यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ साविकको ताथली गाविसको तेडोल र डाँडापाटीमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न जग्गा एकीकरण आवास योजनामार्फत जग्गा प्राप्तिको लागि मन्त्रालयका सह—सचिव अनप्रसाद न्यौपानेको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरिएको र भक्तपुरको सिपाडोल, नंखेल, चित्तपोल, ताथली र सुडाल क्षेत्रमा झण्डै ३८ हजार रोपनीमा आवास योजना सञ्चालन गरिनेतर्फ यस क्षेत्रका हामी जग्गावाला र स्थानीय वासिन्दाहरूको ध्यानाकर्षण भएको छ ।
देशको सबभन्दा सानो र जनघनत्व बढी भएको जिल्ला भक्तपुर हो । उपत्यकाको खेतीयोग्य जमिनमध्ये थोरै जमिनमात्र ताथलीको तेडोल र डाडापाटीमा बाँकी छ । यस जिल्लाको सिपाडोल, नंखेल, चित्तपोल, ताथली र सुडालको सम्पूर्ण जमिन ७०,८९७ रोपनीमा बन क्षेत्र १६,१०३ रोपनी छ भने बाँकी जमिन ५४,७९४ रोपनीमध्ये ७० प्रतिशत क्षेत्रफल ३८,३५५ रोपनीमा जग्गा एकीकरण आवास आयोजना सञ्चालनमार्फत करिव दुईहजार रोपनी जनताको जग्गा कटौती गरी रङ्गशाला बनाउने सरकारी योजना सुन्नमा आएको हुँदा सो योजनाले खेतीयोग्य जमिन विनास हुने निश्चित छ । यतिमात्र नभएर यसले कृषिमा आधारित यस क्षेत्रका हजारौं मानिसको विस्थापन पनि हुन्छ ।
जनताको पक्षमा काम गर्ने कबुल गरी चुनिएका जनप्रनिधिहरूले जनताको गाँस, बास नै नरहने गरी कुनै काम गर्नु जनप्रतिनिधिको धर्मभित्र पर्दैन । सो ठाउँमा रङ्गशाला बन्ने भएपछि हामी जनताहरू दिनरात आतङ्कित भइरहेका छौं । यो विषयमा नगर प्रमुख र केही जनप्रतिनीधिहरूबाट अझ पनि स्पष्ट तथ्य बाहिर नआउनु दुःख र विडम्वनाको कुरा हो । यसले कतै नगरपालिकाले हामी यस क्षेत्रका नगरवासीलाई गुमराहमा राखी हामी पीडितलाई विस्थापित गर्ने ‘षड्यन्त्र’ त भइरहेको छैन ? भन्ने विषयले अझ हामी पीडित भएका छौं । साथै विकासको नारा लगाई नयाँ सहर र रङ्गशालाको नाममा सरकारको ढुकुटीमा रजाई गर्न खोज्ने भ्रष्ट तत्वहरूको चङ्गुलमा नगर प्रमुख र जनप्रतिनिधि पनि परेका त हैनन् ? यो आशङ्का गर्नु हाम्रो रहर नभएर बाध्यता बनेको छ ।
यसैले, मिति २०७५ जेठ ११ गते गठित कार्यदलको काम तत्काल खारेज गर्नका लागि यस नगरपालिकाको नगर प्रमुखको हिसाबले ‘तपाईले हामी पीडित जनताको पक्षमा काम गर्नुहुन्छ’ भन्नेमा विश्वस्त छौं । हामी जनताहरू, ‘डाँडापाटी र तेडोलमा रङ्गशाला बन्नुहुन्न, यसले हाम्रो उठिवास हुन्छ’, त्यहाँ सयौं वर्षदेखि बसोबास गरिरहेका स्थानीयमात्र नभएर विभिन्न जिल्लाबाट यस स्थानमा बसाइँ सरी आई दुई–चार आना जग्गामा घडेरी गरी बसिरहेका पीडितहरूको पनि उठिबास हुन्छ । यसैले हामी पीडित जनताहरूले सङ्घर्ष समिति गठन गरी सङ्घर्षका विभिन्न कार्यक्रम पनि गरिरहेको यही पत्रका साथ जानकारी गराउँदछौं, सो ठाउँमा बन्ने भनिएको रङ्गशालाको विरोध गर्दछौं ।
अतः यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने काममा हामी जनताको मतविपरीतको काम नहोस् भन्ने अपेक्षा राखेका छौं । यसैले उक्त निर्णय तत्काल खारेज गर्नुपर्ने जनताको मागमा तपाइँको पनि साथका लागि अनुरोध छ ।
यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने काम तत्काल खारेज गर्न र मिति २०७५ साउन १८ गते युवा तथा खेलकुद मन्त्रालयमा भएको निर्णय चित्तपोल र ताथलीको करीब दुई हजार रोपनी जग्गा कित्ताकाट, घर निर्माण रोक्का गर्ने निर्णय कार्यान्वयन नगराइयोस् ।
यदि जनताको मागलाई बेवास्ता गरी रङ्गशाला निर्माण कार्य अगाडि बढाएमा सडक सङ्घर्षका कार्यक्रम गर्न पीडित जनता बाध्य हुने पनि हामी जानकारी गराउँछौं ।
– ताथलीका बासिन्दा
(भक्तपुरमा बनाउने भनिएको रङ्गशालाको विरोधमा बिहीबार चाँगुनारायण नगरपालिकालाई स्थानीय जनताले दिएको विरोध पत्रको व्यहोरा)
Leave a Reply