जोड्नुभयो ।
कोरियाली श्रमिक पार्टीले जनताको भाग्य र भविष्यप्रति जिम्मेवार बन्ने मातृत्व प्रेमले उनीहरूको हेर–विचार गर्ने, एकमना बफादारिताका साथ पार्टीलाई सहयोग गर्ने जनतालाई सम्पन्नता र खुसी प्रदान गर्न ठूलो प्रयास गरेको छ । त्यसैगरी अख्तियारको दुरुपयोग र नोकरशाहीपनाजस्ता चलनहरूलाई निर्मूल पार्न आफ्ना अधिकारीहरूको नेतृत्व गरेको छ ।
त्यस्तै यस पार्टीले जनताको सेवा गर्ने मातृ पार्टीको रुपमा आफ्ना जिम्मेवारीलाई पूर्णरुपमा कार्यान्वयन गरिरहेको कारण हाम्रा जनताले पनि पार्टीको विश्वास र प्रेमको लागि आफू योग्य रहेको कुरा प्रमाणित गर्न आफ्नो बफादारिता प्रदर्शन गरिरहेका छन् ।
कोरियाली श्रमिक पार्टीको समग्र एकत्व, जनताको एकमना समर्थन र विश्वास नै हाम्रा क्रान्तिकारीहरूको एकत्व र सामथ्र्यको स्रोत हो भने हाम्रा सबै प्रकारका विजयको निम्ति आधारभूत सुनिश्चितता पनि हो । आफ्नो समग्र एकत्वको कारणले यस पार्टीले क्रान्तिमा आइपरेका परीक्षा र कठिनाइहरूमाथि सुनिश्चित विजय हासिल गर्ने विश्वासका साथ अगाडि बढ्न उत्कृष्ट ढङ्गले आफ्नो पवित्र कार्यभारलाई अगाडि बढाउन सक्षम भएको छ ।
यसले आफूलाई जुछे आधारित नेतृत्व विधिबाट परिपक्व तरिकाले क्रान्ति र निर्माणलाई विजयमा पु¥याउने क्रान्तिकारी पार्टीमा विकास गरेको छ ।
नेतृत्वको क्षमता र पार्टीको लडाकु कार्यकुशलता निर्माण गर्ने कार्यमा नेतृत्वको विधि महत्वपूर्ण हुन्छ ।
क्रान्तिको उत्प्रेरक शक्तिको रुपमा रहेका आम जनता र उनीहरूको प्रयासमा भर परेर क्रान्ति र निर्माणमा देखा परेका समस्याको समाधान गर्ने कुरा महान् कमरेड किम इल सुङ्ग र किम जोङ्ग इलले सृजना र लागू गर्नुभएको कोरियाली श्रमिक पार्टीको परम्परागत नेतृत्व पद्धति हो ।
निश्चितै रुपमा आम जनताको सामथ्र्य भनेको विचार र सामूहिकताको सामथ्र्य हो । कोरियाली श्रमिक पार्टी आम जनताको माग र सोचाइलाई बुझेर जनताको सोचाइलाई उत्प्रेरित गरी उनीहरूको माग र सोचाइलाई कार्यान्वयन गरी आफ्ना कार्यदिशा र नीतिहरू निर्माण गर्ने सिद्धान्तप्रति निरन्तर आबद्ध आएको छ । विचारहरू नै क्रान्ति र निर्माणका महत्वपूर्ण पक्षहरू हुन् र वैचारिक सचेतनाले नै हरेक कुराको निर्धारण गर्दछ भन्ने जुछेमुखी सिद्धान्तलाई पार्टीले अवलम्बन गरेको छ । यसरी पार्टीले जनताका भावनात्मक शक्तिलाई उन्मुक्त लगाम लगाउन लक्षित वैचारिक कार्यलाई अन्य सबै प्रकारका कार्यहरुभन्दा अगाडि राखेको छ र उनीहरुको सामूहिकता र आम साहसिकता विकास क्रान्तिको हरेक चरणमा व्यापक आयाममा विविध स्वरुपका जनआन्दोलनको स्वरुपमा पुरै देखिएको छ ।
आम जनतामा भर परेर, उनीहरूको सामथ्र्यलाई सूचिकृत गरेर, क्रान्ति र निर्माणमा निरन्तर छलाङ्ग मार्ने क्रममा, कोरियाली श्रमिक पार्टी अद्वितीय साङ्गठनिक क्षमता र नेतृत्व कला भएको परिपक्व क्रान्तिकारी पार्टीको रुपमा विकसित भएको छ ।
सैन्य मामलालाई प्राथमिकता दिने र कोरियाली जनसेनालाई सोन्गुन क्रान्तिको केन्द्रीय र मुख्य शक्ति बनाउने कोरियाली श्रमिक पार्टीको सोङ्गुनमा आधारित क्रान्तिकारी नेतृत्व हाम्रो आफ्नै मौलिक प्रकारको अद्वितीय क्रान्तिकारी नेतृत्व हो ।
–बाँकी भोलिको अङ्कमा
Leave a Reply